नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुग्यो

स्वास्थ्यसमाचार /नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५१ पुगेको छ । आज आइतबार थप २ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या ५१ पुगेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा र बिरगंजका  पुरुषमा संक्रमण देखिएको हो ।स्वास्थ्य मन्त्रालय ले एक बिज्ञेप्ती मार्फत जानकारी गराएको छ ।    

“समुदाय स्वास्थ्य र फ्लु”

फ्लू एक प्रकारको तिब्र सक्रमण गराउने रोग हो ।अति नै छिटो फैलिने एक प्रकारको ज्वरोलाइ Influenze पनि भनिन्छ ।ऋतु परिवर्तनको समय नेपालको सन्दर्भमा चैत ,बैशाख (बसन्त ऋतु) असोज ,कात्तिक (सरद ऋतु) मा बढी मात्रामा देखिने र फ़ैलिने भएकाले यस्लाइ मौसमी फ्लू पनि भनिन्छ । बढी मात्रामा जनघनत्व भएको समुदाय र क्षेत्रमा सामाजिक दुरि कायम नहुने स्थानका मानिसहरुमा बढी मात्रामा देखिन्छ ।Endemic ,Epidemic तथा Pandemic तरिकाले फैलिएको फ्लू लाई तत्काल समयमा नै नियन्त्रण गर्न सकिएन भने त्यस क्षेत्रका मानिसहरु यश फ्लूका शिकार हुन पुग्छन् । कहिलेकाही निश्चित उमेर समुहका मानिस प्रभावित…

नेपाल कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो :डब्लुएचओ

स्वास्थ्यसमाचार/ विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले नेपाललाई अति उच्च जोखिमको सूची लेभल ४ बाट हटाएर उच्च जोखिमको सूची लेभल ३मा झारेको छ । कोरोना नियन्त्रणमा नेपालको सक्रियता र नतिजाको आधारमा जोखिम सूचीमा सुधार भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘हामी पहिले लेभल ४ अर्थात अति उच्च जोखिमको सूचीमा थियौँ । तर त्यसलाई हामीले सुधार गर्‍यौँ, अहिले लेभल ३ मा झरेका छौँ ,’ उनले भने । सार्क मुलुकका भारत, श्रीलंका, बंगलादेश, भुटान, मालदिव्स लेभल ३ मा रहेको उनले बताए । तर पाकिस्तान अहिले पनि लेभल ४ र अफगानिस्तान अहिले…

बहु विशेषज्ञ सेवा प्रदान गर्दै सिद्धबाबा अस्पताल तेश्रो बर्षमा

स्वास्थ्यसमाचार/ स्वास्थ्यसमाचार स्वास्थ्य क्षेत्रमा हवको रुपमा बिकसित हुदै गएको बुटबलमा संञ्चालन भएको सिद्धबाबा अस्पताल तेश्रो बर्षमा प्रवेश गरेको छ । दुई वर्ष अघि युवा चिकित्सकहरुको लगानीमा स्थापना गरिएको अस्पतालमा अहिले विभिन्न सेवाहरु थपगर्दे दोश्रो बर्षपार गरि तेश्रो बर्षमा प्रबेश गरेको हो । सिद्धबाबा अस्पताल सञ्चालक समितका अध्यक्ष तथा मिर्गौलारोग विशेषज्ञ डा शक्ति बस्नेतका अनुसार अस्पतालमा अहिले मिर्गौला रोगीका लागि डायलिसिस लगायत विभिन्न सेवाहरु उपलव्ध रहेको बताएका छन । डा बस्नेतले भने लकडाउनको समयमा समेत मिर्गौलाका विरामीहरुलाई नियमित सेवा प्रदान गरेका छौ ।मुलुकमा विद्यमान लकडाउनका कारण सामान्य पुजापाठ गरि वार्सिकोत्सव मनाइएको…

आरडिटी चेक नेगेटिभ देखिए घर पोजिटिभ देखिए आइसोलेसनमा

स्वास्थ्यसमाचार/ विगत २५ दिनदेखि भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरु लाईे आरडिटी चेक गरी नेगेटिभ रिपोर्ट देखिएकालाई घर पठाइने र पोजिटिभ देखिए आइसोलेसनमा राखी थप उपचारको गरिने भएको छ । भारतको विभिन्न स्थानमा काम गरिरहेका नेपालीहरु लकडाउन अवधिमै कोरोना भाइरसको त्रासको कारण नेपाल आउन खोजेको कारण उनीहरुलाई भारतको नौतनवामा रहेको विभिन्न तीन स्थानमा क्वारेन्टाइनमा राखिएको थियो । पहिलो चरणमा १ सय जनालाई भारतबाट नेपाल भित्र्याइएको छ । प्रदेश नम्बर ५ का प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेयले ३ चरणमा गरी उनीहरुलाई नेपाल भित्र्याइने बताए ।नेपाल भित्रिएकाहरुको आरडिटी चेक गरी नेगेटिभ रिपोर्ट देखिएकालाई घर…

यूएनएफपीएद्वारा नेपाल सरकारलाई १२सय पिपिइ हस्तान्तरण

स्वास्थ्यसमाचार / संयुक्त राष्ट संघिय जनसंख्याकोषले नेपाल सरकारलाई १२ सय पिस पिपीइ (category I) प्रदान गरेको छ। विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरसलाई नियन्तण र रोकथामको लागी नेपाल सरकारलाई उक्त पिपीइआर्ई हस्तान्तण गरेको हो । उक्त १२ सय पिपीई मध्ये प्रदेश नं ५ स्वास्थ्य आपुर्ति केन्द्रलाई २ सय पिस पिपीई प्रदान गरिएको युएनएफका क्षेत्रिय संयोजक राम थापाले बताए । आपुर्ति केन्द्रका निर्देशक दिनेश कुमार चापागाईले महामारि नियन्तणमा सबैको सहयोग आबश्यक हुने बताए । आबश्यक ठाउमा यी पिपीई प्रयोग गरिने चापाईले बताए । यस PPE कोरोना संक्रमितको उपचारमा संग्लन स्वास्थ्यकर्मि ल्याबका…

कोरोना उपचार कोषमा एसविआई बैकको ५ लाख सहयोग

स्वास्थ्यसमाचार / प्रदेश ५ सरकारले संचालन गरेको कोभिड– १९ नियन्त्रण तथा उपचार कोषमा नेपाल एसविआई बैक लिमिटेडले ५ लाख रुपैया सहयोग गरेको छ । आज कोषका अध्यक्ष समेत रहेका भएका सामाजिक विकास मन्त्री सुदर्शन बराल लाई बैंकका बुटवल शाखा प्रमुख सुदिप अर्यालले शुक्रवार चेक हस्तान्तरण गरे । कोषमा अहिले सम्म १४ करोड ४२ लाख १३हजार ३०सय ६६ जम्मा भएकोमा २० लाख रुपैया खर्च भएको प्रदेश ५ सामाजीक बिकास मन्त्री सुदर्शन बरालले बताए ।

उदयपुर र जनकपुरमा २ जनामा कोरोना , नेपालमा ४७ संक्रमण

स्वास्थ्यसमाचार / नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ। यो कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ४७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उदयपुरकी ५५ वर्षिया महिला र जनकपुरका १४ वर्षिय एक जनामा कोरोना संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४७ पुगेको छ। यी मध्ये ९ जना उपचारपछि निको भइसकेको  जानकारी दिए।बुधबार पनि तीन जनामा संक्रमण देखिएको थियो। बुधबार पिसिआर परीक्षणका क्रममा २४, ६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिएका थिए।…

पीपीई लगाएर बुटबलमा छ हजार बालबालिकालाई खोप लगाइँदै

स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकाले प्रतिकोरोनाको प्रभावकारी अभियान संगै सुरक्षित खोप कार्यक्रम पनि सुरु गरेको छ । आधारभूत स्वास्थ्य अन्तर्गत रहेको नियमित खोप सेवालाई अवरुद्ध हुन नदिन बुटवलले स्वास्थ्यकर्मीलाई पीपीइ लगाएर काममा खटाएको छ । बालबालिकाका लागि अत्यावश्यक र आधारभूत स्वास्थ्य सुरक्षाका लागि खोपको अति नै जरुरी पर्दछ । कोभिड–१९ को महामारी रोक्न लकडाउन भएपछि अन्यत्र रोकिएका बेला बुटवलले भने महामारीका विरुद्ध पूर्वतयारी संगै थप सुरक्षाको उचित प्रवन्ध मिलाएर खोप कार्यक्रमलाई सञ्चालन गरेको छ । बालबालिकालाई निश्चित रोगबाट बचाउन अग्रिम दिइने एन्टिजोनलाई खोप भनिन्छ । एन्टिजोनहरू रोगविरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि…

स्वास्थ्य पत्रकारलाई मास्क, ग्लोब्स र सेनिटाइजर वितरण

स्वास्थ्यसमाचार /कोरोना रिपोर्टिङमा खटिएका स्वास्थ्य पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण विश्वभरी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढिरहेका बेला फिल्ड रिपोर्टिङमा खटिएका स्वास्थ्य पत्रकारलाई न्युनतम स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालले आज एक अनौपचारिक कार्यक्रम गरी मास्क, सेनिटाइजर, ग्लोब्स लगायतका स्वास्थ्य सुरक्षा सामग्री पत्रकारलाई वितरण गरेको हो । सो कार्यक्रममा बोल्दै मञ्चकी अध्यक्ष कल्पना आचार्यले कोरोना संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी जस्तै सूचना संकलनका लागि फिल्डमा खटिने सञ्चारकर्मी पनि जोखिममा रहेको भन्दै उनीहरुका लागि सुरक्षा सामग्री वितरण गरिएको बताइन्। उनले भारतको मुम्बईमा एकै दिन…