स्वास्थ्य उपचारसँगै जनचेतना आजको आवश्यकता : नगरप्रमुख खाँण

स्वास्थ्यसमाचार/ रोटरी क्लब अफ रुपन्देहीको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं. १४ स्थित सरस्वती आधारभूत विद्यालयमा मेगा हेल्थ क्याम्प सञ्चालन गरिएको छ। क्याम्पमा १५ जना चिकित्सकको टोलीले ३सय ५० जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरिएको छ ।स्वास्थ्य परीक्षण का क्रममा १२६ जनाको थाइराइड परीक्षण गरिएकोमा ४० जनामा थाइराइडसम्बन्धी समस्या देखिएको छ। तीमध्ये ८ जनामा कडा किसिमको थाइराइड देखिएको तिलोत्तमा नगरपालिकाका स्वास्थ्य अधिकृत तथा कार्यक्रमको संयोजक रामप्रसाद ढकालले जानकारी दिनुभयो। मणिग्राम आधारभूत अस्पतालकी चिकित्सक डा. प्रतिमा बस्यालले थाइराइडको समस्या अपेक्षाकृत धेरै देखिएको उल्लेख गर्दै सम्बन्धित बिरामीहरूलाई पुनः परीक्षण तथा…

लुम्बिनीमा एचपिभी खोप माघ २५ देखि फागुन ४ सम्म सञ्चालन हुने

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा पाठेघरको क्यान्सर रोकथामका लागि एचपीभी (HPV) खोप अभियान माघ २५ गते देखि फागुन ०४ सम्म सञ्चालन गरिने भएको छ। प्रदेश स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश खोप समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो। प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव दुर्गा लक्ष्मी श्रेष्ठको अध्यक्षतामा माघ ११ गते सम्पन्न बैठकले विद्यालय जाने कक्षा ६ मा अध्ययनरत किशोरी तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी एचपीभी खोप सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। बैठकले प्रतिनिधि सभाको चुनाव, मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व रमजान तथा वार्षिक परीक्षा र विद्यालय बिदालाई मध्यनजर गर्दै माघ…

स्वास्थ्य बीमालाई औषधी महंगोमा बेचिएको छ : स्वास्थ्यमन्त्री डा. शर्मा

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रममा प्रिमियम कोषको ठूलो दुरुपयोग भएको बताएकी छन् । यसलाई रोक्न तत्काल कडा उपायहरू लागु गर्ने उनको भनाइ छ । आफ्नो तीन महिने कार्यकालको प्रगति सार्वजनिक गर्दै उनले प्रति परिवार वार्षिक एक लाख रुपैयाँको सीमित रकम जथाभावी रूपमा सक्ने नियतले अनावश्यक स्वास्थ्य जाँच तथा उपचार गराइएको र सेवा प्रदायक संस्थाहरूले गलत नियतले पैसा असुल्ने गरेको पाइएको बताइन् । मन्त्री गौतमले बीमा कार्यक्रमको वित्तीय असन्तुलनलाई प्रमुख समस्या भएको बताइन् ।प्रिमियम संकलनभन्दा दाबी बढी हुने, समयमै भुक्तानी नहुने, अनावश्यक सेवा उपभोग (मोरल हेजर्ड),…

रुपन्देही कुष्ठरोगीको जोखिममा,छ महिनामा ५१ जना कुष्ठरोगी भेटिए

स्वास्थ्यसमाचार /७३औँ विश्व कुष्ठरोग दिवसको अवसरमा रुपन्देहीमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना, ल्याप्रोसी मिशनको सहयोग तथा तिलोत्तमा नगरपालिकाको समन्वय र व्यवस्थापनमा प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा रुपन्देहीमा हालसम्म २०६ जना पुराना कुष्ठरोगी रहेको र चालु आर्थिक वर्षमा ५१ जना नयाँ बिरामी थपिएको छन। तीमध्ये तिलोत्तमा नगरपालिकामा मात्र १६ जना कुष्ठरोगी रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमा देवी थापाले बताउनुभयो । उहाले जिल्लामा कुष्ठरोगको समयमै पहिचान, निःशुल्क औषधि वितरण, नियमित फलोअप तथा समुदायस्तरको सचेतना कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइएको वताउनु…

लुम्बिनी आयुर्वेद चिकित्सालयका अध्यक्ष भुसाल द्वारा पदभार ग्रहण

स्वास्थ्यसमाचार/  रुपन्देहीस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष शालिकराम भुसाल र सदस्य विमला श्रेष्ठले पदभार ग्रहण गर्नुभएको छ । “मन्त्रालयले गत पुस ३० गते लुम्बिनी प्रदेशका आयुर्वेद चिकित्सालय सम्बन्धी गरेको निर्णयअनुसार चिकित्सालयमा आयोजित एक समारोहका बीच अध्यक्ष भुसाल र सदस्य श्रेष्ठले औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको हो । पदभार सम्हाल्दै अध्यक्ष भुसालले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनाहरू यथाशीघ्र तयार गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अस्पतालमा सेवा विस्तार, थप विशेषज्ञ सेवा प्रवाह तथा सेवाको गुणस्तर अभिवृद्धि गर्नु वर्तमान व्यवस्थापन समितिको मुख्य प्राथमिकता रहेको बताउनुभयो । समितिलाई…

उच्च कोलेस्टेरोलः मौन खतरा, जीवनशैली परिवर्तन नै मुख्य उपचार

कोलेस्टेरोल र ट्राइग्लिसेराइड चिल्लोयुक्त तत्त्वहरू हुन् । जुन रक्तनलीमा जम्मा हुन्छन् र, नलीलाई बन्द गरिदिन्छन् । उच्च कोलेस्टेरोल भनेको रगतमा चिल्लोपनाको मात्रा मापदण्डभन्दा बढी हुनु हो । कोलेस्टेरोल दुई किसिमका हुन्छन्, राम्रो किसिमको कोलेस्टेरोल (हाई डेन्सिटी लिपोप्रोटिन) र नराम्रो किसिमको कोलेस्टेरोल (लो डेन्सिटी लिपोप्रोटिन)  । यसमध्ये एलडीएल चाहिँ यस्तो प्रकारको कोलेस्टेरोल हो, जसले शरीरलाई हानि गर्छ । रगतमा चिल्लोयुक्त पदार्थको मात्रा मोटोपना, मधुमेह, नियमित मद्यपान, मिर्गौला तथा कलेजोसम्बन्धी रोग र थाइराइडसम्बन्धी रोगका कारणले पनि बढ्ने गर्दछ । गर्भनिरोधका लागि खाने चक्की पिल्स, स्टेरोइड र बेटा ब्लकर्स जस्ता केही औषधिको सेवनले पनि रगतमा चिल्लोयुक्त पदार्थको मात्रा…

स्वास्थ्य मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखमा डा. दास

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी डा. चुमनलाल दासलाई दिइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले ४ माघमा मन्त्रीस्तरीय निर्णय गर्दै डा. दासलाई उक्त महाशाखाको प्रमुखको जिम्मेवारी सुम्पिएकी हुन् । डा. दास यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फाजिलमा थिए । त्यसअघि उनी नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत थिए । ‘आजबाट नीति योजनाको जिम्मेवारी सम्हालेको छु । आफ्नो कार्यकालमा सकेसम्म सुधारको प्रयास गर्नेछु,’ डा. दासले भने ।

निपाह भाइरसको जोखिम: सीमा नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु

स्वास्थ्यसमाचार/ छिमेकी मुलुक भारतमा निपाह भाइरसको संक्रमण देखिएपछि नेपालमा पनि संक्रमण फैलिन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च सतर्कता अपनाएको छ। भारतको पश्चिम बंगालमा केही साताअघि निपाह भाइरसको संक्रमण पुष्टि भएपछि नेपालका सम्पूर्ण हवाई तथा थल नाकाबाट भित्रिने यात्रुको निगरानी सुरु गरिएको मन्त्रालयले जनाएको हो। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हवाई तथा थल नाकामा स्थापना गरिएका हेल्थ डेस्कमार्फत संक्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी राख्ने कार्य भइरहेको बताए। उनले निपाह भाइरसको जोखिम नेपालमा उच्च रहेको बताउँदै संक्रमणको शंका भएका व्यक्ति नेपाल प्रवेश गरेमा उपचारका लागि अस्पतालहरू…

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक अस्प्तालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुने अवस्थामा पुगेको छ । अस्पतालले वर्षौदेखि बीमा प्राधिकरणबाट प्राप्त गर्नुपर्ने भुक्तानी नपाएपछि सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको हो । अस्पतालले स्वास्थ्य बीमा बोर्ड बबरमहल काठमाडौँलाई पत्राचार गर्दै बीमा कार्यक्रम बन्द गर्नुपर्ने अवस्थामा पुगेको जानकारी गराएको छ । अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालका अनुसार अस्पतालबाट दाबी रकम मध्ये बीमा बोर्डबाट स्वीकृत भएको रकम २४ करोड ७१ लाख रुपैयाँ प्राप्त हुन नसक्दा औषधी तथा उपकरण खरिदमा समस्या सिर्जना हुनुका साथै कर्मचारीहरुलाई सेवा सुविधा समेत उपलब्ध गराउन नसकिने…

लथालिङ्ग स्वास्थ्य बिमा कार्यक्रम : १० वर्षमा १२ ‘हाकिम’ फेरिए !

स्वास्थ्यसमाचार/ विश्वका १ सय ५० भन्दा बढी देशमा लागू भइसकेको स्वास्थ्य बिमा कार्यक्रम नेपालमा भने लथालिंग भएर ‘फेलियर’को चरणमा पुगेको छ । हाल ४० करोड भुक्तानी बाँकी रहेको भन्दै यही माघ १ गतेदेखि काठमाडौं महाजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमामार्फत प्रदान गर्दै आएको सम्पूर्ण सेवा ठप्प पारेको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार देशभरका ५ सय १० वटै सेवा प्रदायक अस्पतालहरूलाई साढे १० अर्ब बढी रकम भुक्तानी गर्न बाँकी छ । स्रोत जुटाउनै नसक्ने स्थिति भएपछि बोर्डले बिमा कार्यक्रमलाई अघि बढाउन नसक्ने अवस्थामा पुगेको छ । नेपालमा स्वास्थ्य बिमा सञ्चालनको…