प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाला सम्बन्धी समिक्षा गोष्ठी सम्पन्न

ल्याबको गुणस्तर अभिवृद्धि गर्ने तर्फ सरकार लागिरहेको छ :स्वास्थ्यमन्त्री पन्थी

स्वास्थ्यसमाचार/ जनस्वास्थ्य प्रयोगशाला सम्बन्धी प्रदेश स्तरीय वार्षिक समिक्षा गोष्ठी बुटबलमा सम्पन्न भयो। लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय प्रदेश जनस्वास्थ्य प्रयोगशालाको आयोजनामा दुई दिने वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको हो।

लुम्बिनी प्रदेशका १२ वटै स्वास्थ्य कार्यालयहरू, संघिय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पतालमा कार्यरत प्रयोगशाला कर्मीहरु र अन्य सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो। समीक्षा कार्यक्रममा बिगत आर्थिक बर्षमा स्वास्थ्य कार्यालय हरुले ल्याबहरुले प्रदान गरेको सेवाको समीक्षा गरिएको थियो, भने अस्पतालहरुले अस्पतालबाट दिएको सेवाको बारेमा समीक्षा गरिएको थियो ।

साथै उक्त कार्यक्रममा चालु आर्थिक बर्षमा सम्पादन गरिने काम हरुको योजना तर्जुमा समेत गरिएको छ ।समिक्षामा प्रयोगशाला हरुले दिने सेवाको गुणस्तर उच्च बनाइ राख्न सबैले आफनो ठाउबाट लाग्नु पर्ने बताईएको छ। समिक्षामा प्रयोगशालाकर्मीहरुले आफुहरुले सेवा दिनको लागी तालिम, उपकरण र भौतिक पुर्वधारलगाएका काम हुनुपर्ने बताए।

उनीहरुले गुणस्तरीय सेवा दिने मात्र नभई स्वास्थ्य संस्थाको अबस्था, प्रयोगशालाकर्मीहरुलाई जोखिम भत्ता, तालिम लगायका सेवा सुबिधा पनि हुनुपर्ने बताएका छन। समिक्षा समापन कार्यक्रममा स्वास्थ्य कार्यलय रुकुमका ल्याब टेक्निसियन निरिक्षक निम प्रसाद गिरीले बोल्दै समिक्षावाट धेरै कुरा सिकेको भएपनि तालिम, नयाँ प्रबिधिका उपकरण, भौतिक पुर्वाधार र जनशक्ती अभाबको कारण गुणस्तरी सेवा दिन समस्या भएको बताउनु भयो।

से भद चिल्डेनका कार्यक्रम ब्यबस्थापक मिम बहादुर सिहले प्रयोगशालाहरुले गरेका कामहरुको तथ्याकहरु सहि रूपमा नियमित प्रविष्ट गर्नुपर्ने बताउनु भयो।

समिक्षा समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री बिष्णु पन्थीले ल्याबको गुणस्तर अभिवृद्धि गर्ने तर्फ सरकार लागिरहेको बताउनुभयो । उहाँले गुणस्तरीय ल्याबको लागि आवश्यक जनशक्ति, तालिम, प्रविधीमा लगानी गर्दैै जाने बताउनुभयो ।

७ वटै प्रदेशमा लुम्बिनी प्रदेशले उत्कृष्ट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यका साथ काम गरिरहेकाले मातहतका सबै स्वास्थ्य निकायले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक रोशनलाल चौधरीले उपकरण अभाब, प्रयोगशालाकर्मीहरुलाई तालिम, अपुग जोखिम भत्तालाई पहल गर्ने बताउनु भयो ।

उहाले मापदण्ड बिना संचालन निजि ल्यावलाई नियन्त्रण गर्नुपर्ने बताउनु भयो । उहाले एक पालिकामा एक गुणस्तरीय ल्याव संञ्चालन हुनुपर्ने बताउनु भयो। समिक्षा कार्यक्रमको संञ्चालन प्रदेश जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्निसियन निरिक्षक सुमन सापकोटाले गर्नु भएको थियो।

सम्बन्धित शिर्षक :