कोरोना भाईरस नियन्त्रणमा शुद्धोधन गाउँपालिकाकोे सक्रियता

स्वास्थ्यसमाचार/विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा रुपन्देहीको शुद्धोधन गाउँपालिकाले निकै सक्रियता देखाएर काम गरिरहेको छ। जनताबाट निर्बाचित जनप्रतिनिधीहरुले सञ्चालन गर्ने स्थानिय सरकारमा जनताको मन जित्नु मुख्य रहेको बुझेका जनप्रतिनिधीहरुले कोरोनाभाईरसको संक्रमणबाट आफ्नो निर्वाचन क्षेत्रका जनताहरुलाई बचाउनु चुनौती र अवसर दुबै देखिएकोेले सबै सक्रिय भएर लागेको जनप्रतिनिधिहरुको भनाई छ । शुद्धोधन गाउँपालिका वडा नं २ का वडा अध्यक्ष बिस्नुप्रसाद बस्याल ले गाउँपालिकाले सक्ने भ्याएसम्म हामी कुनै कसर बाकीनराखी काम गरेका छौ । यस्तो अबस्थामा जसले जे सहयोग गर्न सक्छ गर्नुपर्ने बताए । आफनो गाउँपालिकामा यतिबेला भाईरसको संक्रमणबाट…

कोरोनाविरुद्धको अभियानमा ५० हजार स्वयंसेविका परिचालन गर्ने

स्वास्थ्यसमाचार/ कोरोनाविरुद्धको अभियानमा सरकारले महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिले देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको हो ।त्यसरी परिचालित हुने स्वयंसेविकाको पारिश्रमिक र बीमा व्यवस्था हुने प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए । क्वारेन्टाइनमा बसेकाहरूमा लक्षण नदेखिएपछि विनापरीक्षण घर पठाउने गरिएको थियो । तर, अब त्यस्ता व्यक्तिलाई परीक्षणपछि मात्रै घर जान दिने निर्णय पनि सरकारले गरेको छ ।

आउने दुईसाता अझै संघर्षपूर्ण प्रधानमन्त्री ओली

स्वास्थ्यसमाचार /प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्दको लडाँइमा आउने २ साता थप चुनौतीपूर्ण रहेको बताएका छन। आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देश संक्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेको अवस्थामा व्यक्तिबाट व्यक्ति हुँदै समुदायमा सर्ने जोखिम उच्च रहेको बताए । प्रधानमन्त्री ओलीले चुनौतीपूर्ण वर्तमान समयमा सबैको साथ र सहयोगको खाँचो रहेको बताउदै क्वारेन्टाइनमा बस्न आग्रह गरे ।लामो समयको एकान्तबासको महसुस आफैले गरीरहेको बताउदै कठिन परिस्थितिको सामना गर्न लकडाउन भन्दा अर्को विकल्प नरहेकाले नआत्तिन आग्रह गरे । उनले अहिलेको प्राथमिकता कोरोनाको विरुद्धको लडाँइमा जीत हासिल गर्ने रहेको बताउदै अन्य कुरामा नअल्झिन आग्रह…

तौलिहवा अस्पतालको आइसोलेशनमा उपचाररत एकको मृत्यु

स्वास्थ्यसमाचार / कपिलवस्तु अस्पतालको  कोरोना आशंकामा आइसोलेशनमा उपचाररत एक बिरामीको मृत्यु भएको छ। सोमबार साँझ ८ बजे बिजयनगर गाउँपालिका जलैयाका ३० वर्षीय गोवर्धन भरको मृत्यु भएको अस्पतालका मेडिकल सुपरीटेण्डेन डाक्टर किशोर बञ्जाडेले जानकारी दिए । कोरोना संक्रमणको आशंका गरिएका ति बिरामीको स्वाव परिक्षणका लागि आजै संकलन गरिए पनि मंगलबार मात्रैै बुटवल ल्याउने तयारीमा रहेको थियो । उनी गम्भिर बिरामी परेपछि कोरोनाको आशंकामा चैत्र २१ गते कपिलवस्तु अस्पतालमा भर्ना गरिएको थियो । उनको के कति कारणले मृत्यु भएको हो पुष्टि हुन बाँकी रहेको कपिलवस्तु अस्पतालले जनाएको छ ।

कोरोना रोकथाम :अरु प्रदेशबाट नागरिक भित्रिन नदिनु मुख्यमन्त्री

स्वास्थ्यसमाचार /कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयास बारे आज मुख्यमन्त्री शंकर पोखरेलले ६ वटा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद गरेका छन । कोरोना रोकथाम तथा नियन्त्रणमा स्थानीय तहका प्रमुखसंग मुख्यमन्त्रीले गरेको यो चौथो भिडियो संवाद हो । आजको भिडियो संवादमा आजको भिडियो संवादमा गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र भारतसंग सीमा जोडिएका स्थानीय तहका प्रमुख सहभागी भए । ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ, बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बश्याल, राजापुर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी, मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटो, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र वगनासकाली गाउँपालिकाका प्रमुख कृष्णप्रसाद वश्याल…

स्वास्थ्य मन्त्रालयले प्रदेश ५मा डा रमेश खरेलको नेतृत्वमा जनशक्ति र सामग्री टोली खटायो

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा कोरोना रोकथाम पहिचान र उपचारका लागि प्रदेश तहमा जनशक्ति तथा बन्दोवस्तीका सामग्री परिचालन गर्न ११ औं तहका कर्मचारीको नेतृत्वमा टोली खटाएको छ। टोलिले खटाइएको प्रदेशमा गई तीन दिनभित्र अनुगमन गरि मन्त्रालयमा प्रतिवेदन दिने बताइएको छ।मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै हरेक प्रदेशमा तीन सदस्यीय टोलि पठाउने र त्यहाँको अवस्थाबारे बुझ्ने जिम्मेवारी दिने भएको हो। टोलिले उपचारका लागि तोकिएको सरकारी वा निजी अस्पतालले आफ्नो जनशक्ति पहिचान गरि उनीहरूबाट काम लगाउने, जनशक्ति अपुग भएमा केन्द्रसँग समन्वय गरि अन्तरप्रदेश जनशक्ति पहिचान र परिचालन गर्ने र अपुग जनशक्ति स्वंयमसेवका…

रुपन्देहीमा एचआईभी संक्रमितलाई घरघरमै औषधि

स्वास्थ्यसमाचार/ लकडाउनले समयमा रुपन्देहीका  लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालमा एआरटी सेन्टरएचआइभी संक्रमतिहरुलाई औषधि सेवाबाट वञ्चित नहुन भनेर घरमै औषधि पु¥याइएको छ । एचआईभी संक्रमितहरुलाई सरकारी स्वास्थ्य घरघरमा औषधि पु¥याउनको लागि एड्स हेल्थ केयर फाउण्डेसन नेपाल, नमूना एकीकृत विकास परिषद र आशाज्योति सहयोग समुहसंग संमन्वय गरी औषधी घरघरमा पुराईएको हो । लकडाउनले स्वास्थ्य संस्थामा जान मुस्किल भएको बेलामा घरमै औषधि पाएपछि संक्रमितहरु निकै खुशी भएका छन् । रुपन्देही जिल्लामा हाल लुम्बिनी प्रादेशिक अस्पताल र भिम अस्पतालमा एआरटी सेन्टर छन् । एआरटी एचआईभी संक्रमितले नियमित सेवन गर्नुपर्ने औषधि हो । रुपन्देहीमा…

प्रदेश ५ को भैरहवामा कोरोना टेष्टको पहिलो रिपोर्ट नेगेटिभ

स्वास्थ्यसमाचार/ प्रदेश ५ को भैरहवामा कोरोना भाइरस (कोभिड– १९) परीक्षण सुरु भएसंगै गरिएको परिक्षणको पहिलो रिपोट नेगेटीभ आएको छ। आइतबार दिउँसो प्रयोगशालाको उपकरण जडानको काम सकिएलगत्तै परीक्षण सुरु गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए । आइतबार पाल्पाबाट ल्याइएको नमुना परीक्षण गरिएको थियो । पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको डा गिरीले बताए ।यसअघि बुटबलबाट कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमुना संकलन गरी परिक्षणका लागि केन्द्रिय प्रयोगशाला काठमाडौँ पठाइदै आएको थियो। जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिलाई हुने गरेको थियो। भैरहवा पछि क्रमस दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान…

कोरोना भाइरस विरुद्ध बुटवलमा किटाणुनाशक स्प्रे छर्कियो

स्वास्थ्यसमाचार / कोरोना भाइरस विरुद्धको अर्को अभियान अन्तर्गत बुटवलमा “क्लोरिन“ तथा “ब्लिचिङ पाउडर“सहितको किटाणु नाशक स्प्रे छर्किएको छ । सहरका मुख्य सडकहरूलाई “डिस्इन्फेक्सन गराउने काम स्वरुप स्प्रे गर्न थालिएको हो । उपमहानगरपालिकाले नगरभित्रका वाइपास सडकमा क्लोरिन झोल र ब्लिचिङ पाउडर मिश्रित औषधि छर्ने काम सुरु गरेको हो ।नगरबासीलाई लकडाउनको पालना गर्न सार्वजनिक अपील जारी गर्नुका साथै उपमहानगरपालिकाले नगर भित्र रहेका ३० फुटे सबै सडकमा डिसइन्फेक्सन बनाउन लागेको प्रमुख शिवराज सुवेदीले जानकारी गराए । ब्लिचिङ पाउडर र क्लोरिन झोलयुक्त विषादीलाई मान स्वास्थ्यमा असर नपर्ने भन्दै विज्ञहरूले सिफारिस गरिसकेका छन् ।तीन दिनमा…

नेपाल चिकित्सक संघलुम्बिनी द्धारा एम्बुलेन्स चालकलाई पीपीई

स्वास्थ्यसमाचार /नेपाल चिकित्सक संघ, लुम्बिनी शाखाले एम्बुलेन्स चालकलाई व्यक्तिगत सुरक्षण औजार (पीपीई) प्रदान गरेको छ । पीपीई नभएको भन्दै एम्बुलेन्स चालक बिरामी बोक्न पन्छिएका समाचार आइरहँदा संघले रुपन्देहीका दश जना एम्बुलेन्स चालकलाई पीपीई प्रदान गरेको हो । शनिबार संघका अध्यक्ष डा. इन्द्र ढकालले एम्बुलेन्स चालक संघ रुपन्देहीका अध्यक्ष सुरज तिवारीलाई पीपीई हस्तान्तरण गरे । संघका महासचिव डा. सन्तोष पोखरेलका अनुसार ती पीपीई तिवारीले अन्य एम्बुलेन्स चालकलाई हस्तान्तरण गर्नेछन् । बिरामी बोक्ने कार्यमा सहजता ल्याउन एम्बुलेन्स चालकलाई पीपीई दिइएको पोखरेलले वताए। एम्बुलेन्स चालक संघका अध्यक्ष तिवारीले पीपीई प्राप्तिले एम्बुलेन्स सञ्चालन गर्न…