चिकित्सा शास्त्र, नर्सिङ लगायतको अध्ययन कोटा वृद्धि गरिने

स्वास्थ्यसमाचार/सरकारले आगामी वर्ष चिकित्सा शास्त्र, नर्सिङ लगायतको अध्ययन कोटा वृद्धि गर्ने भएको छ। आर्थिक वर्ष २०८२/०८३ को बजेटमा यस्तो व्यवस्था गरिएको हो।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने क्रममा भने, चिकित्सा शास्त्र र नर्सिङ लगायत प्राविधिक क्षेत्रको जनशक्ति अभाव हुन नदिन अध्ययन कोटा वृद्धि गरिनेछ। त्यसका लागि मापदण्ड परिमार्जन गरिनेछ।

बन्ने क्रममा रहेका बर्दिबास, सुर्खेत, बुटवल र डडेलधुरामा मेडिकल कलेज पूर्वाधार निर्माणका लागि ५६ करोड रुपैयाँ छुट्याइएको समेत बताए ।

 

सम्बन्धित शिर्षक :