लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था सम्बन्धी अध्यादेश पेस

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सभामा स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश पेस भएको छ ।

सभाको छैटौँ बैठकमा स्वास्थ्य मन्त्री विष्णु पन्थीले स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी अध्यादेश सभामा पेस गरेका हुन् । बैठकमा मुख्यमन्त्री लीला गिरीकोतर्फबाट स्वास्थ्य मन्त्री पन्थीले नै मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गरेका छन् ।

बैठकमा सभामुख तुलाराम घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन तथा कार्य विभाजन सम्बन्धी पत्रहरू पढेर सुनाएका थिए । लुम्बिनी प्रदेश सरकार तीन पटक बिस्तार गरिएको थियो । पुस २८ गते तीन सदस्यीय, माघ २८ मा थप ७ जना मन्त्री र फागुन ७ गते थप एक जना नयाँ मन्त्री नियुक्त भएका थिए ।

दश मन्त्रालय र ११ मन्त्री रहेको प्रदेश सरकारमा नेकपा एमालेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेर्ने गरी जिम्मेवारी दिइएको छ ।

त्यसअघि उनी कृषि तथा भूमि व्यवस्था मन्त्री थिए । संसद्को आगामी बैठक अर्को सूचना टाँस गरेर जानकारी दिइने प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए ।

सम्बन्धित शिर्षक :