स्वास्थ्यसमाचार/ नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेल र गुरुराज घिमिरे महामन्त्री पदमा चयन भएका छन् । अन्य पदाधिकारीको टुंगो लाग्न बाँकी रहे पनि महामन्त्री पदमा पौडेल र घिमिरे निर्विरोध चयन भएका हुन् ।
आज बिहान उम्मेदवारी दर्ताका क्रममा महामन्त्री पदमा पौडेल र घिमिरेको मात्रै उम्मेदवारी परेको थियो । सोही आधारमा उनीहरू निर्विरोध चयन भएको नेता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
त्यस्तै, सभापति पदमा गगनकुमार थापाको उम्मेदवारी परेको छ । पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार आइतबारदेखि काठमाडौँमा नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु भएको हो ।

प्रतिकया दिनुहोस्