लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना प्रदेश सरकारलाई हस्तान्तरण

चन्द्रकान्त खनाल लुम्विनी प्रादेशिक अस्पतालको गूरुयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष प्रा.डा. ईश्वर गौतमले आज हस्तान्तरण गरे । प्रदेश सरकारले प्रदेश योजना आयोगलाई अस्पतालको गुरुयोजना बनाउन जिम्मेवारी दिएपछि ईन्जिनियर बिष्णु पन्थीले तयार गरेको गुरुयोजना आज मुख्यमन्त्री कार्यलयमा हस्तान्तण गरिएको हो । गुरुयोजनाले यस क्षेत्रका नागरीकको पहुंचको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न र अत्याधुनिक भौतिक संरचना सहितको अस्पतालको रुपमा तयार हुने छ। अस्पतालको गुरुयोजनामा कार्यान्वयन हुदा लुम्विनी प्रादेशिक अस्पताल विशेषज्ञ सेवा सहितको अत्याधुनिक र सुबिधा सम्पन्न बन्ने छ । अस्पतालको नया बन्ने १० तले…

दाँतको उपचार गर्न आएकी महिलाको मृत्यु युनिभर्सल कलेजमा तनाव

स्वास्थ्यसमाचार /दाँतको उपचार गर्न आएकी एक महिलाको मृत्यु भएपछि भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा तनाव उत्पन्न भएको छ । नवलपरासी बर्दघाट नगरपालिका–२ बाट दाँतको उपचारका लागि आएकी यमकुमारी पुनको अस्पतालले लापरबाही गरेकै कारण मृत्यु भएको भन्दै उनका आफन्तजनले चिकित्सकमाथि समेत हातपात गरेका छन् । हातपातबाट चिकित्सकसहित अन्य स्वास्थ्यकर्मीसहित २० जनाभन्दा बढी घाइते भएको अस्पतालका व्यवस्थापक कमल ढकालले जानकारी दिए । अहिले सो क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ । मृतकका देवर धर्मबहादुर पुनले दाँतको उपचार गर्दा अस्पतालले ज्यान लिएको बताए ।

लुम्बिनी प्रादेशिक अस्पतालमा आशंका गरिएका बिरामीमा देखिएन कोरोनाको संक्रमण

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोरोनाभाईरस संक्रमणको आशंकामा अस्पतालको आइसोलेसन वार्डमा राखिएका एकजनाको बिरामीको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनालले कोरोना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा गरिएको परीक्षणमा २१ वर्षका युवकको रिपोर्ट नेगेटिभ देखिएकोे वताए। लुम्बिनी प्रादेशिक अस्पतालमा ‘कोरोना भारइरस संक्रमणको जस्तै मिल्दोजुल्दो लक्षण देखिएकाले आइसोलेसन वार्डमा राखेर उपचार गरेका हौं ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट नेगेटिभ रिपोर्ट आयो– खनालले भने–उनमा कोरोना संक्रमण नभएको पुष्टि भएको र कडा निमोनिया भएको बताए। उनी केहि समयअघि दक्षिण कोरियाली नागरिकसमेत सहभागी भएको एक तालिममा सहभागी भएका…

प्रदेश ५मा १४ जनामा डेंगु फेला रुपन्देहीमा ११ जना

स्वास्थ्यसमाचार /मौसम परिवर्तनसँगै नेपालमा डेंगु रोगका बिरामी देखिएका छन। इयर्ली वार्निङ एण्ड रिपोर्टिङ सिस्टम (इवार्स) सेन्टिनल साइट कायम भएका अस्पतालले ३६ जना डेंगुका बिरामी देखिएको प्रतिवेदन सार्वजनिक गरेको छ। प्रदेशका अस्पतालहरुबाट २०२० जनबरी देखी मार्च १३ सम्म ३६ वटा डेंगुका बिरामी देखिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार प्रदेश दुई र कर्णाली प्रदेशमा डेंगुको लक्षण भएका बिरामी देखिएका छैनन्। प्रदेश ५ मा १४ डेंगुका बिरामी देखिएको छ यो मध्ये रुपन्देही जिल्लामा मात्रै ११ बिरामी देखिएका तथ्याकमा उल्लेख गरिएको छ ।

नेकपा बुटवलद्धारा कोरोना सम्बन्धी घर घरमा सचेतना अभियान सुरु

स्वास्थ्यसमाचार /नेपाल कम्युनिष्ट पार्टी नेकपाले बुटवलमा कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ । कोरोनाभाईसरले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको भन्दै नेकपा बुटवलले नगरका १९ वटै वडामा सचेतना अभियान सुरु गरेको हो । कोरोना भाईरसबाट जोगिनका लागि नेकपाले नगरभित्रका सबै शाखा र टोल कमिटीहरुलाई परिचालन गरी यस्तो अभियान थालेको उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले बताए । चैत्र १ गते १९ वटै वडाका टोल कमिटी र शाखा कमिटीहरुको बिस्तारित बैठकबाट सचेतना अभियान सन्चालन गर्ने निर्णयसँगै यो अभियान थालिएको पन्थीले बताए । सचेतनाका लागि जानकारीमूलक पर्चा बनाई घर घरमा…

“कपडाको मास्क जनस्वास्थ्य हित विपरित” :स्वास्थ्य निर्देशक गिरी

स्वास्थ्यसमाचार/ विश्वमा नै भयावहका रुपमा संक्रमित रहेको कोरोना भाइरस (कोेभिड १९) को संक्रमणबाट बच्न आंतकित पार्ने र भ्रम फैलने सन्देश एवं गतिविधि नगर्न स्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् । कोरोनाका विषयमा सर्वसाधारणलाई त्यसबाट बच्ने उपायका रुपमा दिने गरिएका कतिपय सुझाव र फैलाइएका सन्देशहरु बढी आंतकित गराउने खालका भएका कारण सचेत हुन आग्रह पनि उनीहरुले गराएका छन् । रोटरी क्लब अफ बुटवलले आफ्नो १३०२ औं नियमित बैठकका अवसरमा शनिवार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश ५ स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद गिरीले सामाजिक सञ्जालमा आएका सुचनाहरुले भ्रम छर्ने काम गरेको हुदा कोरोनाका…

प्रदेश ५ मा कोरना भाईरसको प्रवेश रोक्न बिशेष तयारी :मन्त्री बराल

स्वास्थ्यसमाचार/ नोबेल कारोना भाइरस सम्बन्धी सामाजिक बिकास मन्त्रालयले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश ५का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले नेपालमा भेला, सभा रोक्ने गरि कोरोनाको प्रकोप नरहेको बताए । उनले कोरोनाको प्रकोप रोक्न सचेत हुनु पर्ने भएपनि सिधै चीन वा अन्य मुलुकबाट भाईरस बोकेर नआंउदा सम्म डराउन आवश्यक नरेको बताए ।मन्त्री बरालले प्रदेश ५ मा कोरना भाईरसको प्रवेश रोक्न प्रदेश सरकारले बिशेष तयारी गरिरहेको बताउंदै मन्त्री बरालले भारतसंग नाका जोडिएका ६ जिल्लाका ठूला तथा साना नाकाहरुमा हेल्प डेस्क संचालनमा आईसकेको बताए । उनले प्रदेशको बांके, दाङ र रुपन्देहीमा सुबिधा…

तिलोत्तमा शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगर घोषणा

स्वास्थ्यसमाचार /रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककैं पहिलो शुन्य पोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरिएको छ । शुक्रबार नगर कार्यालयमा आयोजित एक समारोहबीच नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले तिलोत्तमालाई नेपालको पहिलो शुन्यपोलिथिन र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा गरे । जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति रुपन्देहीले खुला पोलिथिन शुन्य अवस्था र पूर्णसरसफाईका सूचकहरु पूरा गरेसँगै तिलोत्तमालाई खुला पोलिथिन शुन्य र पूर्णसरसफाई उन्मुख नगरपालिका घोषणा भएको प्रमाणपत्र प्रदान गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख तथा समिति अध्यक्ष एकराज विश्वकर्मा र सदस्य–सचिव अरुणकुमार कर्णले प्रमाणित गरेको प्रमाणपत्र…

कोरोना भाईरसको संक्रमणबाट जोगिन शतर्कता अपनाऔं : मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार /प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना भाईरसको संक्रमणबाट जोगिन शतर्कता अपनाउन आह्वान गरे । प्रदेश सभाको बैठकमा विशेष सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले कोरोना भाइरसको संक्रमण हुन नदिन प्रदेश सरकारको आग्रह अनुसार भिडभाड नगर्न, ठूला सभा समारोह र भेलाहरु नगर्न पनि आह्वान गरे । उनले प्रदेशबासीले आफ्नो जीवन शैलीमा परिवर्तन ल्याउनुपर्ने भन्दै एकअर्काबीचको सम्पर्कबाट जोगिन आग्रह गरे। मुख्यमन्त्री पोखरेलले भने भेट भएपछि,नमस्कार गरौं र संक्रमण हुनसक्ने क्रियाकलापबाट टाढै बसौं यसो गरेमा हामी जोगिन सकिन्छ उनले भने। उनले प्रदेश सरकारले कोरोना संक्रमणबाट जोगिन र संक्रमण देखिएमा त्यसका लागि प्रदेश सरकारले…

प्रदेश पाँच :मातृ शिशु रुग्णता तथा मृत्यु न्यूनिकरण विशेष कार्यक्रम संचालन हुने

स्वास्थ्यसमाचार/ प्रदेश ५ सामाजीक बिकास मन्त्रालयले मातृशिशु रुग्णता तथा मृत्यु न्यूनिकरणकालागि बिशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । सामाजिक बिकास मन्त्रालयले प्रदेशका १२ जिल्लामा ३सय ६३ वटा वर्थिङ् सेन्टर सञ्चालन भएपनि उपलब्धि खासै नदेखिएकाले ति वर्थिङ् सेन्टरलाई राम्रो ईक्वीपमेन्ट सहितको दक्ष जनशक्तियुक्त बनाउनकालागि बिशेष कार्यक्रम सुरु गर्न लागेको हो । बुधबार सामाजिक बिकास मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश पाँचका सामाजिक बिकास मन्त्री सुदर्शन बरालले प्रदेशमा मातृ शिशु स्वास्थ्यलाई सुरक्षित बनाउनका लागि संघीय सरकारले प्रदान गरेको प्राप्त १० करोड रुपैंया बिशेष अनुदानबाट प्रदेशका ग्रामिण क्षेत्रलाई समेट्नेगरी नर्सिङ् कर्मचारीका लागि एसबिए…