स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु मगर बाँकेको स्वास्थ्य कार्यालयको अनुगमन गर्नुभएको छ। अनुगमनको क्रममा मन्त्री सारु मगरले कार्यालयमार्फत प्रदान गरिने स्वास्थ्य सेवाको अवस्था, कार्यक्षमता तथा स्थानीय तहहरूसँगको समन्वयबारे जानकारी लिनु भएको छ ।
उहाले स्वास्थ्यकर्मी संग छलफल पछि सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै स्थानीय तहसँग सहकार्य र समन्वयलाई मजबुत बनाउनु पर्ने आवश्यकता औंल्याउँदै निर्देशनसमेत दिनुभयो।
स्वास्थ्य क्षेत्रको संवेदनशीलता उल्लेख गर्दै मन्त्री सारु मगरले आम नागरिकको विश्वास जित्ने गरी काम गर्न कर्मचारीहरूलाई आग्रह गर्नुभयो। मन्त्री सारु मगरले आवश्यक नीति र स्रोत व्यवस्थापनमा प्रदेश सरकारबाट सक्दो सहयोग गरिने प्रतिबद्धता समेत जनाउनुभयो।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले हालका सेवा विस्तार, प्राथमिकता हरू र चुनौतीबारे जानकारी गराउनु भएको थियो ।
प्रतिकया दिनुहोस्