जाडोमा हुने कम सरसफाइ र नुवाइ धुवाइपछि छाला र शरीर सफा गर्न होली पर्व आउँछ । यसका धार्मिक तथा सामाजिक महत्व अनगिन्ती छन् । आयुर्वेदअनुसार होलीमा प्रयोग गरिने रङमा सिम्रिक जुनमा षिषाणु बिरुद्ध औषधीय गुण छ नै प्रमुख रङ हो तर आँखामा पार्नुहुँदैन । अन्य मिसाइने रङ तथा तत्वमा कपुर, गोकुल धुप, गाईको घिऊ राखेर सुगन्ध बनाई प्रयोग गर्नुपर्दछ भनी उल्लेख छ ।
सत्ययुगमा विष्णुदेवका भक्त प्रल्हादलाई मार्नको लागि हिरण्यकश्यपले विभिन्न जालहरु बुन्दा पनि सफल नभएपछि आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी बहिनी होलिकालाई प्रल्हादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भई असत्यमाथि सत्यको विजय तथा शक्तिको दुरुपयोग गर्नेको विनाश भएको उपलक्ष्यमा होली पर्व मनाइन्छ ।
हिन्दुका लागि मात्र नभएर हाल सामाजिक सद्ुभाव बढाउन हरेक धर्म, जात, तहमा महत्वपुर्ण स्थान ओगट्दैछ । जसरी धर्म, जीवनशैली र चालचलनमा विकृति भित्रिदैछ त्यसैगरी मिसावट पनि । मिसावटले सम्पूर्ण स्वास्थ्य प्रणालीलाई तहसनहस पार्दै मृत्यृशैøयामा पु¥याइरहेको छ ।
रङहरुका आ–आफनै गुण, धर्म र विशेषताहरु हुन्छन् । रङको दर्शन अनुसार रातो रङ प्रेम, उत्तेजना, ऊर्जा र क्रान्तिकोे प्रतीक हो । पहेंलो रङ ज्योति, प्रशन्नता र बुद्धिको, निलो रङ सत्य, ताजगी, स्फुर्ती र आशाको, हरियो रङ शितलता, जीवनमा बाँच्ने आशा, समृद्धि तथा बुद्धिको, गुलाबी रङ कोमलता, भावुकता, दयाको, सेतो रङ विश्ववन्धुत्व, शुद्धता, सहयोग, प्रकाश, एकता, निष्ठा, सत्ता र शान्तिको र कालो रङ अँध्यारो, तिस्कार, गम्भीरता, उदासी, निन्द्रा, अज्ञान तथा तमस बुद्धिको प्रतीक हो । त्यस्तै सुन्तला रङलाई शक्तिको सञ्चार गर्ने र बल एवं बृद्धि र बैजनीलाई शान, महत्व, गौरव र कलाको प्रतीक मानिन्छ ।
रङहरुले मानिसहरुलाई शारीरिक, मानसिक तथा भावनात्मकरुपमा प्रभाव पार्ने भएकाले प्राचीनकालदेखि चिकित्साको रुपमा सदुपयोग गरिदै आएको पनि छ । रोगको अवस्था र प्रकृति हेरेर विभिन्न रङहरुद्वारा गरिने उपचारलाई कलर थेरापी वा रङ चिकित्सा भनिन्छ । जसभित्र हिलियो थेरापी, क्रोमोथेरापी पर्दछन् । सामान्य रुघाखोकीदेखि लिएर क्यान्सर जस्तो भयानक रोगमा समेत उपयोगी रङ चिकित्सा भएको दाबी गरिन्छ ।
स्वास्थ्य समस्या
प्राचीन वा प्राकृतिक कालमा फूल र रुखबाट प्राप्त रङ प्रयोग हुन्थ्यो र शरीरलाई हानी गर्दैनथ्यो । हाल कृत्रिम रङको बोलवाला छ । रसायन मिसाइएका रंग फोक्सो, छाला, आँखा, नाक, कान, घाँटी, कपालका लागि हानिकारक हुन्छन् । त्यस्तै लोला प्रहारले आँखामा क्षति, दृष्टि गुम्ने, कानको पर्दा च्यातिने, संक्रमण हुने, छालाको माथिल्लो तहमा क्षति पुग्ने र कान तथा संवेदनशील अंगहरुमा लाग्दा घाइते, वेहोश र मृत्यृ पनि हुनसक्छ ।
मदिरा, भाङजस्ता नशालु पदार्थ सेवनसँगै होली खेल्दा जोशले हेक्का नै नभई रङ आँखा, नाक, मुख हुँदै शरीरभित्र पस्नसक्छ । सासनली, मुटु, मिर्गाैलाजस्ता संवेदनशील अंगमा गएर टाँसिन्छन् ।
रङ पेष्ट, ड्राई पाउडर र पानीवाला गरी तीन श्रेणीका हुन्छन । रङलाई तेलमा मिसाएर छालामा लगाउँदा झनै समस्या बढ्छ । धेरैजसो अजैविक सुख्खा रङ वा अविरमा हुने दुबै तत्व रङ दिने कलरेन्ट र अस्वेष्टस वा सिलिका दुबै स्वास्थ्यका लागि जोखिम हुन्छन् । कलरेन्ट पनि विÈाक्त हुनसक्छ तर अस्वेष्टसले क्यान्सर बनाउने र सिलिकाले छालालाई असर गर्ने तथ्य सर्वविदितै छ । होलीका रङले पक्षाघातको जोखिम र मुख तथा छालाबाट शरीरमा प्रवेश गरी लामो समयसम्म शरीरमा रहे रक्त क्यान्सर समेत लाग्नसक्छ ।
रङमा माइका, अभ्रक, बालुवा, खुर्सानी तथा अखाद्य रङ र बस्तु मिसाइँदा रङ दिनप्रति दिन खतरा र हानिकारक भइरहेका छन् । रङ धेरै दल्दा सुन्दरतामा असर परी सुन्दरता नै गुम्न सक्छ । त्यसैमा रसायन मिसिएका रङमा हुने हानिकारक तत्वहरुले विभिन्न छाला, आँखासम्बन्धी अल्पकालीन तथा दीर्घकालीन समस्या र रोगहरु लाग्नसक्छ । छाला शरीरको रक्षाकवच भएकाले बाहिरी रसायनलाई रगतमा जान रोक्छ । तसर्थ छालामा घाउ भएका मानिसले होली नखेल्दा राम्रो हुन्छ । रङमा मिसाइने जिंक क्लोराइड स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ । यस्तो रङ दलेपछि छाला चिलाउँछ ।
अबिरमा टल्कम पाउडर वा अरारोट पाउडर जस्तो प्रयोग हानिरहित हुन्छन् । सुख्खा र गिला रङले दम बढाउने, ब्रोङ्काइटिस हुने गर्दछ । कपाल फुट्ने, खस्रो र जर्राे बनाउँछ । रङले छालामा एलर्जी भई पोल्ने, फोका उठ्ने, एक्जेमा–छाला चिलाउने, घर्Èण भई जलन र घाउखटिरा आउने, छाला सुख्खा हुने, फुट्ने, रगत आउने, छालाको रङमा परिवर्तन, घाममा रङ दलिदा छालामा टाँसिई छालाको बाहिरी र भित्री तहमा क्षति र दीर्घकालीन संक्रमण गराउनसक्छ ।
रङ आँखामा पर्दा आँखामा क्षति, कन्जुटाइभाइटिस, रातो हुनेदुख्ने, बिजाउने, चिलाउने, कम देख्ने, फुलो पर्ने तथा अन्धो हुनेसम्मका समस्याहरु देखिन्छन । घाम लागेको बेलामा रसायन मिसिएका रङ अनुहारमा दल्दा छालामा दीर्घकालीन असरहरु देखिन्छन् । त्यसैमा मोबिल, अण्डा, इनामेल, मट्टितेल र फोहोर पानीको प्रयोग बढ्दो छ जसले उत्पन्न गराउने समस्या र रोग झनै अनगिन्ती छन् । तसर्थ होलीमा रङ थोरै, रमाइलो धेरै गरौं ।
रोकथाम
सकेसम्म घरको प्राकृतिक रङ जस्तै पलासको फूलबाट बनाउने र प्रयोग गर्नुपर्छ । स्थायी रङले छाला सुख्खा बनाउने भएकाले प्रयोग नगरांै । गोल्डेन, सिल्भर रङ तथा सिलिका मिसाइएका रङ प्रयोग गर्नुहँुदैन । रङ पानीसँग मिसाएर प्रयोग गनुँहुँदैन । रङसँगै लामो समय बस्नहुँदैन, सफा पानीले पटक–पटक पखालिरहने गर्नुपर्दछ । रङलाई बढी गाढा बनाउने निहुँमा तेजावी, कृत्रिम रङ थप्नुहुँदैन । रङ लगाउँदा आँखा, मुख बन्द गर्ने, कृत्रिम रङ, फोहोर पानी, बेलुनको प्रयोग गर्नुहुँदैन ।
होली खेल्नुअघि अनुहार र हातमा तेल, मोइस्चराइजर र फाउण्डेसन लगाउनुपर्छ । नङमा गाढा पालिस लगाउनुपर्छ । कपालमा तेल लगाउनुपर्छ । आँखा बचाउन टाइटफिट चश्मा लगाउन सकिन्छ । चिल्लो र मोस्चराइजर क्रिमको प्रयोग, औÈधि भएको, खस्रो, साबुन प्रयोग नगर्ने, ग्लेसरिन भएको साबुन प्रयोग, तोरी र सस्र्युको तेलको सट्टा नरिवलको तेल प्रयोग गर्नुपर्दछ । छाला बारम्बार साबुनले नधुने गर्नुपर्छ किनभने धोएमा छाला पोल्छ । छाला र अनुहारको रङ हटाउन रुवा, कपासको सहयोगले नरिवल तेल लगाउनुपर्छ । यस्तो बेला चिसो पानी मात्रै प्रयोग गर्ने र नुहाएपछि मोइस्चराइजर लगाउनुपर्छ ।
गोरा र सेन्सिटीभलाई घामबाट हुने फोटोडर्माटाइटिसबाट जोगाउन सनक्रिम प्रयोग गर्नुपर्दछ । आँखामा रङ पस्दा माड्दा घाउ, अल्सर, कोर्नियामा क्षति हुन्छ तसर्थ नमाडी सफा पानीले पखालेको पखाल्यै गर्नुपर्छ । यति गर्दा पनि आँखा बिजाउन, पोल्न छोड्दैन, रातोपना बढ्दै जान्छ वा दृष्टिपना कम हुँदै गए नेत्र चिकित्सकलाई देखाइहाल्नुपर्छ । त्यस्तै ज्वरो आए, स्वास फेर्न गाह्रो भए, छाती दुखे वा कस्सिए जस्तो भए रङ फोक्सोमा पुगेको र संक्रमण हुनसक्ने भएकाले तुरुन्त चिकित्सकसँग सल्लाह लिनुपर्दछ ।
अन्तमा, होलीलाई विकृतिरहित बनाउन मिसावटरहित रङ प्रयोग गरी निर्वाचनको मौनअवधि र आचारसंहिताका कारण घरभित्रै होली मनाउन प्रहरी, प्रशासन मात्र नभई नागरिक समाज लगायतका हामी सबैको भूमिका अपरिहार्य छ । रङको होली अस्थायी हो उपचार गरे ठीक हुन्छ तर रगतको होली बन्न गए खतरनाक हुन्छ ज्यान गए फर्किदैन । तसर्थ सबै सचेत रहांै यही छ होलीको शुभकामना ।
(संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव, प्रवक्ता, आकस्मिक स्वास्थ्य तथा विपत् ब्यवस्थापन प्रमुख डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेशका अध्यक्ष हुनुहुन्छ ।)

प्रतिकया दिनुहोस्