स्वास्थ्य क्षेत्रमा दिने प्रिन्स महिडोल अवार्डका लागि आवेदन खुल्ला

स्वास्थ्यसमाचार/ थाइल्यान्ड सरकारले प्रदान गर्ने प्रिन्स महिडोल अवार्ड २०२३ का लागि आवेदन खुलेको छ। नेपालको चिकित्सा र जनस्वास्थ्यका क्षेत्रमा काम गरेका व्यक्ति वा संस्थाले अवार्डका लागि आवेदन दिन सक्नेछन्।

परराष्ट्र मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रालयमा आएको पत्र अनुसार अवार्डका लागि चैत १३ गतेसम्म आवेदन दिन सकिने छ।

अवार्डका लागि आवेदन दिनेले आफ्नो वा संस्थाको परिचयसहित गरेका कमको संक्षिप्त विवरण उल्लेख गरेर पठाउनु पर्ने हुन्छ। स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार [email protected] मा इमेल गरेर आवेदन दिन सकिनेछ।

सम्बन्धित शिर्षक :