स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा साउनयता डेंगु संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म २ हजार ७सय ८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। लुम्बिनी प्रदेश स्वस्थ्य मन्त्रालयको आयोजना, फेयरमेट फाउन्डेसन र ईन्द्रेणी ग्रामिण विकास केन्द्रको सहयोगमा डेंगु रोगको प्रकोपको प्रदेशको अवस्था नियन्त्रण र रोकथामका उपायका सम्बन्धमा पत्रकारलाई जानकारी दिने उदेस्यले गरिएको कार्यक्रममा उक्त कुरा बताईको हो। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुष्पराज पौडेलका अनुसार लुम्बिनी प्रदेशका दाङमा १ हजार १ सय ८० सबैभन्दा बढि, रुपन्देहीमा ७ सय, गुल्मीमा २ सय ९८, अर्घाखाँचीमा १ सय…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
बुटवल उपमहानगरद्वारा बसपार्कमा स्वास्थ्य सहायता कक्ष स्थापना
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले चाडवाडलाई ध्यानमा राखेर बुटवलस्थित नयाँ बसपार्कमा सहायता कक्ष स्थापना गरेको छ । चाडवाडको समयमा यात्रुहरु अलपत्र पर्ने, ठगिने, असुरक्षा हुने र स्वास्थ्यसम्बन्धि समस्या हुनसक्ने भएकाले बिहीबारदेखि बसपार्कमा सहायता कक्ष स्थापना गरेको हो । सहायता कक्षबाट यात्रुहरुले स्वास्थ्य चेकजाँच, परामर्श, केही अत्यावश्यक औषधि, मास्कजस्ता सुविधा पाउने शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिनुभयो । उहाँका अनुसार बसपार्कमा बुटवल उपमहानगरपालिकाले स्वास्थ्य सहायता, यात्रु सहायता र सरसफाईसम्बन्धि युनिट परिचालन गरेको छ । ‘हामीले बसपार्कमा आउने यात्रुको स्वास्थ्य परीक्षण, यात्रुलाई परेका समस्या समाधान र बसपार्कभित्रको सरसफाइ गर्ने कामको शुरुवात…
मृगौलाका बिरामीलाई रोटरीक्लव अफ बुटवलको खाद्यान्न सहयोग
स्वास्थ्यसमाचार /रोटरी क्लव अफ बुटवलले मृगौला बिरामीका लागि खाद्यान्न सामग्री प्रदान गरेको छ । मृगौला तथा मुटु पीडित सरोकार समाज नेपाल मार्फत क्लवले सोमबार ५५ हजार रुपियाँ बराबरको खाद्यान्न सामग्री प्रदान गरेको हो । यसका लागि हाल अमेरिकामा रहनुभएका बाल मुटुरोग विशेषज्ञ डा. अमिर डंगोल र नर्स चिकित्सक सनिता पिया डंगोलले सहयोग गरेका थिए । त्यसैगरी पशुपति प्रिन्टिङ प्रेस चितवनका गोपाल गैरे तथा रोटरीयन माधवप्रसाद पौडेलले पनि खाद्यान्न सामग्री वितरणमा सहयोग पु¥याएका थिए । विभिन्न जिल्लाबाट मृगौलापीडित बिरामीहरु हप्तामा तीनपटक डाइलासिस गराउनका लागि बुटवल आउनुपर्ने र उनीहरु होटलमा बस्दा ठूलो…
भनभने गुल्मी सम्पर्क समाज रुपन्देही द्धारा रक्तदान, ६३ पिन्ट रगत संकलन
स्वास्थ्यसमाचार / संविधान दिवस २०७९ को अवसरमा भनभने गुल्मी सम्पर्क समाज रुपन्देहीले रक्तदान गरेको छ। रक्त संञ्चार केन्द्रको प्राबिधिक सहयोगमा रक्तदान गरिएको हो । रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा ६३ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक पदम जिसीले बताए । रुपन्देही तथा यस आसपासमा डेगुका बिरामीहरु बढ्दै जादा रगतको माग बढेकोले सम्पर्क समाजले पनि केहि गर्नु पर्छ भन्ने उदेश्यले रक्तदानकार्यक्रम आयोजना गरिएको अध्यक्ष लोक नाथ पन्थीले बताए ।उनले रक्तदान गर्नेलाई प्रमाण पत्र समेत बितरण गरिएको समेतपन्थीले बताए । रक्तदान कार्यक्रममा संस्थाका सल्लाहकार पदाधिकारी र अन्य रक्तदान गर्नेको…
लुम्बिनी प्रदेश स्वास्थ्य सचिब डा देबकोटालाई प्रदेश सेवा समर्पण पदक
स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश स्वास्थ्यमन्त्रालयका सचिब डा विकास देबकोटा प्रदेश सेवा समर्पण पदकबाट सम्मानित हुने भएका छन। लुम्बिनी प्रदेश सरकारद्वारा २०७९ असोज ३ गते संविधान दिवसका दिन डा देबकोटा लगायतका लाई प्रदकद्वारा विभूषित गर्ने घोषणा गरेको छ। त्यस्तै स्वास्थ्यमा मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय डा. मोहिउद्दिन किदवाई प्रदान गर्ने भएको छ उनले लामो समयसम्म स्वास्थ्य क्षेत्रमाकार्यरत रही पश्चिम नेपालमै अधिकजनताको शल्यक्रिया गरी जनस्वास्थ्यको उल्लेख्य योगदान पु¥याएको वताएको छ उनी बाँकेका हुन। त्यस्तै मुख्यमन्त्री प्रज्ज्वलदीप पदक द्वितीय डा. राजन पाण्डेलाई सम्मान गर्ने भएको छ उनले तराइका थारु समुदायमा समस्याकोरुपमा रहेको सिकलसेल एनेमिया…
तिलोत्तमा स्वास्थ्य प्रमुख पौडेल र विश्वबन्धु विनय,लाई, जनसेवा श्री
स्वास्थ्यसमाचार/ संविधान दिवस– २०७९ को अवसरमा नेपाल सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिवाट प्रदान गरिने जनसेवाश्री पदकवाट तिलोत्तमा नगरपालिकाका स्वास्थ्य प्रमुख मोति प्रसाद पौडेल र स्वास्थ्य सेवा विभागमा कार्यरत अधिकृत छैटौ जनसेवा विश्वबन्धु विनय, जनसेवा श्रीवाट विभूषित हुनु भएको छ। सरकारको भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्ने भएकी हुन्।उहाहरु हरुले लामो समय देखी स्वास्थ्य सेवामा कार्यरत रहनु भएको छ।
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकाललाई प्रवल जनसेवाश्री
स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ईन्द्र ढकाल प्रवल जनसेवा विभूषणवाट विभूषित हुने भएका छन। संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा ईन्द्र ढकाल सहित स्वास्थ्य क्षेत्रका विभिन्न ६४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्धारा सम्मान गर्ने घोषणा गरेकी छन्। सरकारको भदौ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले विभूषण प्रदान गर्ने भएकी हुन्। लुम्बिनी प्रादेशीक अस्पतालमा का मेसु डा ढकाललाई सरकारले लगनशीलता, इमान्दारीता, सृजनशीलता, एवं नागरीकमैत्री व्यवहारको उच्च मूल्याङ्कन गर्दै उहाँलाई सरकारले विभूषण प्रदान गरेको छ। ढकाल लुम्बिनी प्रादेशिक अस्पतालमा आएपछि धेरै नयाँ काम…
देवदह मेडिकल कलेजको सहयोगमा केरवानी स्वास्थ्य चौकिमा साप्ताहिक विशेषज्ञ सेवा सुभारम्भ
स्वास्थ्यसमाचार / देवदह मेडिकल कलेज भलुहिको प्राविधिक सहयोगमा केरवानी स्वास्थ्य चौकिमा साप्ताहिक विशेषज्ञ सेवाको सुभारम्भ भएको छ। देवदह नगरप्रमुख ध्रुव प्रसाद खरेल प्रमुख आतिथ्यतामा देवदह मेडिकल कलेज भलुहिका अध्यक्ष,गोपाल बहादुर पोखरेल को विशिष्ट आतिथ्यतामा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर राकस्कोटीको अध्यक्षतामा साप्ताहिक विशेषज्ञ सेवाको सुभारम्भ भएको हो। आजबाट सुरु भएको स्त्री तथा प्रसुति रोग विशेषज्ञ चिकित्सक, रेडियोलोजीस्ट चिकित्सक लगायतका चिकित्सक द्वारा बिरामी जाँच तथा उपचार सेवा संचालन गरिएको हेल्थपोष्टका प्रमुख काशिराम रेग्मीले बताए । कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे,स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे लगायतले शुभकामना व्यक्त गरेका…
भीम अस्पतालको वार्षिक समीक्षा :जनशक्ति अभाव रहेको गुनासो
स्वास्थ्यसमाचार /आर्थिक वर्ष २०७८÷०७९ मा सञ्चालित स्वास्थ्य कार्यक्रमबारे भैरहवास्थित भीम अस्पतालले वार्षिक समीक्षा गरेको छ । कार्यक्रममा बोल्दै मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताले सबै मिलेर आर्थिक वर्ष २०७८/७९ मा अस्पतालमा राम्रो काम भएको वताईन।उनले अस्पतालमा आवश्यक जनशक्तिको अभाव भएको बताइन् ।डा गुप्ताले भनिन, ‘अस्पतालबाट उत्कृष्ट सेवा प्रदान गर्न लागिपरेका छौं ।’ काम गर्ने क्रममा कमीकमजोरी हुने भएकाले ती कमीकमजोरीलाई सुधार गर्दै जाने छौ । अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पतालमा विशेषज्ञ सेवा थप गर्दै जाने बताए ।भन्डारीले ‘बिरामीलाई अस्पतालबाहिर नजाने गरी सेवा सञ्चालन गर्न लागिपरेका छौं । उनले…
किन बन्न सकेन ६३ बर्ष पुरानो परिवार नियोजन कार्यक्रम प्रभाबकारी ?
चन्द्रकान्त खनाल स्वास्थ्यसमाचार/ नेपालमा परिवार योजना (नियोजन) कार्यक्रम लागु भएको ६३ बर्ष भएपनि सबै समुदायका ब्यक्ति यो सेवाबाट लाभान्वित हुन सकेका छैनन्। यो सेवाको समता मुलक पहुँचका लागि थप लगानी एवम् प्रयासको आवश्यकता रहेको बताईएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले नबौ राष्ट्रिय परिवार नियोजन दिवसका अबसरमा आयोजीत अन्तकृर्या कार्यक्रमा उक्त कुरा बताईएको हो। सरकारले व्यवस्थित परिवार हाम्रो अधिकारः हामी सबै जिम्मेवार भन्ने नाराका अघि सारेर दिबस मनाएको छ। व्यवस्थितरूपमा कार्यान्वयनमा आएको परिवार योजना (नियोजन)का कार्यक्रमले खासै सुधार ल्याउन सकेको छैन । प्रमुख सूचकहरुमा वर्षाैँदेखि स्थिर रहेकाले कार्यक्रम नै सङ्कटमा पुगेको…

