रुपन्देही–२ मा काँग्रेसबाट मेडिकल व्यवसायी चुन्नु पौडेलको उम्मेदवारी दर्ता

स्वास्थ्यसमाचार/ रुपन्देही–२ मा काँग्रेसबाट मेडिकल व्यवसायी चुन्नु पौडेलको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्नुभएको छ।

उहाँले दिउँसो ३ बजे बुटवल देविनगरस्थित निर्वाचन क्षेत्र नं २ को कार्यालयमा औपचारिक रूपमा मनोनयन दर्ता गराउनुभयो। उम्मेदवार पौडेलको प्रस्तावकमा महासमिति सदस्य चित्रबहादुर केसी र समर्थकमा केन्द्रीय सदस्य रामबहादुर कार्की रहेका छन्।

मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले आफू रूपन्देही–२ का जनताको पक्षमा उभिने पूर्ण प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले यस क्षेत्रमा आफू प्रतिस्पर्धीविहीन पनि रहेको जानकारी दिनुभयो।

पौडेल नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ र बुटवलका सफल व्यवसायीको रूपमा परिचित हुनुहुन्छ। उहाँको उम्मेदवारीले क्षेत्रीय निर्वाचनमा कांग्रेसको प्रतिनिधित्वलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :