स्वास्थ्यसमाचार/ लुम्बिनी इन्टर्नल मेडिसिन सोसाइटी LIMS) द्वारा आयोजित नियमित शैक्षिक गति विधि अन्तर्गत श्वासप्रश्वास–सम्बन्धीContinuing Medical Education (CME ) कार्यक्रम बुटवलमा सम्पन्न भयो ।
श्वासप्रश्वास सम्बन्धी रोगहरूको वर्तमान परिदृश्य, बदलिँदो प्रवृत्ति, नवीनतम उपचार–रणनीति तथा विश्वभर भइरहेका वैज्ञानिक प्रगतिबारे विस्तृत प्रस्तुति र छलफल गरिएका हो।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दे लुम्बिनी प्रादेशिक अस्पतालका डा हरी पन्थी र आरबी डायग्नोस्टिक्स तथा हिमाल अस्पताल, काठमाडौंका डा. रमेश चोखानीले बढ्दो श्वासप्रश्वास रोगहरूको प्रभाव, विश्वमा अपनाइँदै आएका अत्याधुनिक उपचार विधि, क्लिनिकल मार्गदर्शन तथा नवीन प्रविधिबारे जानकारी गराउनु भयो ।
उहाहरुले नेपालमा दीर्घकालीन श्वासप्रश्वास सम्बन्धीरोगका बिरामी १० प्रतिशत भन्दा बढी रहेको बताउनु भयो । उचित खानपान, प्रदूषणरहित वातावरणमा बस्ने तथा सामान्य व्यायाम गर्नाले पनि यसलाई स्वस्थ राख्न सकिने डा हरुले बताउनु भयो ।
लुम्बिनी मेडिसिन सोटाईटीका अध्यक्ष डा. विष्णु प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा पुष्प राज जोशी र डा. सन्तोष पोखरेल पहिलो चरणको कार्यक्रमको समन्यनकारी भुमिका निर्बाह गर्नु भएको थियो ।
कार्यक्रम संयोजक डा. सुभाष ज्ञवालीले “यस्ता शैक्षिक कार्यक्रमहरूले चिकित्सकलाई बदलिँदो चिकित्सा अभ्यास, नयाँ गतिविधि र उपचार पद्धतिबारे अद्यावधिक हुन सहज वनाउने बताउनु भयो।
डा ज्ञाबलीले प्रदेश तथा क्षेत्रीय स्वास्थ्य सेवालाई उन्नत बनाउन निरन्तर योगदान गरिरहेको उल्लेख गर्दै, आगामी दिनहरूमा अझ प्रभावकारी, उद्देश्यपूर्ण र वैज्ञानिक कार्यक्रमहरू निरन्तर अघि बढाइने वताउनु भयो । डा. ज्ञवालीले यस्ता कार्यक्रमलाई निरन्तरता दिईने समेत बताउनु भयो ।
कार्यक्रममा १२० भन्दा बढी चिकित्सकहरूको उत्साहजनक सहभागिता रहेको थियो, जसमा ८० जनाLIMSका सदस्य तथा करिब ४० जना बालरोग, ईएनटी, तथा अन्य विविध विषयका विशेषज्ञ चिकित्सकहरूको उपस्थिति उल्लेखनीय रहेको कार्यक्रमको संञ्चालन डा. आयुष्मा भुसाल र डा. प्रकाश भट्टराई गर्नु भएको थियो ।

प्रतिकया दिनुहोस्