शाहका १० बुँदे प्रतिवद्धता: मायादेवी मातृ–शिशु अस्पताल स्थापना गर्ने

स्वास्थ्यसमाचार/ रुपन्देही क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार भरत कुमार साहले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन र सेवा विस्तार गर्ने प्रतिवद्धता जनाउनुभएको छ। लुम्बिनीमा आयोजित कार्यक्रममा साहले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्दै हरेक नागरिकको पहुँचमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने अङ्गिकार गर्नुभएको हो। साहका अनुसार स्वास्थ्य एजेन्डामा मुख्य प्राथमिकताहरूमा स्थानीय स्तरमा सुविधासम्पन्न अस्पताल सञ्चालन, २५ बेडको आधुनिक अस्पताल स्थापना, र निःशुल्क स्वास्थ्य शिविरको निरन्तरता समावेश छन्। उहाँले प्राथमिक स्वास्थ्य सेवा मात्र नभई मातृ–शिशु स्वास्थ्य, बालरोग र आपतकालीन सेवा प्रवाहमा पनि ध्यान दिनुपर्ने बताएका छन्। प्रतिवद्धतापत्रअनुसार साहले मायादेवी…

मातातीर्थ औँसी :यसरी राख्नुहोस् आमाको स्वास्थ्यको ख्याल

स्वास्थ्यसमाचार/आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन सबै सन्तानले आफ्नो जन्म र कर्म दिने आमाको मुख हेरेर मिठो खाने कुरा र उपहार दिएर मनाउने गर्छन् । आमा नभएकाहरु आमातीर्थ कुण्डमा गएर यो दिन मनाउने गर्छन् । मातातीर्थ औँसी मनाइरहँदा आमाको स्वास्थ्यलाई तपाईंले कतिको ख्याल गर्नुहुन्छ भन्ने पनि आवश्यक हुन्छ । मातातीर्थका दिन आमालाई दिइने उपहार उनको जीवनभरि नै ख्याल गर्नु हो । आमाको स्वास्थ्यको ख्याल तपाईंले सँधैभरि गरिरहनुभयो भने आमालाई आजको दिन मात्रै ख्याल गर्नुपर्दैन । आमाको लामो आयू र स्वास्थ जीवन चाहनुहुन्छ भने उनको स्वास्थ्यको…

जोहाङ स्वास्थ्यचौकी अलपत्र

गुल्मी/ गाउँ–गाउँमा १५ शड्ढयाको अस्पताल निर्माणको लहड चलेको छ । तर, जोहाङ स्वास्थ्यचौकीको आधुनिक सुविधासम्पन्न भवन अलपत्र छ । ०५२ सालमा निर्माण भएको जीर्ण भवनले घामपानी नै छेक्दैन । साँघुरो र जीर्ण भवनमा प्रशासन, स्टोर, स्वास्थ्य परीक्षण, ड्रेसिङ र सुरक्षित मातृत्वका सबै काम गर्नुपर्ने बाध्यता छ । मासिक बैठक चौरमा हुन्छ । सेवाग्राहीको भिड लागे पानी र घामको ओत दिने ठाउँ छैन । ‘जेनतेन बिरामीको गोपनीयता राखेका छौँ । थुप्रै समस्या छन् । तर, दुईकोठे जीर्ण भवनमा के–के व्यवस्थापन गर्ने,’ स्वास्थ्यचौकी इन्चार्ज लक्ष्मण कामी भन्छन्, ‘भवन निर्र्माण समयमै नहुँदा ठूलो समस्या भइरहेको छ ।’ कच्ची र जीर्ण भवनमा महत्वपूर्ण…

८ महिनामा एउटै पनि तयार भएन होल्डिङ सेन्टर :बेलहियामा ठेक्का नै तोडियो

स्वास्थ्यसमाचार/ सरकारले ५ वैशाखमा ८ सीमा नाकामा एक÷एक हजार बेडका होल्ङिसेन्टर बनाउने निर्णय गरे पनि सरकारी निर्णयको आठ महिना पूरा हुँदासमेत होल्डिङ सेन्टर निर्माण भने पूरा भएको छैन । सरकारले मुलुकका खुला गरिएका १३ सीमा नाकामध्ये धेरै आवतजावत हुने ८ नाकामा होल्डिङ सेन्टर बनाउन नेपाली सेनालाई गत १३ वैशाखमा नै जिम्मा दिएको थियो । जसअनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा, झापाको काँकडभिट्टा, मोरङको रानी भन्सार, कपिलवस्तुको कृष्णनगर, पर्साको वीरगन्ज र बाँकेको नेपालगन्जमा होल्डिङ सेन्टर बनाउने निर्णय गरेको थियो । तर, निर्णय भएको आठ महिनामा समेत काम पूरा नहुँदा र संक्रमण बढ्दा…

महिलाहरुले मात्रै चलाएको बागलुङ बडिगाडको नमुना स्वास्थ्य चौकी

स्वास्थ्यसमाचार/बागलुङस् स्वास्थ्य परीक्षण, उपचार र व्यवस्थापनमा खटिने बडिगाड गाउँपालिका स्थित ग्वालीचौर स्वास्थ्यचौकी इन्चार्ज सुशीला रेश्मीलाई बिरामीले उनकै कोठामा पुगेर उल्टै सोध्छन्, ‘डाक्टर खै। शिक्षक, कर्मचारी वा अन्य जानेबुझेकाले पनि बिरामीको परीक्षण गर्ने को हो भनेर सोध्दा भने उनलाई अचम्म लाग्छ। उनी स्वास्थ्यचौकीको इन्चार्ज र हेल्थ असिस्टेन्ट पनि हुन् । उनीसँगै यो स्वास्थ्य चौकीमा ८ जना महिला स्वास्थ्यकर्मी कार्यरत छन् । सबैले मिलेर सेवाप्रवाह गरिरहेका छन्  । दैनिक एक सय जस्तो बिरामी स्वास्थ्य परीक्षण र उपचारमा आउने गरेका छन्  । तर अधिकांशले महिला मात्रै देखेर अनौठो मान्छन् । ‘कतिले मलाई नै स्वास्थ्यकर्मी…

ओमिक्रोनबाट आतंकित हुनु पर्दैन, पहिलेजस्तै सावधानी अपनाए पुग्छ:भाइरोलोजिस्ट लुना भट्ट

स्वास्थ्यसमाचार/सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेको पुष्टि गरेको थियो। मंसिर ३ गते नेपाल आएका दुई जना विदेशी नागरिकमा ओमिक्रोन भेटिएको मन्त्रालयले विज्ञप्तिमार्फत् जानकारी गराएको हो। संक्रमण पुष्टि भएका दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरूको सम्पर्कमा आएकाहरूमा संक्रमण नेगेटिभ देखिएको विज्ञप्तिमा उल्लेख छ। ३५ भन्दा बढी देशहरूमा भेरियन्टका संक्रमित फेला परिसकेकाले पनि पछिल्लो समय यसलाई लिएर विश्व नै तरंगित छ। नेपालमा पनि ओमिक्रोन भेरियन्ट फेला परेसँगै यसलाई लिएर धेरै जनालाई यसबारे चासो छ। भाइरोलोजिस्ट डाक्टर लुना भट्ट ओमिक्रोन भेरियन्टलाई…

सिटिइभिटी उपाध्यक्ष लाई तत्काल बर्खास्त गर्न डाक्टर केसीको माग

स्वास्थ्यसमाचार/ प्राविधि शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) लाई पिसिएल नर्सिङ भर्नामा चलखेल गरेको आरोप लागिरहेका बेला चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राडा। गोविन्द केसीले तालिम परिषद्का उपाध्यक्ष खगेन्द्र अधिकारीलाई बर्खास्त गर्न माग गर्नुभएको छ । अधिकारी मेडिकल माफियाका प्रतिनिधि तथा निजी कलेज सञ्चालक रहेको भन्दै डाक्टर केसीले तत्काल पदबाट बर्खास्त गर्न माग गर्नुभएको हो । केसीले बिहीबार विज्ञप्ति जारी गरी अधिकारीले विश्वविद्यालय र स्कुल तहका कार्यक्रम एउटै संस्थाले चलाउन नसक्ने ऐनको प्रावधान मिचेर स्नातक तहका कार्यक्रम चलाउने कलेजहरूमा सिटिइभिटीका स्कुल तहका कार्यक्रममा विद्यार्थी भर्ना गराउने प्रयास गरेको जनाउनुभएको छ ।…

दुवै मात्रा कोरोना खोप लिएकामा जटिल समस्या नगण्य

काठमाडौँ — कोभिड–१९ विरुद्घका दुवै मात्रा खोप लिएका ‘स्वस्थ व्यक्ति’ कसैको पनि हालसम्म संक्रमणबाट मृत्यु नभएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार दुवै मात्रा खोप लिएकामध्ये धेरै कमलाई संक्रमणको लक्षण देखिएको छ र उनीहरूमा जटिल समस्या पाइएको छैन । दुवै मात्रा खोप लिएका व्यक्तिहरूमा मुलुकभित्र छुट्टै विस्तृत अध्ययन भने गरिएको छैन । त्रिवि शिक्षण अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक एवं वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दासका अनुसार दुवै मात्रा खोप लिएका ७४ वर्षीय एक पुरुषको शिक्षण अस्पतालमा मृत्यु भए पनि उनी रगतको क्यान्सर ९लिम्फोमा० का बिरामी थिए । ‘पहिलेदेखि नै कोमर्बिडिटीका कारण…

कोरोना संक्रमणको तेस्रो लहर आउनसक्छ सचेत रहौंः मन्त्रालय

काठमाडौं / कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ । प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ । यसका लागि सबै अस्पताल स्वास्थ्य संस्थालाई स्वीकृत शøयाको कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बालबालिका उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न आग्रह गरिएको छ । मन्त्रालयले कोरोना संक्रमण लहर पुनः आउन सक्ने भन्दै सचेत र सजग रहनुपर्नेमा समेत जोड दिएको छ । गुणस्तर…

चीनवाट आएको भेरोसेल खोप जेठ २५ देखि लगाउन सुरु गरिने

स्वास्थ्यसमाचार/  चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने भएको छ । जेठ २५ देखि यो खोप लगाउन सुरु गरिने स्वास्थ्य मन्त्रालयले मंगलबार निर्णय गरेको हो । चीनले नेपाललाई दोस्रो पटक दिने वाचा गरेको १० लाख डोज खोपमध्ये मंगलबार ९ लाख ८ सय डोज काठमाडौं आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार त्यसमध्ये ८ लाख खोप नेपाल एयरलाइन्सले बेइजिङबाट ल्याएको हो । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले उपलब्ध गराउने भनेको २ लाख खोपमध्ये मंगलबार बिहान ५० हजार ४ सय र बेलुकी ५० हजार ४ सय गरी १ लाख…