रक्त संचार केन्द्र बुटवलमा रगत अभाव, आकस्मिक रक्तदान हुँदै

रक्त संचार केन्द्र बुटवलमा आकस्मिक रक्तदानलाई जोड

गोकर्ण ज्ञवाली (प्रकाश) \ स्वास्थ्यसमाचार अनलाईन | पछिल्लो समय बुटवल रक्त संचार केन्द्रमा रगत अभाव देखिएको छ | नियमित रक्तदानले रगत पूर्ति गर्न समस्या देखिएपछि बिभिन्न सामाजिक संघसंस्थाको सक्रियतामा आकस्मिक रक्तदान कार्यक्रम गरिएको छ |

सोहीक्रममा आज नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही र लामाखर्क समाज रुपन्देहीको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको छ | बिहान ८ बजेदेखि शुरु भएको रक्तदान कार्यक्रम आज दिनभर चल्नेछ । रगत अभाव रहेकोले १८ बर्ष माथीका ४५ केजी माथी तौल भएका स्वस्थ व्यक्तिले रक्त संचार केन्द्र बुटवलमा पुगेर रक्तदान गर्न नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए |

रक्त संचार केन्द्र बुटवलमा रगत अभाव देखिएको र समाजका निवर्तमान अध्यक्ष कपिल ज्ञवालीको जन्मदिनको अवसरमा समाजको सक्रियतामा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको लामाखर्क समाज रुपन्देहीका अध्यक्ष नारायण गौतमले जानकारी गराए |

कपिल ज्ञवाली नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका आजीवन सदस्य समेत हुन् | उनि सामाजिक कार्य एवं मानव जीवन बचाऔं अभियानमा लामो समय देखि जोडिदै आएका छन् |

अध्यक्ष गौतमले ५०-६० युनीट रगत संकलन गर्ने लक्ष्य राखिएकोमा ४५ युनीट रगत सङ्कलन गर्न सफल भएको जानकारी दिएका छन् |रक्त संचार केन्द्रमा नियमित रक्तदान कार्यक्रमसंगै आकस्मिक रक्तदान कार्यक्रम हुँदै आएको छ|

सम्बन्धित शिर्षक :