स्वास्थ्यसमाचार/सरकारले कर्मचारी सञ्चय कोषमार्फत सञ्चयकर्ताका पति/पत्नीका लागि प्रदान गरिँदै आएको स्वास्थ्य उपचार सुविधालाई परिवारका अन्य सदस्यहरूमा समेत विस्तार गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यो घोषणा गरेका हुन्।
“कर्मचारी सञ्चय कोषबाट हाल सञ्चयकर्ताका पति/पत्नीका लागि स्वास्थ्य उपचार सुविधा प्रदान गरिँदै आएकोमा यो सुविधा परिवारका अन्य सदस्यहरूमा समेत विस्तार गरिनेछ,” अर्थमन्त्री पौडेलले भने।
यद्यपि, यो सुविधा कुन–कुन परिवारका सदस्यले प्राप्त गर्नेछन् भन्ने विषयमा भने बजेटमा कुनै स्पष्ट उल्लेख गरिएको छैन। यो व्यवस्थाले कर्मचारी र उनीहरूका परिवारको स्वास्थ्य सुरक्षामा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिकया दिनुहोस्