स्वास्थ्यसमाचार/ रुपन्देही क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार भरत कुमार साहले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन र सेवा विस्तार गर्ने प्रतिवद्धता जनाउनुभएको छ।
लुम्बिनीमा आयोजित कार्यक्रममा साहले आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गर्दै हरेक नागरिकको पहुँचमा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने अङ्गिकार गर्नुभएको हो।
साहका अनुसार स्वास्थ्य एजेन्डामा मुख्य प्राथमिकताहरूमा स्थानीय स्तरमा सुविधासम्पन्न अस्पताल सञ्चालन, २५ बेडको आधुनिक अस्पताल स्थापना, र निःशुल्क स्वास्थ्य शिविरको निरन्तरता समावेश छन्। उहाँले प्राथमिक स्वास्थ्य सेवा मात्र नभई मातृ–शिशु स्वास्थ्य, बालरोग र आपतकालीन सेवा प्रवाहमा पनि ध्यान दिनुपर्ने बताएका छन्।
प्रतिवद्धतापत्रअनुसार साहले मायादेवी मातृ–शिशु अस्पताल स्थापना गर्ने योजना प्रस्तुत गर्नुभएको छ। यसले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्य सुरक्षामा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
साथै, सामुदायिक विद्यालयको भौतिक विकास, गुणस्तरीय पढाइ र विद्यालय छोडेका विद्यार्थीलाई निशुल्क भर्ना गराउने योजना पनि स्वास्थ्यसँग सम्बन्धित सामाजिक पहलको रूपमा प्रस्तुत गरिएको छ।
साहले स्वास्थ्य सेवा सुधारसँगै बाढी नियन्त्रण, खोलामा तटबन्ध निर्माण र स्थानीय कृषि विकासमा पनि जोड दिएका छन्। यसले क्षेत्रीय जनतालाई स्वास्थ्य र समग्र जीवनस्तर सुधारमा लाभ पु¥याउने विश्वास गरिएको छ।
उहाँले युवालाई आत्मनिर्भर बनाउने, उद्यमशीलता प्रवद्र्धन गर्ने र कृषकको सम्मान सुनिश्चित गर्ने प्रतिवद्धता पनि प्रस्तुत गर्नुभएको छ।

प्रतिकया दिनुहोस्