स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा वडा नं–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा बुधबार रक्तदान कार्यक्रम गरिएको छ । विद्यालयको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ३९ जनाले रक्तदान गर्नुभएको कार्यक्रमका संयोजक विष्णु प्रसाद अर्यालले जानकारी दिनुभयो । बुटवल ब्लड बैंकका प्राविधिकहरु निरञ्जन राजभण्डारी, रोशन पुन र प्रिती थापाले प्राविधिक संयोजन गर्नुभएको थियो ।विद्यालयको सामाजिक उत्तरदायित्व अन्तरगत रक्तदान कार्यक्रम गरिएको भन्दै विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेले शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीमा मानवीय सेवा भावको विकास गर्न यसले मद्धत गर्ने बताउनुभयो । रक्तदाताहरुलाई नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका महामन्त्री टेक बहादुर थापा, विद्यालय व्यवस्थापन…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलको अध्यक्षमा भुसाल नियुक्त
स्वास्थ्यसमाचार /स्वास्थ्य मन्त्रालयले लुम्बिनी आयुर्वेद चिकित्सालय, बुटवलको विकास समितिको अध्यक्षमा शालिकराम भुसाललाई नियुक्त गरेको छ। अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०५० (पहिलो संशोधनसहित) तथा २०५१ को नियम ३ को उपनियम (१) को खण्ड (क) बमोजिम मिति २०८२/०९/३० मा मन्त्रालयस्तरीय निर्णय गर्दै भुसाललाई अध्यक्ष पदमा मनोनयन गरिएको स्वास्थ्य मन्त्रालयद्वारा जारी पत्रमा उल्लेख छ। स्वास्थ्य मन्त्रालय, राप्ती उपत्यका (देउखुरी) ले जारी गरेको पत्रअनुसार सामाजिक क्षेत्रमा पु¥याउँदै आएको योगदान, शैक्षिक योग्यता, व्यावसायिक क्षमता तथा अनुभवलाई उच्च मूल्यांकन गर्दै भुसाललाई विकास समितिको अध्यक्ष पदमा नियुक्त गरिएको हो। पत्रमा आयुर्वेद चिकित्सालयको सेवा गुणस्तर…
रुपन्देही–३ मा रास्वपाबाट डा. लेखजंग थापाको उम्मेदवारी दर्ता
स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही क्षेत्र नम्बर ३ बाट डा. लेखजंग थापा उम्मेदवारी दिएका छन् । आगामी निर्वाचनका लागि उम्मेदवार बनाएको छ। पार्टीले डा. थापालाई प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार चयन गरेको हो। रुपन्देही–३ बाट उम्मेदवार बनेका डा. थापा पेशाले न्युरोलोजिस्ट हुन्। उनले एमबीबीएस, इन्टरनल मेडिसिनमा डिएम तथा न्युरोलोजीमा एमडी अध्ययन पूरा गरेका छन्। स्वास्थ्य क्षेत्रको लामो अनुभव बोकेका डा. थापाले स्वास्थ्य सेवा सुधार, गुणस्तरीय उपचारमा पहुँच र स्वास्थ्य प्रणाली सुदृढीकरणलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने बताइएको छ।
रुपन्देही–२ मा काँग्रेसबाट मेडिकल व्यवसायी चुन्नु पौडेलको उम्मेदवारी दर्ता
स्वास्थ्यसमाचार/ रुपन्देही–२ मा काँग्रेसबाट मेडिकल व्यवसायी चुन्नु पौडेलको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्नुभएको छ। उहाँले दिउँसो ३ बजे बुटवल देविनगरस्थित निर्वाचन क्षेत्र नं २ को कार्यालयमा औपचारिक रूपमा मनोनयन दर्ता गराउनुभयो। उम्मेदवार पौडेलको प्रस्तावकमा महासमिति सदस्य चित्रबहादुर केसी र समर्थकमा केन्द्रीय सदस्य रामबहादुर कार्की रहेका छन्। मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले आफू रूपन्देही–२ का जनताको पक्षमा उभिने पूर्ण प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस क्षेत्रमा आफू प्रतिस्पर्धीविहीन पनि रहेको जानकारी दिनुभयो। पौडेल नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ र बुटवलका सफल व्यवसायीको रूपमा परिचित हुनुहुन्छ। उहाँको उम्मेदवारीले क्षेत्रीय…
पूर्व स्वास्थ्य मन्त्री सुदर्शन वरालले गुल्मी क्षेत्र नं १ वाट उम्मेदवार दिने
स्वास्थ्यसमाचार ।आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेद्धार मनोनयन गर्ने आज अन्तिम दिन । यसअघि नै सांसद बनेर स्वास्थ्य मन्त्रीमा पुगेका सुदर्शन वराल गुल्मी क्षेत्र नं १ वाट उम्मेदवार बनेका छन । नेपाली कम्युनिष्ट पार्टीको तर्फवाट उनी उम्मेदवार बनेका हुन । उनी संगै गुल्मी १मा डा चन्द्रभन्डारी नेपाली काग्रेस प्रदीप ज्ञाबली नेकपा एमाले सागर ढकाल रासपा लगायत उम्मेदवार भएका छन ।
मेडिकल व्यवसायी चुन्नु पौडेलले पाए कांग्रेसबाट रुपन्देही २ मा टिकट
स्वास्थ्यसमाचार/नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट मेडिकल ब्यबसायी चुन्नप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।बुटवलमा सामाजिक व्यक्तित्वको रुपमा परिचित पौडेललाई कांग्रेसले आज उम्मेदवार बनाउने निर्णय गरेको हो । बुटवलमा, स्वास्थ्य उद्योग र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका पौडेललाई कांग्रेसले स्थानीय लोकप्रियता, सामाजिक योगदान र संगठनप्रतिको प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै उम्मेदवार बनाएको पार्टी स्रोतले जनाएको छ । कांग्रेस नेतृत्वले विकास, रोजगारी र सेवा क्षेत्रमा अनुभवी व्यक्तिलाई अघि सारेर मतदाताको विश्वास जित्ने रणनीति अनुसार पौडेललाई उम्मेदवार बनाएको बताइएको छ ।पौडेल यशोधा फुड्सको अध्यक्ष हुन् भने बुटवल अस्पतालको अध्यक्ष पनि हुन् । उनले…
स्वास्थ्य बीमा बोर्डका निर्देशक डा रघुराज काफ्लेले दिए राजीनामा
स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा बोर्डका निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएका छन् । उनले स्वास्थ्य मन्त्रालयमार्फत् प्रधानमन्त्री समक्ष राजीनामा दिएका हुन् । तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलको पालामा तनहुँका काफ्ले स्वास्थ्य बीमा बोर्डमा नियुक्त भएका थिए ।स्वास्थ्य बीमा भुक्तानीको दायित्व बढेर बोर्ड दबाबमा परेका बेला काफ्लेको राजीनामा आएको हो । ठूला सरकारी अस्पतालले सूचना नै निकालेर स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने घोषणा गरिसकेका छन् । कतिपय बन्द गर्ने तयारीमा छन् । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थालाई ११ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी दिन बाँकी छ । तर अर्थ मन्त्रालयले यही मोडलमा बीमा…
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा लम्साल नियुक्त
स्वास्थ्यसमाचार/ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा श्याम लम्साल नियुक्त भएका छन्। कुलपति स्तरीय निर्णय गर्दै प्रतिष्ठानका रजिष्टर लम्साललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको हो। उनले निमित्त उपकुलपतिको पत्र समेत बुझिसकेका छन्। उक्त पत्रमा अर्को उपकुलपति नियुक्त नहुँदासम्म प्रतिष्ठानको काम कारबाही सुचारु राख्न लम्साललाई निमित्तको जिम्मेवारी दिइएको उल्लेख गरिएको छ। उनलाई शैक्षिक, आर्थिक र प्रशासनिक अधिकार सहित निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको प्रतिष्ठानले जनाएको छ।
पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री चयन
स्वास्थ्यसमाचार/ नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन् । अन्य पदाधिकारीको टुंगो लाग्न बाँकी रहे पनि महामन्त्री पदमा पौडेल र घिमिरे निर्विरोध चयन भएका हुन् । आज बिहान उम्मेदवारी दर्ताका क्रममा महामन्त्री पदमा पौडेल र घिमिरेको मात्रै उम्मेदवारी परेको थियो । सोही आधारमा उनीहरू निर्विरोध चयन भएको नेता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । त्यस्तै, सभापति पदमा गगनकुमार थापाको उम्मेदवारी परेको छ । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार आइतबारदेखि काठमाडौँमा नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको हो ।
नाउपा नेपालका महासचिव डा.उमाशंकर चौधरीद्वारा रुपन्देही–१ मा उम्मेदवारी घोषणा
स्वास्थ्यसमाचार/ नागरिक उन्मुक्ति पार्टी नेपालका महासचिव डा उमाशंकर चौधरी रुपन्देही क्षेत्र नं १ बाट उम्मेदवार बन्ने भएका छन् । लामो समय स्वास्थ्य सेवामा रहेका उनी यसअघि रुपन्देही ३ को उपनिर्वाचनको तयारीका समयमा त्यहाँबाट तयारी गरेका थिए तर त्यो बीचैमा रोकिएपछि अहिले उनले रुपन्देही १ मा तयारी गरेका हुन् । उनी यसअघि थारु आयोगको सदस्य बनेका थिए । तर रुपन्देहीमा उपनिर्वाचनमा उनको उम्मेदवारी निश्चित भएपछि भदौ २२ मा राजीनामा बुझाएर बसेका थिए । नाउपाका संरक्षक रहेका रेशम चौधरीले त्यो समयमा रुपन्देही आएर थारुको छोरा डाक्टर बनेको र उसैलाई उम्मेदार बनाउने घोषणा…

