Role of NMA at Provincial Level:Dr Santosh pokhrel

Nepal Medical Association (NMA) is the first professional organization of Nepal established in 20th Falgun 2007 BS. Nepal has perceived many changes in the administrative structure of the nation after 2007 BS. This has direct effect on the Organogram of NMA . Now with the changing context there is provision of provincial branches. While there are 16 NMA branches all over Nepal confusion prevails about which branch to lead the province . It’s not only about leading a province but being functionally active in co-ordination with all doctors residing in…

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको होली मिलन कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार /राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेश र रुपन्देही जिल्लाको संयुक्त आयोजनामा होली मिलन कार्यक्रम बुटवल सम्पन्न भयो । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अध्यक्षता नरहरि अर्याललको अध्यक्षता संघका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालको प्रमुख अतिथ्यामा रान लुम्बिनी प्रदेश सल्लाहकार चन्द्रकान्त खनालको बिशिस्ट आतिथ्यमा भएको थियो। होली मिलन कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष शालिकराम भुसालले यस्ता कार्यक्रम गर्दा आत्मियता,सदाचार ,सामुहिक नेतृत्व बिकास हुने वताउनु भयो ।उहाले आगामी चैत्रमा हुने रान केन्द्रिय महाधिबेशमा पनि हामी सबै आ आफ्नो ठाउबाट तयारी मा लाग्न सबैलाई आग्रह गर्नु भयो। कार्यक्रममा आयुर्वेद स्वास्थ्यकर्मी समाज लुम्बिनी…

आइ. सि .यु बाहिर पाँच रुपैया : डा.शम्भु खनाल

केही मलिन अनुहारहरु एउटा आइ. सि .यु कक्षबाहिर प्रतिक्षामा बसिरहेका छन् । स्वजन र आफन्तको प्रतिक्षामा । कहिले निको भएर पून: भेट्न् पाइन्छ कि भन्ने आशमा । बेला बेला माइकिङबाट आवाज आउछ ” फलानोको मान्छे संपर्क राख्नु “ । सबै जना सतर्क हुन्छन् । कान तीखा हुन्छ्न् केही क्षण । आफ्नो बिरामीको अप्डेटका लागि बोलाएको हो कि भनेर । भित्र जटिल रोगसँग लडिरहेका छन् ति सबै मलिन ब्यक्तिका जीवनका प्रिय आत्मीय पात्रहरु । कोही मृत्‍युसँग लडिरहेका छन् । कोही सुधारको क्रममा छन् । सबैका मनमा भय छ । स्वजन फर्केर…

म्याद गुज्रेको औषधि वितरण प्रकरण: चौराह अस्पतालद्धारा गल्ती स्वीकार

स्वास्थ्यसमाचार/ रेसुंगा नगरपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि वितरण गल्ती स्वीकार गर्दै बुटवलको चौराह अस्पतालले माफी मागेको छ । अस्पतालले म्याद गुज्रीएको औषधी वितरण गरको बारे समाचार प्रकाशन भएपछि सोमबार एक विज्ञप्ती जारी गर्दै अस्पतालले गल्ती भएको स्वीकारसहित माफी मागेको हो । अस्पतालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘उपरोक्त सम्बन्धमा मिति २०७९ ११ २० गते रेसुङ्गा नगरपालिकाको आयोजनामा चौराह अस्पताल प्रा लि. को प्राविधिक सहयोगमा महेन्द्र मावि मा गरिएको निःशुल्क स्वास्थ्य शिविरको क्रममा मिरा बायोटिक कम्पनीद्वारा उत्पादित एमिजाय १० एमजीको स्याम्पल ट्याबलेटको म्याद सकिएको औषधी वितरण गरिएको भन्ने…

तम्घासमा भएको स्वास्थ्य शिविरमा म्याद गुज्रेको औषधि वितरण

स्वास्थ्यसमाचार /रेसुंगा नगरपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि वितरण गरेको फेला परेको छ । रेसुंगा नगरपालिका–८ स्थित महेन्द्र माविमा शनिबार सञ्चालन भएको शिविरमा ‘एमिजोए–१०’ नामको म्याद गुज्रेको औषधि वितरण गरिएको फेला परेको हो । शिविरमा उपचार गरेकी रेसुंगा नगरपालिका–८ की एक महिलाले आफूलाई म्याद गुज्रेको औषधि दिइएको भन्दै छिमेकीकहाँ देखाउन लगेकी थिइन् । नगरपालिकाले १० जनालाई म्याद गुज्रेको औषधि वितरण गरेको फेला परेको ती महिलाले बताइन् । ‘ढाडको समस्या भएर गएको, त्यो औषधि दिनुभएको रहेछ । मैले नानीहरूलाई देखाउँदा त एक्स्पायर परेछ,’ उनले भनिन्, ‘मैले मात्र होइन,…

देवदह नगर अस्पतालमा स्वास्थ्य वीमा उद्घाटन

स्वास्थ्यसमाचार/ देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पतालमा स्वास्थ्य वीमा प्रथम सेवा बिन्दु उद्घाटन भएको छ । सेवाको प्रतिनिधि सभा सदस्य छविललाल विश्वकर्मा र देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गरे । अब नगर अस्पताललाई प्रथम सेवा विन्दु उल्लेख गरेर स्वास्थ्य वीमा गरेका नगरवासीले वीमा वापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरु नगर अस्पतालबाटै पाउने छन् । देवदह नगरपालिकाले गत माघमा स्वास्थ्य बीमा बोर्डसंग स्वास्थ्य वीमा ऐन २०७४,स्वास्थ्य वीमा नियमावली २०७५ अनुसार सेवा प्रदान सम्बन्धी सम्झौता गरेको थियो । सेवा शुभारम्भ गर्दै प्रतिनिधि सभा सदस्य विश्वकर्माले स्वास्थ्य वीमाको सेवालाई झन्झटरहित…

लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था सम्बन्धी अध्यादेश पेस

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश पेस भएको छ । सभाको छैटौँ बैठकमा स्वास्थ्य मन्त्री विष्णु पन्थीले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश सभामा पेस गरेका हुन् । बैठकमा मुख्यमन्त्री लीला गिरीकोतर्फबाट स्वास्थ्य मन्त्री पन्थीले नै मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गरेका छन् । बैठकमा सभामुख तुलाराम घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन तथा कार्य विभाजन सम्बन्धी पत्रहरू पढेर सुनाएका थिए । लुम्बिनी प्रदेश सरकार तीन पटक बिस्तार गरिएको थियो । पुस २८ गते तीन सदस्यीय, माघ २८ मा…

बुटवल बजार पटक -पटक अनुगमन : अखाद्य वस्तु छ्यापछ्याप्ती

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । महंगी, कालोबजारी तथा अखाद्य बस्तु, म्याद गएका वस्तुको बिक्री वितरण रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्नका लागि बजार अनुगमनलाई निरन्तरता दिइएको हो । विषयगत रुपमा अनुगमन गरिरहेको र अनुगमनका कारण बजार सुधार हुँदै गएको बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मूल्यांकन शाखा अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको फागुन मध्यसम्ममा ७३ वटा खाद्यान्न बिक्री पसल, ११ वटा मासु बिक्री पसल, १६ वटा मिष्ठान्न भण्डार, ९ वटा योजना निर्माण, ४ वटा नदीजन्य पदार्थको चोरीनिकासी अनुगमन गरिएको छ । यस्तै…

जनस्वास्थ्यलाई प्राथमिकता र निरोगी नेपाल अभियानलाई विस्तार गर्छौ:मुख्यमन्त्री गिरी

स्वास्थ्यसमाचार/ जथाभावी औषधि सेवनले पार्ने असरले सिङ्गो प्राणी जगत प्रभावित छ । वातावरणीय प्रदूषण र अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नहुँदाको असर पनि प्राणी जगतमै परेको छ । जनस्वास्थ्यको यस्तै संवेदनशीलतालाई ख्याल गर्दै लुम्बिनी प्रदेश सरकारले जनस्वास्थ्य ऐन बनाइरहेको छ । लुम्बिनी प्रदेशका सबै जिल्लालाई लक्षित गरि निरोगी नागरिक अभियान सञ्चालन र उपचारका संयन्त्रको प्रभावकारी व्यवस्थापनका कामलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री लिला गिरीले नागरिकलाई निरोगी बनाउने दायित्व राज्यको भएको र जनस्वास्थ्यको संवेदनशीलतालाई विशेष ख्याल गरेर ऐन बनाउने काम भइरहेको बताउनुभएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले बिहीबार देउखुरीमा आयोजना…

गुल्मीमै पहिलोपटक दुवै आँखा नदेख्‍ने बिरामीको शल्यक्रिया

स्वास्थ्यसमाचार/ गुल्मीमा दुई वर्षदेखि दुवै आँखा नदेख्ने पाँच जना बिरामीको आँखाको शल्यक्रिया सफलतापूर्वक गरिएको छ । यो शल्यक्रिया जिल्लामै पहिलोपटक गरिएको नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीका बिरबहादुर कार्कीले बताउनु भयो । दुई वर्षदेखि दुवै आँखा नदेख्‍ने मुसिकोट नगरपालिका-९ निवासी ५२ वर्षकी मनकला बिक, ८४ वर्षका तिलबहादुर राना, मुसिकोट नगरपालिका-५ निवासी ६८ वर्षका बिनबहादुर बिकको शल्यक्रिया गरिएको थियो । त्यस्तै मुसिकोट नगरपालिका-१ निवासी ६७ वर्षकी नन्दीकुमारी श्रेष्ठ र बाग्लुङ वढिगाड-२ निवासी ७२ वर्षकी खगी रानाको दुवै आँखको शल्यक्रिया गरिएको हो । जिल्लाको मुसिकोट नगरपालिकामा दुई दिनसम्म चलेको…