म्याद गुज्रेको औषधि वितरण प्रकरण: चौराह अस्पतालद्धारा गल्ती स्वीकार

स्वास्थ्यसमाचार/ रेसुंगा नगरपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा म्याद गुज्रेका औषधि वितरण गल्ती स्वीकार गर्दै बुटवलको चौराह अस्पतालले माफी मागेको छ ।

अस्पतालले म्याद गुज्रीएको औषधी वितरण गरको बारे समाचार प्रकाशन भएपछि सोमबार एक विज्ञप्ती जारी गर्दै अस्पतालले गल्ती भएको स्वीकारसहित माफी मागेको हो ।

अस्पतालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘उपरोक्त सम्बन्धमा मिति २०७९ ११ २० गते रेसुङ्गा नगरपालिकाको आयोजनामा चौराह अस्पताल प्रा लि. को प्राविधिक सहयोगमा महेन्द्र मावि मा गरिएको निःशुल्क स्वास्थ्य शिविरको क्रममा मिरा बायोटिक कम्पनीद्वारा उत्पादित एमिजाय १० एमजीको स्याम्पल ट्याबलेटको म्याद सकिएको औषधी वितरण गरिएको भन्ने समाचार प्रकाशित भएको प्रति दुख व्यक्त गर्दछौ ।

प्राविधिक कमजोरीका कारण उपचारमा आउने केहि विरामीहरुलाई उक्त औषधी वितरण भएको अस्पताल व्यवस्थापन समितिले स्वीकाछौं ।’ अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृतद्वारा जारी विज्ञप्तीमा अघि लेखिएको छ ‘शारीरिक दुखाईमा प्रयोग गरिने औषधी प्राविधिक गल्लीको कारण मिरा बायोटिक कम्पनीको स्याम्पल एमिजोय १० एमजीको ट्याबलेट १५ देखि २० पाता वितरण भएको वितरणमा रहेका फार्मासिस्टले उल्लेख गरेका छन ।

यो घटनाप्रति संवेदनशिल हुँदै आगामी दिनमा यस्तो घटना नदोहोरिने प्रतिवद्धता व्यक्त गर्दछौं ।’ गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले शिविरमा औषधी वितरण म्याद सकिएको वितरण गर्नु गलत भएकोले उक्त विषयमा छानबिन गर्नको लागि नगरपालिकालाई आफूले निर्देशन दिएका थिए ।

उनको निर्देशनको पछि अस्पतालले बिज्ञेप्ती निकालेर गल्ती स्वीकारेको छ। स्वास्थ्यसमाचारमा उक्त समाचार प्रकाशन भएको थियो।

सम्बन्धित शिर्षक :