स्वास्थ्यसमाचार/जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणाले हामी सक्षम छौ भन्ने देखिएपनि यसको दिगो संचालनका लागि कार्ययोजना र स्रोत सुनिश्चित नहुँदा अधिकांश कार्यक्रमहरु पछी गएर अलपत्र पर्ने भएकोले घोषणासंगै स्रोतको सुनिश्चित गर्नुपर्ने कुरामा जोड दिनुभयो।
इस्मा गाउँपालिकाको इस्मा गाउँपालिका वडा नं. ५ रजस्थलको आनन्दपुर माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गर्नुभएको हो।
प्रमुख खत्रीले पूर्वाधार विकासले मात्रै पूर्ण विकास हुन सक्दैन”शिक्षा, स्वास्थ र पोषण लगायतका क्षेत्रमा तोकिएको मापदण्ड अनुसार राम्रो गर्न सकिएन भने घोषणा कार्यक्रमले मात्र अपेक्षा गरेको उपलब्धि हासिल भएको मान्न सकिदैन”कार्यक्रमलाई दिगो रुपमा संचालनका लागि नियमित अनुगमन र सहजीकरणको खाँचो रहने भएकोले पालिकाले यसतर्फ विशेष ध्यान दिन समेत आग्रह गर्नुभयो।
साथै उहाँले स्थानीय तहहरुले लक्षित वर्ग,मानव विकास,क्षमता विकास र सामाजिक विकासको क्षेत्रमा विशेष कार्यक्रमहरु संचालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो।इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले पूर्वाधार विकाससँगै मानव विकास र स्वास्थ्य तथा पोषणको सन्दर्भमा विभिन्न कार्यक्रमहरु अगाडी बढाएको बताउनुभयो।
घोषणासंगै यसलाई दिगोपना दिनका लागि पालिकाका सबै सरोकारवाला निकाय,नागरिक समाज र समुदायको सहयोग आवश्यक हुने बताउनुभयो।गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले सो गाउँपालिकामा स्वास्थ्यको क्षेत्रमा थुप्रै कार्यक्रमहरु अगाडी बढाइएको बताउनुभयो।त्यसैको प्रतिफल स्वरुप गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गर्न सफल भएको उपाध्यक्ष कुँवरले बताउनुभयो।
स्वास्थ्य शाखा प्रमुख पदमलाल अधिकारीले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना र पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गर्नका लागि पालिकाभित्र सम्पन्न गरिएका कार्यक्रमहरुका विषयमा जानकारी गराउनुभएको थियो ।
तोकिएका आवश्यक सम्पूर्ण मापदण्डहरु पुरा गरेकाले पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना र पूर्ण संस्थागत प्रसुति सेवायुक्त र पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताउनुभयो।
इस्मा गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष शेर बहादुर कुँवरले २०७३ साल माघ २५ गते तत्कालिन स्वास्थ्यमन्त्री गगनकुमार थापाद्वारा सिलान्यास गरिएको हस्तिचौर स्वास्थ्यचौकी पूर्ण खोप, पूर्ण संस्थागत प्रसुति वडा घोषणा हुन सफल भएको जानकारी गराउनुभयो।गाउँघर क्लिनिक सञ्चालन हुनुका साथै वडाका विभिन्न ४ स्थानबाट खोप सेवा प्रवाह गर्ने गरिएको समेत जानकारी दिनुभयो।
जिल्लाको २०७८ सालदेखि मालिका गाउँपालिका देशको पहिलो स्थानीय तहका रुपमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएपछी हालसम्म गुल्मी जिल्लामा इस्मा गाउँपालिका सहित सात वटा स्थानीय तह पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएका छन।
यसरी घोषणा गरिएका स्थानीय तहहरुमा मालिका,छत्रकोट,धुर्कोट, रुरुक्षेत्र, चन्द्रकोट, गुल्मीदरबार र इस्मा गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिकाले घोषणा गरेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ।गुल्मी जिल्लामा सातौ र लुम्बिनी प्रदेशमा २२ औ स्थानमा घोषणा गरिएको छ।
घोषणा सभामा वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,पालिकाका बिभिन्न कार्यक्रमका शाखा प्रमुखहरु,सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि,महिला स्वास्थ्य स्वयंसेविका र स्थानीयको सहभागीता रहेको थियो।
प्रतिकया दिनुहोस्