स्वास्थ्यसमाचार/ निजी मेडिकल कलेज तथा शिक्षालय सञ्चालकहरू विगत २३ दिनदेखि माइतीघरमा छन् । चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति मार्फत उनीहरू २३ दिनदेखि आन्दोलन गर्दै माइतीघर मण्डलामा धर्नामा बसेका हुन् । दिनप्रतिदिन निजी मेडिकल कलेज तथा शिक्षालयहरू बन्द भइरहेको तर, सरकार मुखदर्शक बनिरहेको उनीहरूको आरोप छ । उनीहरूले राष्ट्रिय चिकित्सा शिक्षा ऐनलाई निरङ्कुश, स्वेच्छाचारीको संज्ञा दिएका छन् । उनीहरूले उक्त ऐनका कारण आफ्ना ७३ वटा नर्सिङ कलेज, ४५ वटा प्रिडिप्लोमा तहका कार्यक्रमहरू, १० वटा पिविएन र ८ वटा विएस्सी नर्सिङ कलेजहरू बन्द भएको आरोप लगाएका छन् । ऐन संशोधन गर्नुपर्ने, सीटीईभीटीको…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
लुम्बिनी प्रादेशिक अस्पतालमा कर्मचारी युनियनका पदाधिकारीलाई स्वागत
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बिकास समिति कर्मचारी युनियनका नयाँ निर्वाचित पदाधिकारीलाई अस्पताल बिकास समितीले स्वागत गरेको छ । एक कार्यक्रमका बिच अस्पताल बिकास समितिका अध्यक्ष अजयमा श्रेष्ठले नयाँ निर्वाचित पदाधिकारीलाई स्वागत गर्नु भएको हो । स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष अजय श्रेष्ठले विकास समिती कर्मचारी समस्या समाधान गर्न आफु निरन्तर लागेको बताउनु भयो। उहाले अस्पताल बिरामीको चाप दैनीक बढदो भएकाले केहि समस्या भएको बताउनु भयो । उहाले प्रदेश सरकारले बजेट कर्मचारी लगायका क्षेत्रमा वास्ता नगरेको बताउनु भयो । १५ सय कर्मचारीको दिने सेवा ७ सय ले दिएका छन समान्यतयत केही कठिनाई…
पञ्चकन्या समुह ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम
स्वास्थ्यसमाचार/पञ्चकन्या समुहले ५१ औं वर्ष प्रवेशको अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ । रक्तदान कार्यक्रममा एक सय दश जनाले रक्तदान गरेका थिए। रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै समुहका उपाध्यक्ष ध्रुव कुमार श्रेठले रक्तदान कार्यक्रमको आयोजना गरि ५१औं बर्ष प्रवेशको शुभारम्भ गरिएको बताए । उनले विगतमा पनि रक्तादन कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि रक्तदान लगायतका कार्यक्रमलाई निरन्तरता दिइने बताए । उनले रक्तदान जस्तो पवित्र कार्यक्रमले आपसी सद्भाव कायम गर्नुका साथै रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रम गरिएको बताए । समुहका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको जन्मदिनको अवसर…
राष्ट्रिय आयुर्वेद एशोसिएसनको प्रथम बार्षिक उत्सव बुटबल मनाईयो
स्वास्थ्यसमाचार/ राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको प्रथम बार्षिक उत्सव बुटबलमा पनि मनाईएको छ। लुम्बिनी प्रदेश र रुपन्देही जिल्लाको संयुक्त आयोजनाम राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको प्रथम बार्षिक उत्सव मनाईएको हो। स्थापना भएको प्रथम बार्षिक उत्सव प्रदेश जिल्ला लगायतका देशका बिभिन्न ठाउमा मनाईएको राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालका केन्द्रीय उपाध्यक्ष शालिकराम भुसालले बताए। आयुर्वेदसंग जीवन र संस्कार भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । प्रथम बार्षिक उत्सव समारोहमा बोल्ने बक्ताहरुले नीति निर्माणका बेला एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेश अध्यक्ष नरहरी अर्यालको अध्यक्षता तथा प्रमुख अतिथि लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा…
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता नियुक्त
स्वास्थ्यसमाचार/स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा .संगीता मिश्रा नियुक्त भएकी छन् । मिश्राले बुधबार नियुक्तिको पत्र पाएसँगै पदबहाली गरेकी छिन् । डा . मिश्राले पदबहाली भएको जानकारी गराउँदै सोमबारदेखि कार्यभार सम्हाल्ने बताइन् । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. मिश्रालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उनी १२ औँ तहमा अतिरिक्त सचिवको रुपमा कार्यरत थिइन् । यस अघि विभागको महानिर्देशकको रुपमा रहेका डा. दिपेन्द्र रमण सिंहलाई भने मन्त्रालय तानिएको छ । त्यसैगरी कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी बाल रोग विशेषज्ञ डा. पंकज रायले पाएका छन् ।
दोषिलाई कारबाही गर्न छानबिन समिति :अस्पतालका सेवा सुचारु
स्वास्थ्यसमाचार/गुल्मी बालिका मृत्यु घटना गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । गुल्मी बालिका मृत्यु घटना गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ । गुल्मी अस्पतालले छानबिनलाई सघाउने र सबै सेवा पुनः सुचारु गर्ने विज्ञप्तिमार्फत जानकारी दिएकाे छ । अस्पतालले यसअघिको विज्ञप्ति आधिकारिक नभएको स्पष्ट पारेको छ । मृतकको शव पाेष्टमार्टम गरेर अन्त्येष्टि गरिनेछ । छानबिन पछि दोषिलाई कावार्हि गरिने छ।
शुद्धोधनमा ५३ जना मानसिक रोगका बिरामीको निःशुल्क परामर्श
स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ स्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र, फर्साटिकरमा मनोसामाजिक रोग विशेषज्ञ डाक्टर द्वारा निःशुल्क चेकजाँच, आवश्यक परामर्श तथा औषधी वितरण कार्यक्रम गाउँपालिकाले हरेक महिनाको दोस्रो मंगलबार गरिने कार्यक्रमको आरम्भ भएको छ। विश्व स्वास्थ संस्था नेपाल तथा सि.एम.सि.नेपालको संयोगमा शुद्धोधन गाउँपालिकाको सहयोगमा मोतिपुर प्राथमिक स्वास्थ केन्द्रमा महिनाको एक दिन मानसिक रोग विशेष डाक्टर द्वारा निःशुल्क चेकजाँच तथा औषधी वितरण कार्यक्रमको सुरुवात भदौ १२ गतेदेखि गरिएको हो। सो निःशुल्क मानसिक रोग चेकजाँच तथा औषधी वितरण कार्यक्रममा भैरहवा मेडिकल कलेजका मनोसामाजिक रोग विशेषज्ञ डा,श्रेया पौडेलले ५३ जना मानसिक रोगका बिरामीको परामर्श…
चिकित्सकमाथि कुटपिट भएपछि गुल्मी अस्पतालको अत्यावश्यक बाहेकको सेवा बन्द
स्वास्थ्यसमाचार/बालिकाको मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि कुटपिट भएपछि गुल्मी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ। मंगलबार बिहान छत्रदेव गाउँपालिका–७ कि ७ वर्षकी बालिका प्रशंसा मरासिनीको मृत्यु भएपछि एक समूहले अस्पताल प्रमुख डा। राजेन्द्र जिसीमाथि कुटपिट गरेको थियो। बिरामीका आफन्तले उपचारमा लापरबाही भएको प्रदर्शन गर्दै चिकित्सकमाथि कुटपिट गरेका हुन्। बिरामीको जीवनरक्षाका लागि २४सै घण्टा उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्नुको साटो अपमानजनक व्यवहार स्वासथ्यकर्मीको आरोप छ। ‘यस्ता किसिमका गतिविधिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी असुरक्षित भई नियमित स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण नभएकाले दोषीलाई कारबाही तथा सुरक्षाको पूर्ण…
१ लाख विद्यार्थीको दाँत परिक्षण महाअभियानको बुटवलमा सुरुवात
स्वास्थ्यसमाचार/ रोटरी क्लब अफ लुम्बिनी स्टार्सले स्कूल स्तरिय स्वाश्थ्य, दाँत तथा मुख परिक्षण कार्यक्रम अन्तरगत १ लाख विद्यार्थीको दाँत परिक्षण महाअभियान सुरुवात गरेको छ । महाअभियान अन्तरगत विद्यार्थीहरुको मुख स्वाश्थ्यलाई ध्यानमा राखेर लुम्बिनी प्रदेशका सरकारी स्कूलहरुमा दन्त शिवीर सञ्चालन गरि १ लाख विद्यार्थीहरुको दाँत परिक्षण गर्ने जनाइएको छ । आधुनिक समाज डेण्टल केयर प्रा.लि., बुटवल ८ को प्राविधिक सहयोगमा हुने सो महाअभियानको सोमवार बुटवल वडा नं. ८ स्थित श्री सिद्धेश्वर लालकुमारी माध्यामिक विद्यालयमा एक कार्यक्रमको रोटरी क्लब ३२९२ का डिष्टिक गर्भनर राजेन्द्र प्रसाद ध्वजूले सुभारम्भ गर्नु भएको छ । सो…
गुल्मी अस्पतालमा ७ बर्षिय बालिकाको मृत्युपछि तनाव
स्वास्थ्यसमाचार/गुल्मी अस्पताल तम्घासमा ७ बर्षिय बालिकाको मृत्युपछि तनाव भएको छ। अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छोरी सात वर्षीय प्रशंसा मरासिनीको मंगलबार बिहान ७.४५ बजे मृत्युु भएको हो । प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई सोमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हो । सामान्य पेट दुखेर अस्पताल ल्याएको बच्चाले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियो। आज बिहान ६ बजेको समयमा बच्चा निदाएकै समयमा एक्कासी इन्जेक्सन लगाइएको थियो । इन्जेक्सन लगाउदा बित्तिकै बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरे । तर नर्सहरूले समयमै डाक्टर…



