स्वास्थ्यसमाचार/ कलम भुसाल (निकोलस) लाई तत्काल पक्राउ गरी कारबाही गर्न युवा संघ नेपाल, रुपन्देहीले माग गरेको छ । आइतबार बसेको बैठकले भुसाललाई तत्काल पक्राउ गरी आत्मालोचनासहित कडा कारबाही नगरेसम्म रुपन्देही प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष कृष्ण कुमालले जानकारी दिए ।
रुपन्देहीको सैनामैना घरमा भएका भुसाललाई प्रहरीले कारबाही नगरे युवा संघले गर्ने कुमालले चेतावनी दिए । भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न नेताहरूको घर जलाउने र घेरा हाल्ने जस्ता अभिव्यक्ति दिँदै आएको आएका छन् ।


प्रतिकया दिनुहोस्