नसर्ने रोग सम्बन्धि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ४ दिने तालिम

स्वास्थ्यसमाचार/ चिकित्सक/ स्वास्थ्यकर्मीहरूको लागी ४ दिने नसर्ने रोग समन्धि तालिम बुटबलमा समापन भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्र आयोजनामा भएको तालिमको एक समारोहका बिच स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरीले समापन गर्नु भयो।

समापनमा बोल्दै निर्देशक चौधरीले पछिल्लो समयमा नसर्ने रोगका विरामीको संख्या दिनानुदिन बढ्दै गएको र उपचारको लागि स्वास्थ्य संस्थामा आउने यस्ता विरामी अत्यन्तै क्रिटिकल अवस्थामा रहेको पाईएको कारण विरामीलाई उपचारका साथै उनीहरुलाई रोग नै लाग्न नदिने लक्षका साथ प्रदेशका १२ जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मिलाई तालिम दिएको बताउनु भयो।

उहाले तालिमको मुख्य उद्देश्य नसर्ने रोगको बोरमा जनचेतना स्वास्थ्य संस्थाबाटै सेवाग्राहिलाई पुगोस भन्ने अभिप्राय रहेको बताउनु भयो। उहाले यो तालिम पछि जिल्लामा अब प्रशिक्षक भएर तालिम संञ्चालन गर्न सक्ने भएकोले स्थानिय तहसंग सहकार्य गरेर नसर्ने रोगको बारेमा चेतना फैलाउन सकिने बताउनु भयो।

उहाले नसर्ने रोगको प्रकोप न्यूनीकरणका लागि शारीरिक व्यायाम प्रवर्द्धन गर्नुपर्छ र हामीलाई हानी गर्ने बानीहरू विशेषगरी नशालु पदार्थ, सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणका लागि हामी सबै लाग्नुपर्ने चौधरीले बताउनु भयो।तालिममा सहभागीले बोल्दै अहिले नसर्ने रोग,सर्नेरोग र प्रकृतिक रोगबाट ग्रासित रहेको अबस्थामा यो तालिम उपलब्धिमुलक भएको बताउनु भयो। नेपालगञ्ज र बाकेका स्वास्थ्यकर्मिले बोल्नु भएको थियो।

उहाहरुले रिपोटीड र रेकडिडमा प्रदेश स्वास्थ्य निर्देशनालयले अहिले सम्म रजिस्टर समेत नपठाएको गुनासो गर्नु भएको थियो। तालिम को सहजिकरण डा रमेश केसी लगायतको चिकित्सको टोलीले गरेको स्वास्थ्य तालिम केन्द्रका स्वास्थ्य शिक्षा अधिकृत भुबन कुबरले बताउनु भयो।

प्राणघातक नसर्ने रोगहरुबारे हामी अनविज्ञ नै रहन्छौँ। पछिल्लो एक अध्ययन अनुसार संसारभरिको कूल मृत्युदरको करिब दुई तिहाइ अर्थात् करिब ६० प्रतिशतभन्दा बढी मृत्युको कारण नसर्ने रोगहरु मानिन्छन् जसमा पनि मुटु तथा रक्तनलीका समस्या अग्रपङ्क्तिमा रहेका छन।

सम्बन्धित शिर्षक :