निर्वाचन विशेष: मतदान केन्द्रमै ‘इमर्जेन्सी’ स्वास्थ्य सेवा, अस्पतालहरू ‘हाइ अलर्ट’मा

स्वास्थ्यसमाचार/  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सुरक्षा मात्र नभई स्वास्थ्य व्यवस्थापनलाई पनि उच्च प्राथमिकतामा राखेको छ।

मतदानका दिन हुनसक्ने सम्भावित स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै आयोगले देशभरका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई ‘स्ट्यान्डबाई’ (तयारी अवस्था) मा रहन निर्देशन दिएको छ।

निर्वाचन आयोगका अनुसार मतदान गर्न आउने मतदाता, खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई पर्न सक्ने आकस्मिक स्वास्थ्य समस्या समाधानका लागि प्रत्येक मतदानस्थलमा प्राथमिक स्वास्थ्य सहायता सेवा सुनिश्चित गर्न भनिएको छ।

यसका साथै देशभरका अस्पतालहरूमा चिकित्सक, नर्स र आवश्यक औषधिहरूको पर्याप्त भण्डारण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत निर्देशन दिइएको छ।

सङ्घीय मामिला मन्त्रालयमार्फत ७५३ वटै स्थानीय तहलाई स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्न पत्राचार पनि गरिएको छ।

मतदाताहरूलाई स्वास्थ्य र मानसिक रूपमा पनि ढुक्क भएर मतदानमा सहभागी गराउन आयोगको सिफारिसमा सरकारले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :