बालरोग विशेषज्ञ डा. रानासहित विभिन्न व्यक्तित्व र संस्थालाई सम्मान

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको नवजात शिशु तथा बाल स्वास्थ्य सेवामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा. नेत्र राना र स्वास्थ्य पत्रकारिता क्षेत्रमा सक्रिय स्वास्थ्य समाचार अनलाइनका सम्पादक चन्द्रकान्त खनाललाई सम्मान गरिएको छ।

स्वास्थ्य पत्रकारितामा निरन्तर सक्रिय रहँदै समाजमा सत्य, निष्पक्ष र जिम्मेवार समाचार सम्प्रेषण गरी जनचेतना अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनीहरूलाई स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ र स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक रोशलाल चौधरीले सम्मान गरेका हुन्।

यस्तै, स्वास्थ्य निर्देशनालयका खोप सुपरभाइजर कुमार था, विद्यालय नर्स लक्ष्मी रोकाय, भिम अस्पतालकी नर्स बन्दना पंगेनी, कौशल बैद्य, र शशि गुरुङ लगायत अन्य स्वास्थ्यकर्मीलाई पनि उनीहरूको योगदानका लागि सम्मान गरिएको थियो।

सम्बन्धित शिर्षक :