दोस्रो बुस्टर खोप लगाउन स्वास्थ्य कार्यलय रुपन्देहीको आग्रह

प्राथमिकतामा को छन ?

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले कोरोनाविरुद्धको दोस्रो बुस्टर डोज खोप दिने भएको छ। यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएका व्यक्तिहरूलाई दोस्रो बुस्टर मात्रा खोप दिने भएको हो।

कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको ३ महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिहरूलाई पहिलो मात्रा बुस्टर खोप लगाउन पनि जिल्ला स्वास्थ्य कार्यलयले रुपन्देहीले आग्रह गरेको छ। खोप अधिकृत भेषराज शर्माका अनुसार जिल्लामा १३५ खोप केन्द्र रहेकोले आफुलाई पायक पर्ने स्थानमा गई खोप लगाउन आग्रह गर्नु भएको छ।

कसलाइै दिइँदैछ बुस्टर डोज खोप

५५ बर्षमाथिका पहिलो बुष्टर लिन बाकी ब्याक्ततीहरुलाई पहिलो बुष्टर दिईने छ ।

स्वास्थ्यकर्मीहरु,१२ बर्षमाथिका दिर्घरोग भएका ,गर्भबतीहरु,रोगप्रतिरोग क्षमताकम भएका ब्यक्तीहरुलाई पहिलो पुष्टर दिईनेछ ।

माथि उल्लेखीत लक्षित समुहलाई यदि पहिलो बुष्टर लिएर ६ महिना पुरा भएको भए दोश्रो बुष्टर समेत दिईने छ।

कोभिड १९ संक्रमण भएकाहरूले पनि संक्रमणमुक्त भएको एक महिनापछि बुस्टर डोज लिन मिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुस्टर मात्रा खोप लगाउन जाँदा पूर्ण मात्रा खोप लगाएको खोप कार्ड लिएर जानुपर्ने खोप अधिकृत शर्माले बताउनु भयो। रुपन्देहीमा यहि फागुन २६देखी ३० गते सम्म खोप संञ्चालन हुने उहाको भनाई छ।

सम्बन्धित शिर्षक :