पाचौं दिन सम्म उठेन कोरोना अस्पतालमा मृत्यु भएका थापाको शब

स्वास्थ्यसमाचार २० चैत्र/ बुटवलको ‘कोरोना विशेष’ अस्थायी अस्पतालको आइसोलेसन वार्डमा उपचारका क्रममा भएको ३४ वर्षिय बाबुराम थापाको मृत्यु प्रकरण बल्झिने देखिएको छ । उपचारमा अस्पतालको लापरवाहीका कारण पतिको मृत्यु भएको भन्दै पत्नी रिता थापाले न्याय नपाउंदासम्म शब नबुझ्ने अडान लिएकी छन् । बाबुरामको शब पाँच दिनदेखि लुम्बिनी प्रादेशिक अस्पतालको सवगृहमा रहेको छ । यसबीचमा प्रमुख विपक्षी दल नेपाली कांग्रेस, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत विभिन्न संघसंस्थाले थापाको उपचार प्रकृयाको स्वतन्त्र र सर्वपक्षीय समितिमार्फत छानवीन गर्न र पीडित परिवारलाई उचित राहत दिन माग गरेका छन् । समाजवादी पार्टी प्रदेश ५…

नेपालमा छैटौ कोरोना संक्रमित ६५ बर्षिय हजुरआमा

स्वास्थ्यसमाचार /नेपालमा फेरि एक जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । उनी चैत ४ गते कतार एयरवेजको फ्लाइट नं क्युआर ६५२ मा आएका थिए । दोहा हुँदै काठमाडौ आएका व्यक्तिमा पोजिटिभ देखिएको हो। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले प्रेस मिटमा उक्त जनाएका हुन्। योसँगै नेपालमा कोरोना संक्रमितको केश ६ जना पुगेको छ। मन्त्रालयले छैटौं संक्रमितका बारेमा अन्य जानकारी दिएको छैन । यसअघि कतार एयरवेजको क्यूआर ६५२ नम्बरको उडानबाट नेपाल आएका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिइसकेको थियो । अहिलेसम्म काठमाडौं र काठमाडौं बाहिर गरी १ हजार १…

रुपन्देही र बाकेमा फोनबाटै चिकित्सक परामर्श सेवा

स्वास्थ्यसमाचार /हेल्थ असिस्टेन्ट संघ रुपन्देहीको पहलमा रुपन्देहीका नौ जना चिकित्सकले फोनमार्फत् परामर्श दिन थालेका छन। कोरोनाको जोखिम रोकथामका लागि सरकारले देशव्यापी लकडाउन गरेपछि समस्यामा परेका बिरामीका लागि रुपन्देहीका चिकित्सकहरुले फोनमार्फत् स्वास्थ्य परामर्श दिन थालेका हुन । सार्वजनिक सवारी साधन र एम्बुलेन्स समेत सहजरुपमा नचल्दा स्वास्थ्य संस्थामा पुग्न नसक्ने बिरामीलाई नौ जना चिकित्सकले फोनमार्फत् परामर्श दिन थालेका हुन् । हेल्थ असिस्टेन्ट संघ रुपन्देहीका अध्यक्ष राजेश ज्ञवालीका अनुसार संघले आग्रह गरे अनुसार बाल रोग विशेषज्ञ डा.सन्तोष पोख्रेल, डा.वसन्त ज्ञवाली, विशेषज्ञ सर्जन डा.प्रेम प्रकाश पौडेल, मेडिकल अफिसरहरु डा.कपिल गौतम, डा. युवराज भण्डारी, डा.…

सुनौली नाकाबाट १० दिनकी सुत्केरीको उद्धार गरी क्वारेन्टीनमा

स्वास्थ्यसमाचार /नेपाल र भारत दुबै देशमा लकडाउन भएपछि भारतको सुनौली नाकामा रोकिएकी १० दिनकी सुत्केरी महिलाको उद्धार गरी क्वारेन्टीनमा राखिएको छ । रुपन्देहीको मंगलापुरकी लक्ष्मी दर्जि ३ दिनदेखि सुनौली नाकामा अलपत्र परेकिथिईन। भारतको गाजियाबादमा सुत्केरी भएकी लक्ष्मी ३ दिनदेखि सुनौलीमा रहेकि थिईन । उनलार्ई तिलोत्तमा नगरपालीकाले प्रमुख जिल्ला अधिकारी महादेव पन्थको समन्वयमा उद्धार गरेको नगर प्रमुख बासुदेब घिमिरेले बताए । सुत्केरी महिलालाई सोमबार देखि बेलहिया समाज र स्थानीय बासिन्दाले खानाको प्रबन्ध मिलाएका थिए ।   सुत्केरी महिला संगै उनका श्रीमान मजोज तथा २ र ३ बर्षिय छोरालाई समेत नेपाल प्रबेश…

चीनियाँ वैज्ञानिकको दावीः अबको ४ हप्तापछि कोरोना शून्यतिर झर्छ

चिन/चीनका वैज्ञानिकले अबको ४ हप्तामा कोरोना भाइरसको संक्रमण दर शून्यतिर झर्ने दावी गरेका छन् । चीनका वरिष्ठ वैज्ञानिक डा झाङ्ग न्यानसेनले कोरोना भाइरसलाई लिएर विश्वमा देखिएको संक्रमणको दर आउने ४ हप्तामा शून्यतिर झर्ने बताए । चीन सरकारले कोरोना भाइरसलाई लिएर बनाएको विशेष टिमका प्रमुख ८३ वर्षीय डा झाङ्गले चीनमा पनि अब कोरोना भाइरसले कुनै प्रभाव नपार्ने बताए । उनले भने, ‘भाइरसलाई लिएर गरिएको विभिन्न अध्ययन र अनुसन्धानले भाइरसले अझै केहिदिन प्रभाव पार्ने भएपनि ४ हप्तापछि यसको प्रभाव कम हुँदै जानेछ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम डेली मेल र रोयटर्सका अनुसार डा…

प्रदेश ५सरकारले कोरोना नियन्त्रण उपचार कोष निर्देशिका तयार गरी लागू

स्वास्थ्यसमाचार/ प्रदेश सरकारले कोरोना भाईरस कोभिड –१९ नियन्त्रण तथा उपचार कोष संचालनको लागि निर्देशिका तयार गरी कार्यान्यनमा ल्याएको छ । कोष संचालनको लागि सामाजिक विकास मन्त्री सुदर्शन बरालको संयोजकत्वमा ५ सदस्यीय समिति बनाईएको छ । जसको सदस्य सचिवमा सामाजिक विकास मन्त्रालयका सचिव डा गोपीकृष्ण खनाल रहेका छन । त्यसैगरी सदस्यहरुमा मुख्य मन्त्री तथा मन्त्रि परिषदको कार्यालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रहेका छन । कोषमा जम्मा भएको रकम कोरोना भाइरस रोकथाम तथा उपचारको लागि आवश्यक आईसोलेशन अस्पताल स्थापना र संचालनमा लाग्ने खर्चहरुको…

प्रदेश ५का रुपन्देही दाङ र नेपालगञ्जमा कोरोनाभाईरस जाँचहुने

स्वास्थ्यसमाचार/ प्रदेश ५का तिन स्थानमा कोरोना भाईरस चेकजाच हुने भएको छ ।।तत्काल रुपन्देहीबाट र केही दिनभित्र प्रदेशको दाङ र नेपालगञ्जबाट पनि त्यो व्यवस्था मिलाइने छ । रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुुँबाली परिषरभित्रको बीउविजन कार्यालयमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशलाा स्थापना हुनेछ । भैरहवामा दुुई दिनभित्र प्रयोगशाला सञ्चालनमा आउँदैछ । सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुुख डा उमाशंकरप्रसाद चौधरीले मंगलबार उपकरण आइपुुगेको र बढीमा दुुई दिनभित्र कोरानो आशंका लागेका बिरामीको प्रयोगशालामा स्वाब ¥याल र खकार जाँच हुुने जानकारी दिए । चौधरीले भने, ‘उपकरण जडान गर्ने प्राविधिकहरु…

भैरहवाको भिममा सुबिधासम्पन्न ३५ बेडको आइसोलेशन अस्पताल

स्वास्थ्यसमाचार /भैरहवा स्थित भिम अस्पतालमा ३५ बेडको सुबिधा सम्पन्न आइसोलेशन अस्पतालमा बनाईएको छ। कोरोरा भाइरस संक्रमितहरुलाई उपचार गर्ने तरिकाले अस्पताल भित्र भेन्टीलेटर ३,आईसियु ५ वेड समेत गरी ३५ वेड बनाइएको छ । सामाजिक विकास मन्त्री सुदर्शन बरालले मंगलवार अस्पतालको निरिक्षण गरी उपचारमा कुनै पनि कमी हुन नदिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन । उनले सरकारले स्वास्थ्यकर्मीको शुरक्षाको लागि कुनै पनि कसर नराखेको बताउदै उनले उच्च आत्मबलको साथ उपचारमा खटिन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिए । उनले भेन्टीलेटर ३, आईसियु ५ वेड समेत गरी ३५ वेड क्षमताको उक्त आइसोलेशन अस्पतालमा कोरोरा भाइरस संक्रमितहरुलाई उपचार…

बुटवलको कोरोना अस्पतालमा मृत्यु भएका युवकको कोरोना ‘नेगेटिभ’

स्वास्थ्यसमाचार/ बुटवलको कोरोना विशेष अस्पतालको आइसोलेसन मृत्यु भएका ३४ वर्षीय युवकको दोश्रो स्वाब परीक्षण नतिजा कोरोना ‘नेगेटिभ’ आएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको दोश्रोे टेष्टमा उनमा कोरोना नेगेटिभ देखिएको हो । मृतक बिरामी उच्च शंकास्पद भएकाले उनको स्वाब दोस्रो पटक परीक्षण थालिएको थियो । अस्पतालको आइसोलेसन वार्डमा चार दिनदेखि उपचार गराइरहेका पाल्पा घर भई रूपन्देहीको सैनामैना नगरपालिकामा बस्दै आएका बाबुराम थापाको आइतबार मृत्यु भएको थियो । उनका छिमेकीका अनुसार उनी दुबईमा ट्याक्सी चालक थिए । उनी चैत ६ गते दुबईबाट काठमाडौं आएका थिए…

डाक्टरलाई घरबेटीले भने अब देखी बाहिरै बस्नुहोस

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशीक अस्पतालको इमरजेन्सिमा बिगत ९ महिनादेखी कार्यरत मेडीकल अफिसर डाक्टर बिनोद बढाइ छिमेकी जिल्ला कपिलबस्तुका हुन । उनी बुटवलमा जागीर गर्न थालेदेखी नै जानकीनगरमा फ्याल्ट नै लिएर बस्न थाले । अबिबाहित उनी एक्लै बस्छन र प्राय काममा नै खटिरहेका हुन्छन । तर आइतबार बुटवलमा कोरोनाको आशकामा उपचार गराइरहेका रुपन्देही सैनामैनामा बस्ने बाबुराम थापाको मुत्यु भएपछी उनलाइ घरबेटीले बाहिरै बस्न सुझाए । आफु बसीरहेको फ्याल्टमा सामान त्यही राखेर ताल्चा ठोकेर हिजोबाट उनी सिद्धार्थ कटेजमा बस्न पुगेका छन । जहा प्रादेशीक अस्पतालले निश्चित स्वास्थ्यकर्मीलाइ बस्ने ब्यबस्था मिलाएको छ । कोरोनाको…