टेकराज पन्थी रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरूस्तिको अवस्थालाई नै स्वास्थ्य भनिन्छ । स्वस्थ्य भन्नाले बिरामी नहुनु वा कुनैपनि रोग नलाग्नु र तन्दुरुस्त हुनु भन्ने बुझाउछ । नेपालमा स्वास्थ्य क्षेत्रमा भएको गतिविधिलार्इ अध्ययन गर्दा सरकारी, गैह्र सरकारी र सामुदायिक रूपमा स्वास्थ्य संस्थाहरू स्थापना भै सेवा प्रवाह गरेको पार्इन्छ । नेपालको संविधानले पनि स्वास्थ्य सेवालाई आधारभूत मानवीय अधिकार भनेर परिभाषित गरेको छ, जस अनुसार केही आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गरिएको छ । नेपालमा संघीय संरचनाको कार्यान्वयनमा पनि प्राथमिक स्वास्थ्य सेवाका यी सिद्धान्तहरुलाई…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
बुटबलमा प्रतिजैविक प्रतिरोध सम्बन्धी संचारकर्मी अन्तरक्रिया
स्वास्थ्यसमाचार प्रतिजैविक प्रतिरोध सम्बन्धी संचारकर्मी अन्तरक्रिया कार्यक्रम बुटवलमा सुरु भएको छ । संचारको माध्ययमबाट प्रतिजैविक प्रतिरोधले मानव, पशुपंक्षी र वातावरणमा पार्ने असरहरुबारे नागरिकलाई सचेतना जगाउन अन्तरक्रिया आयोजना गरिएको हो । जीवाणु, भाइरस, परजीवी र ढुसी जस्ता कीटाणुबाट हुने संक्रमण रोक्न प्रयोग गरिने औषधिलाई प्रतिजैविक प्रतिरोध भनिन्छ । कार्यक्रममा त्यस्ता औषधिको समुचित प्रयोग नहु“दा हुने असर के के हुन् र त्यसलाई कम गर्न के गर्नुपर्छ भन्नेबारेमा छलफल भएको थियो । विभिन्न कारणले सुक्ष्म जीव बलियो भई एन्टिमाइक्रोबियल औषधिले काम गर्न छोडेको अवस्था अर्थात् सुक्ष्म जीवलाई औषधिले जित्न नसकेको अवस्थालाई प्रतिजैविक प्रतिरोध भनिन्छ ।…
लुम्बिनीमा ४ हजार ३ सय बढी एचआइभी संक्रमित, सबैभन्दा धेरै रुपन्देहीमा
स्वास्थ्यसमाचार / ३५ औ विश्व एचआईभी एड्स दिवसको अवसरमा रुपन्देहीमा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । विश्वभर मनाईने यो दिवसमा रुपन्देहीमा अन्तरक्रिया, प्रभातफेरी सहितका कार्यक्रम गर्न लागिएको हो । सोही अनुसार बुधवार बुटवलमा सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरिएको छ । विश्व एड्स दिवसको पुर्व सन्ध्यामा आयोजना गरिको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोजक संस्था स्वाथ्य निर्देशनालय बुटवलका तथ्यांक अधिकृत मान बहादुर ओलीले पछिल्लो समयमा एचआईभी संक्रमितहरुको संख्या घट्दै गएको बताए । लुम्बिनी प्रदेशमा हाल ४ हजार ३ सय २५ जना एचआईभी संक्रमितहरुको संख्या रहेको जानकारी दिदै ओलीले पछिल्लो समयमा विभिन्न सरकारीतथा गैर…
स्वास्थ्यको लागि पुदिना चिया : यस्ता छन् सेवनका फाइदा
स्वास्थ्यसमाचार/ चिया स्वास्थ्यको लागि सकारात्मक छ वा नकरात्मक भन्ने कुरामा विश्वका वैज्ञानिकहरुका आ—आफ्ना धारणा रहेका छन् । तर, अनुसन्धानकर्ताहरुले यस विषयमा गरेको अनुसन्धानबाट चियाका धेरै फाइदाहरु पत्ता लागेका छन् । जसअन्तर्गत स्वास्थ्यमा सकारात्मक प्रभावहरु जस्तैः स्वस्थ पाचन प्रणाली, मोटोपना घटाउन मद्धत सँगसँगै शरीरलाई फूर्तिलो बनाइ राख्ने पनि पर्दछन् । पुदिना चिया एक यस्तो प्रकारको चिया हो जसले मानवको शारीरिक तथा मानसिक स्वास्थ्य स्थितीमा सुधार ल्याउँदछ । पुदिनालाई अंग्रेजीमा ‘पेपरमिन्ट’ पनि भनिन्छ । यसले शरीरमा हुने संक्रमणलाई रोक्दै मानिसको तौल बढ्नबाट समेत रोक्दछ । प्राकृतिक वरदानका रुपमा लिइएको यस चियामा कुनै…
जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरीको अध्यक्षमा श्रेष्ठ निर्बाचित
स्वास्थ्यसमाचार / जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी प्रालिको पाँचौ साधारण सभा तथा तेश्रो अधिबेशनले संञ्चालक समितिमा अध्यक्ष मान ब श्रेष्ठलाई निर्बाचित गरेको छ । बुटबलमा हालै सम्पन्न प्रालिको तेश्रो अधिबेशनले श्रेष्ठलाई निर्बाचित गरेको हो । संञ्चालक समितिको उपाध्यक्षमा नारायण भण्डारी ,सचिव रमेश पान्डे ,सदस्यहरु सीता थापा जिबलाल भुसाल हिमाल खनाल रहेको निर्वाचन अधिकृत गुणानिधि खनालले बताए । बुटबलमा ७३ जना स्वास्थ्यकर्मीको ३ करोड ५० लाखको लागानीमा २०७५ साल बैसाख ३० गते जिनोमिक डाइग्नोष्टिक ल्याबोरेटोरी प्रालि सुरु थियो । नेपाल सरकार स्वास्थ्य मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ‘बी’ ग्रेडको मान्यतामा यो ल्याब सञ्चालनमा आएको…
रुकुम (पूर्व) अस्पतालमा पहिलोपटक शल्यक्रियाबाट जन्मियो बच्चा
स्वास्थ्यसमाचार / रुकुम (पूर्व) जिल्लामा पहिलो पटक महिलाको शल्यक्रिया गरी बच्चा जन्माएकी छिन्।जिल्लाको भुमे गाउँपालिका की १८ बर्षीय महिलाको ४२ हप्ता १ दिनको बच्चा शल्यक्रिया गरी निकालिएका हो। रुकुम (पूर्व) जिल्ला अस्पतालका डा नारायण बरालका अनुसार भुमे गाउँपालिका की १८ बर्षीय महिला सुत्केरीबेथा लागेको र बच्चा नर्मलतरिकाले नजन्मिएपछि उनको शल्यक्रिया गरी बच्चा निकालिएको छ यो जिल्लाको पहिलो भएको बताए। उनले अब अस्पतालमा हाईड्रोशिल हर्निया तथा ईर्मेजेन्सी सेवा उपलब्ध हुने बताए । जिल्ला अस्पतालमा एमडी जिपी विशेषज्ञ सहित ६ जनाको टोली निकसाईम्सले उक्त अस्पतालमा पठाएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका परिवार…
रुपन्देही क्षेत्र नम्बर ३ मा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा विजयी
स्वास्थ्यसमाचार/ रुपन्देही क्षेत्र नम्बर ३ मा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं पूर्व स्वास्थ्यमन्त्री बोहरा ३६ हजार ७१७ मतका साथ निर्वाचित भएका हुन्। उनले गृहमन्त्री बालकृष्ण खाणलाई २ हजार ६८१ मतले पराजित गरेका हुन्। खाणले ३४ हजार ३६ मत ल्याएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर गुप्ता ओलीले ५ हजार ५३६ मत ल्याएका थिए।
नेपालमा पूर्ण स्तनपान : पछिल्लो पाँच वर्षमा १० प्रतिशतले घट्यो
स्वास्थ्यसमाचार/ बच्चालाई स्वस्थ राख्नका लागि जन्मेदेखि छ महिनासम्म आमाको दुध बाहेक अन्य पदार्थहरु खुवाउन राम्रो मानिदैन् । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले बच्चालाई जन्मेदेखि छ महिना नलागेसम्म आमाको दुधबाहेक अन्य केही कुरा नखुवाउन अर्थात पूर्ण रुपमा स्तनपान ( एक्सक्लुसिभ) ब्रेस्ट फिडिङ गराउनु भन्दै आएका छन् । तर, नेपालमा भने पछिल्लो पाँच वर्षमा यसरी पूर्ण स्तनपान गराउनेको संख्या १० प्रतिशतले कम भएको छ । भर्खरै सार्वजनिक भएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) २०२२ ले गएको पाँच वर्षमा पूर्ण स्तनपान १० प्रतिशतले कमी आएको देखाएको छ । सन् २०२२ को सर्वेक्षण प्रतिवेदनले नेपालमा…
रुपन्देही २(ख) बाट लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठ निर्वाचित
स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ। रुपन्देही निर्वाचन क्षेत्र नम्बर २(ख) बाट प्रदेशसभा सदस्यमा एमाले उम्मेदवार भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको हो । श्रेष्ठले १६ हजार ३ मत सहित विजयी हुनुभएको छ। भने श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार बामदेव क्षेत्रीले ९ हजार ४१० मत सहित दोस्रो हुनुभएको छ । श्रेष्ठ ६ हजार ८९० मतको मतान्तरले विजयी बन्नु भएको हो । हाम्रो नेपाली पार्टीका प्रदीप पन्तले ५ हजार ८७० मत प्राप्त गर्नु भएको थियो । पुर्व मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकारमा…
दाङ १(१)बाट लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारू निर्वाचित
स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री इन्द्रजित थारू प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ । दाङ १(१) बाट माओवादी केन्द्रका थारू १ हजार ७ सय ७५ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । थारूले १३ हजार ५ सय ५ मत प्राप्त गर्नुभयो भने नेकपा एमालेका गंगाराम भट्टराईले ११ हजार ७ सय ३० मत प्राप्त गर्नुभयो । थारू यस अघि नेकपा एमाले सँग तालमेल गरेर चुनाव जित्नुभएका थारू यसपालि पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएको थियो ।२०६३ मा अन्तरिम विधायिका हुँदै २०६४ मा पहिलो संविधान सभा सदस्यमा नेपाली कांग्रेसका खुमबहादुर खड्कालाई पराजित…

