प्रदेश ५मा कोरोना संक्रमित ६ सय ४२ ,निको ७५ मृत्यु ३

स्वास्थ्यसमाचार/ प्रदेश ५ मा कोरोना संक्रमितकोे संख्या ६ सय ४२ पुगेको छ । यसमध्ये ४ सय ९५ जना उपचारमा रहेका छन भने ७५ जना निको भएर घर फर्किसकेका छन । बाँके, गुल्मी र अर्घाखाँचीमा १र१ जनागरी ३ जनाको मृत्यु भएको छ । प्रदेश ५ का सात जिल्लामा ६९ जना नयाँ संक्रमित थपिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । थप भएका सात जिल्लाहरुमा बाँके ७, कपिलबस्तु ४७, गुल्मी १, रुपन्देही २, पाल्पा २, नवलपरासी १, दाङ्गमा ९ जना रहेका छन् । अहिलेसम्म धागो कारखानामा ४६ जना भर्ना भएकोमा ३१ जनाको उपचार…

आबश्यकता अनुसार COVID-19 व्यवस्थापनको Modalityमा परिवर्तन गर्नुपर्छ

भुपराज ढकाल -COVID-19 को बिश्वब्यापी महामारीबाट नेपाल पनि अछुतो रहेन I चिनको बुहान सहरबाट शुरुवात भएको संक्रमण युरोप र अमेरिका जस्ता सक्ति केन्द्रित राष्ट्रहरुलाई पराजित गरि हाल दक्षिण एशियाका विभिन्न रास्ट्रहरुमा संक्रमणको केन्द्र को रुपमा विकास हुदै गएको छ Iबिश्व भर करिब ६३ लाख संक्रमण र करिब करिब४ लाख को मृत्यु भएको अवस्था छ I COVID-19 शुरुवात भएको रास्ट्र चिन र हाल COVID-19 केन्द्रको रुपमा स्थापित हुदै गएको भारत संग सिमाना जोडिएको नेपाल उच्च जोखिममा रहेको छ I नेपालको हरेक क्षेत्रमा भारतको उल्लेख्य प्रभाव रहेजस्तै COVID-19 नेपालमा फैलिनमा भारत प्रमुख…

भिम अस्पताल बाट २५ जना कोरोना जितेर घर फर्किए

स्वास्थ्यसमाचार भैरहवाको भिम अस्पतालमा उपचारार्थ कोरोनासंक्रमित २५ जना निको भएर घर फर्किएका छन । रुपन्देही गैँडहवा गाउँपालिकाका १० जना, कपिलबस्तुका ५ जना, नवलपरासीका ३ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थनगर नगरपालिकाका १ जना र भारतका १ जना गरि जम्मा २५ जना डिस्चार्ज भएको भिम अस्पतालका मेसु डा नबिन दर्नालले वताए । प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले डिस्चार्ज भएका बिरामीहरुलाई पुष्प र खादा ओडाई बिदाई गरे । बिदाई गर्दै मन्त्री बरालले कोरोनाका पहिलो स्टेजका बिरामी भएका कारण नआत्तिन आग्रह गरे ।कोरोना सक्रमित कोही पनि लुकेर नबस्नुहोस हामी…

पाल्पामा पहिलो पटक ३जनामा कोरोना संक्रमण पुष्टी

स्वास्थ्यसमाचार /प्रदेश नम्बर ५ को पाल्पामा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको नमुना परीक्षणमा ३ जनामा कोरोना पोजिटिभ पुष्टी भएको हो । पाल्पामा तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । जिल्लाको माथागढी गाउँपालिकाको क्वारेन्टिनमा बसेका १८ वर्षीय पुरुष र रैनादेवी छहराको क्वारेन्टिनमा बसेका ३८ र ४० वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पोजिटिभ स्वास्थ्य कार्यालय पाल्पाले पुष्टी गरेको छ ।एक साता अघि भारतबाट आएर तानसेनको बतासेडाँडाको होल्डिङ क्वारेन्टिनमा बसेका स्थानीय तहको क्वारेन्टाईनमा पठाईएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । माथागढीका संक्रमितको बतासेमै स्वाब…

बाजुराकी कोरोना संक्रमित दुई वर्षे बालिकाको मृत्यु

स्वास्थ्यसमाचार / कोरोना भाइरस को संक्रमण देखिएकी दुई बर्षीया बालिकाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित बिफ्रिङमा बाजुराकी दुई वर्षिया बालिकाको  मृत्यु भएको जानकारी दिए। उनको पिसिआर परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिएका ८ जनाको मृत्यु भएको छ।ती बालिकालाई ज्वरो, श्वासप्रस्वासको समस्या र पखला देखिएपछि बाजुरा अस्पतालमा भर्ना गरिएको थियो। उनको बाजुरा जल्ला अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। ती बालिका आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएको बताइएको छ।शनिबार दैलेख दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुषको…

बुटबलको कोरोना अस्पतालबाट ४ जना निको भएर घर फर्किए

स्वास्थ्यसमाचार / बुटवलको कोरोना विशेष अस्पतालबाट ४जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।  निको भएका उनीहरू मध्ये ३ जना कपिलवस्तुका र १ जना रुपन्देहीको सियारी गाउँपालिका हुुन्। अस्पताल भर्ना गरिएका संक्रमितको लगातार दुई पटकको रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा. राजेन्द्र खनालले बताए। निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश दिएको डा खनालले बताए । यस अघि रुपन्देहीको कोटहीमाई गाउँपालिकाका २५ वर्षीय युवा र कपिलबस्तुका १० जना निको भएर घर गइसकेको बुुटवल धागो कारखानस्थित कोरोना विशेष अस्पतालका फोकल पसर्न तथा वरिष्ट…

लकडाउन जेठ ३२ सम्म ,सरकार द्धारा सेना परिचालन गर्ने निर्णय

स्वास्थ्यसमाचार / सरकारले कोरोना भाइरस रोग संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ ।मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो ।

कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु

स्वास्थ्यसमाचार/ नेपालमा कोरोना भाइरसको कारण थप १ जनाको मृत्यु भएको छ। दैलेख दुल्लु नगरपालिकका ३५ वर्षीय पुरुषको मृत्यु भएको हो। दैलेख दुल्लु नगरपालिका ७ स्थित नेपाल विद्युत प्राधिकरणको भवनमा रहेको क्वारेन्टाइनमा रहेका उनको शनिबार मृत्यु भएको हो कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले साँझ जारी गरेको प्रेस विज्ञप्ति अनुसार उनको स्वाब परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो। ‘कोभिड १९ सँग सम्बन्धित लक्षणहरु नभएको तथा आज बिहान ७ बजे एक्कासी ढल्नुभएको र केही समयमा उनको मृत्यु भएको साथै प्रयोगशाला परीक्षणमा नतिजा पोजिटिभ आएको,’ मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख…

कपिलवस्तुमा सात महिने बालकसहित ५२ मा कोरोना संक्रमण

शेरिफ के.सी जीतपुर,१६जेठ(रासस): कपिलवस्तुमा आज नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र बाँकी चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये सातमहिने नाबालक वडा नम्बर ५ को अनिरुथ माविको क्वारेन्टिनमा बसेका थिए । अन्य २२ जना वडा ६ को वासुदेव जनता माविको क्वारेन्टिनमा, चार जना वडा नम्बर ३ को तीर्थधार्मिक माविमा र सात जना वडा नम्बर ७ मा रहेको जनता माविमा रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योतिप्रकाश दुबेले जानकारी दिनुभयो । जिल्लाको कृष्णनगर नगरपालिकामा आज ११ जनामा…

नर्स तथा स्वास्थ्यकर्मीको सुविधा कटौती नगरियोस : नर्सिङ संघ

स्वास्थ्यसमाचार / नेपाल नर्सिङ संघले निजि तथा सार्वजनिक स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरुको तलव कटौती नगर्न माग गरेको छ । संघले विज्ञप्ती निकालेर कोरोना भाइरस रोगको महामारीको रोकथाम र नियन्त्रणका लागि नर्स लगायत स्वास्थ्यकर्मीहरु अहोरात्र खटिरहेको अवस्थामा विभिन्न निजि तथा सार्वजनिक स्वास्थ्य तथा शैक्षिक संस्थाहरुमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरुको तलव तथा सेवा सुविधा कटौती गरीरहेको भन्ने खवरप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । निजी तथा सार्वजनिक स्वास्थ्य संस्थाहरुको यस्तो कार्यको घोर भत्सर्ना गर्दै सरकारले तोके बमोजिमको सेवा सुविधा उपलब्ध गराउन संघले माग गरेको छ । सरकारले…