राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको होली मिलन कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार /राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेश र रुपन्देही जिल्लाको संयुक्त आयोजनामा होली मिलन कार्यक्रम बुटवल सम्पन्न भयो ।

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अध्यक्षता नरहरि अर्याललको अध्यक्षता संघका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालको प्रमुख अतिथ्यामा रान लुम्बिनी प्रदेश सल्लाहकार चन्द्रकान्त खनालको बिशिस्ट आतिथ्यमा भएको थियो।

होली मिलन कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष शालिकराम भुसालले यस्ता कार्यक्रम गर्दा आत्मियता,सदाचार ,सामुहिक नेतृत्व बिकास हुने वताउनु भयो ।उहाले आगामी चैत्रमा हुने रान केन्द्रिय महाधिबेशमा पनि हामी सबै आ आफ्नो ठाउबाट तयारी मा लाग्न सबैलाई आग्रह गर्नु भयो।

कार्यक्रममा आयुर्वेद स्वास्थ्यकर्मी समाज लुम्बिनी प्रदेश बरिस्ठ उपाध्यक्ष कबिराज धुर्व भण्डारी, रान लुम्बिनी प्रदेश सल्लाहकार चन्द्रकान्त खनाल ,नेपाल आयुर्वेद औषधिव्यवसायी संघ लुम्बिनी प्रदेश महिला उपाध्यक्ष बन्दना अर्याल, भास्कर कम्पनी क्षेत्रिय मार्केटिङ डाइरेक्टर शिब न्यौपाने झन्डु कम्पनी लुम्बिनी प्रदेश प्रतिनिधि थानेस्वर बस्याल ,ओजस कम्पनी बजार प्रतिनिधि सुनिल अधिकारी ,रान कपिलवस्तु जिल्ला अध्यक्ष हरि फुयाल, रान रुपन्देही जिल्ला अध्यक्ष दिपक कार्की लगायतले वोल्दै यस्ता कार्यक्रमबाट एक आपसमा आत्मियता सदभाब कायम रहने बताउदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनु भएको थियो।

प्रदेश अध्यक्ष नरहरिअर्याले रानले आगामी चैत्र १० भित्र रक्तदान कार्यक्रम गर्ने बताउनु भयो। तर अहिले कति गते भन्नेबारे बल्डबैडसंग छलफल गरेर वताउनु भयो।प्रदेश उपाध्यक्ष दिपक पन्थीको स्वागत प्रदेश सचिब कमल शर्मा चापागाईंको संञ्चालनमा होलिमिलन कार्यक्रम भएको थियो।

सम्बन्धित शिर्षक :