बुटवल ग्यास्ट्रो सेन्टर तेस्रो वर्षमा: सेवा विस्तार र नयाँ प्रविधिको तयारी

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका ग्यास्ट्रो, पेट र कलेजोसम्बन्धी जटिल रोगका बिरामीलाई उपचारका लागि काठमाडौँ वा दिल्लीजस्ता टाढाका सहरमा धाउन नपरोस् भन्ने उद्देश्यले बुटवलमा आधुनिक सुविधा र विशेषज्ञ जनशक्तिसहित ग्यास्टो सेन्टर स्थापना गरिएको तिन बर्ष भएको छ ।

प्रदेशमै मुख्य केन्द्र बुटबलमा पहिलो पटक उच्चस्तरीय इन्डोस्कोपी, कोलोनोस्कोपी, इआरसीपी, जस्ता प्रविधि उपलब्ध सहित सञ्चालनमा आएको यो केन्द्रले सामान्यदेखि जटिल कलेजो, पाचन प्रणाली, आन्द्रा तथा पेटसम्बन्धी रोगहरूको उपचार गर्दै आएको ग्यास्ट्रो सेन्टरले जनाएको छ।

ग्यास्ट्रो सेन्टरमा वरिष्ठ पेट आन्दा कलेजो तथा प्याक्रिय रोग बिशेषज्ञ डा मोहन भुसाल लगायको बिज्ञ चिकित्साको टोलिले सेवा दिईरहेको छ । दोश्रो बर्ष कस्तो भयो सेवा कतिले पाए अब नयाँ सेवा के थप हुदैछ भन्नेबारे डा.भुसाल यस्तो भन्नुहुन्छ ।

हामीले यस आर्थिक बर्षमा ४ हजार भन्दा बढी बिरामीको उपचार ३ बटा निशुल्क शिबिर लगायका कार्य गरेको बताउनु भयो । उहाँले अर्घाखाँची  प्युठान र देवदहमा निशुल्क शिबिर सञ्चालन गरेको उक्त शिविरमा १ हजार बढीको निशुल्क परिक्षण र त्यसमा १सय वटा इन्डोस्कोपी  र औषधी निशुल्क गरिएको बताउनु भयो ।

डा. भुसालले शिविरमा ७ जना क्यान्सरका बिरामी भेटिएको समेत बताउनु भयो ।तेश्रो बर्षको सुरुवात संगै ग्यास्ट्रो, सेन्टरले इआरसीपी मेसिन सञ्चालनमा ल्याउन लागेको बताउनु भयो । यो क्षेत्रको लागी यो नयाँ मेसिन रहेको समेत बताउनु भयो । प्रालिमा २७ जना स्वास्थ्यकर्मीहरु कार्यरत हुनुहुन्छ ।यहाँ ३ सिफ्टमा सेवा संञ्चालन भैरहेको समेत भुसालले बताउनु भयो ।

वार्षिक उत्सवको अबसरमा रक्तदान गरिएको छ । ५० जनाले उक्त अबसरमा रक्तदान गर्नु भएको थियो ।

सम्बन्धित शिर्षक :