प्रदेश ५को भैरहवामा कोरोना प्रयोगशाला सञ्चालनमा

मुख्यमन्त्री पोखरेलद्धारा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण

स्वास्थ्यसमाचार /कोरोना भाईरसको परीक्षणको दायरा बढाउँदै रुपन्देहीको ओमसतिया गाउँपालिकामा रहेको गहुबालीकेन्द्रको पछाडि प्रयोगशालामा सञ्चालनमा आएको छ ।

 


विज्ञ सहितको अन्य प्राविधिक टोलीले शनिवार र आईतबार गरिआज वाट प्रयोगशालाका उपकरण जडानगरि अन्य बाँकी रहेका काम सकेर आजदेखि प्रयोगशाला सञ्चालनमा आएको छ ।।

मुख्यमन्त्री शंकर पोखरेलले भैरहवास्थित राष्टिय गहुँ बाली कार्यक्रम परिसरमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी प्रयोगशालामा भइरहेको कामबारे जानकारी दिएका छन ।सामाजिक विकास मन्त्री सुदर्शन बराल, सामाजिक विकास सचिव गोपीकृष्ण खनाल र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र कुमार गिरीले प्रयोगशालाको अवस्थाका बारेमा जानकारी गराएका थिए ।

उता  प्रदेश ५का सामाजीक बिकास मन्त्री सुदर्शन बरालले संञ्चालन हुन लागेको कोभिड १९ परीक्षण प्रयोगशाला अबलोकन गरेका छन। प्रदेश ५ को जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र कुमार गिरीले नमुना परीक्षण सकेसम्म आजदेखि नै गर्ने योजना रहेको बताए । आज प्रयोगशालामा प्रयोग हुने सामग्रीको क्वालिटी कंट्रोल तथा स्ट्यान्डर टेष्ट हुन्छ त्यसपछि ल्याब परिक्षण कार्यसुरु हुने डा गिरीले बताए ।

क्वालिटी कंट्रोल तथा स्ट्यान्डर टेष्ट लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले प्रदेश५को लागी बिष्नु रायमाझीलाई तोकेकोको थियो ।प्रयोगशाला सञ्चालनको लुम्बिनी प्रादेशिक अस्पतालबाट सुमन शापकोटा र आशिष श्रेष्ठ सहितको टोलीले कार्य गरिरहेको जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र कुमार गिरीले बताए ।

डा गिरीका अनुसार एक पटकमा १६ बटा सम्म नमुना परीक्षण गर्न सकिन्छ आवश्यक परेको खण्डमा यसको क्षमता बढाउदैं लैजाने बताए ।यसअघि बुटबलबाट कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमुना संकलन गरी परिक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइदै आएको थियो।

जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिलाई हुने गरेको थियो। भैरहवा पछि क्रमस दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा कोरोना प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परिक्षण शुरु गर्ने डा गिरीले बताए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :