प्रदेश ५ को भैरहवामा कोरोना टेष्टको पहिलो रिपोर्ट नेगेटिभ

स्वास्थ्यसमाचार/ प्रदेश ५ को भैरहवामा कोरोना भाइरस (कोभिड– १९) परीक्षण सुरु भएसंगै गरिएको परिक्षणको पहिलो रिपोट नेगेटीभ आएको छ।

आइतबार दिउँसो प्रयोगशालाको उपकरण जडानको काम सकिएलगत्तै परीक्षण सुरु गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए । आइतबार पाल्पाबाट ल्याइएको नमुना परीक्षण गरिएको थियो ।

पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको डा गिरीले बताए ।यसअघि बुटबलबाट कोरोनाका सम्भावित तथा शंकास्पद विरामीको नमुना संकलन गरी परिक्षणका लागि केन्द्रिय प्रयोगशाला काठमाडौँ पठाइदै आएको थियो। जसले गर्दा परीक्षणको रिपोर्ट आउन ढिलाई हुने गरेको थियो।

भैरहवा पछि क्रमस दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा कोरोना प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परिक्षण शुरु गर्ने डा गिरीले बताए । रुपन्देहीमा प्रयोगशाला स्थापना भएपछि रुपन्देहीसँगै कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची र गुल्मी जिल्लाका कोरोना शंकास्पद बिरामीको स्वाब परीक्षण र रिपोर्ट छिटो आइ उपचार सहज हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित शिर्षक :