देबदहमा स्वास्थ्य स्वयंसेविकालाई ३० दिने एडभान्स तालिम सुरु

स्वास्थ्यसमाचार/ देबदहमा महिला स्वयमसेबिका लाई एक महिने एडभान्स तालिम सुरु भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समुदायस्तरमा गएर सेवा गर्न सहजता होस भन्ने हेतुले एडभान्स तालिमको आयोजना गरेको हो।

रुपन्देही र नबलपरासी जिल्लाका स्थानिय तहका १० जना महिला स्वयमसेबिका सहभागी तालिमको प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोदनारायण चौधरीले शुभारम्भ गर्नु भयो। तालिममा शुभारम्भ कार्यक्रममा बोल्दै निर्देशक चौधरीले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई समुदायस्तरमा गएर सेवा गर्न सहजता होस भन्ने हेतुले एडभान्स तालिम दिन थालिएको बताउनु भयो।

स्वयमसेबिकाहरुको पहिलेको काम भनेको ३ बटा मात्र थियो भिटामिन ,चुकाको औषधी र पोलीयो थोपा खुबाउनेमात्र रहेकोमा अहिले उहाहरुलाई कुष्ठक्षय नसर्ने रोग लगायका थप भएकाले पनि उहाहरुलाई यि र यस्ता तालिम दिने बताउनु भयो।

निर्देशक चौधरीले तालिमले सीप तथा ज्ञान अभिवृद्धि गरी समुदायमा सामान्य रोगको उपचार तथा परामर्श, खोप, परिवार नियोजन, पोषण र सुरक्षित मातृत्व जस्ता महत्त्वपूर्ण काममा सहता ल्याउने बताउनु भयो। उहाले तालिम लिएपछि आफनो क्षेत्रमा छुटै पहिचाहन बनाउन स्वयमसेबिकालाई आग्रह गर्नु भयो।

तालिम शुभारम्भ कार्यक्रममा बोल्दै देबदहनगरपालिका स्वास्थ्य संयोजक काशिनाथ बन्जाडेले तालिम लिएपछि थप जिम्मेबार भएको र आफुले गरेकोमा लाई डेटा राख्न सुझाब दिनु भयो। उहाले सुधार आफैबाट सुरु गर्नपनि स्वयमसेबिका आग्रह गर्नु भयो।

स्वास्थ्य तालिम केन्द्रका स्वास्थ्य शिक्षा अधिकृत भुबन कुबरले कार्यक्रमको बारे जानकारी गराउदै यो तालिमबाट आधारभूत प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, झाडापखाला, श्वासप्रश्वास नियन्त्रण र पोषणलगायत बालस्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको प्रवद्र्धन सहज हुने बताउनु भयो।

उहाले स्वास्थ्य सेवाग्राहीलाई साधन वितरण, प्राथमिक उपचार तथा प्रेषण गर्ने र स्वास्थ्य सन्देश फैलाउनुका साथै राष्ट्रिय स्वास्थ्य कार्यक्रममा सघाउनु यो तालिम महत्वुर्ण रहेकोले ध्यान दिएर तालिममा सिकेका कुरालाई आफनो क्षेत्रमा गई लागु गर्नु पर्ने बताउनु भयो।

कार्यक्रममा संञ्चालन देबदह नगरपालिका जनस्वास्थ्य निरीक्षक गिरी त्रामु ले गर्नु भएको थियो ३० दिने तालिममा श्रृष्टि पराजुली ,शान्ति तिमिल्सिना लगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको स्वास्थ्य तालिम केन्द्रका तालिम संयोजक भुबन कुबरले बताउनु भयो।

सम्बन्धित शिर्षक :