लुम्बिनी प्रादेशिक अस्पतालमा कर्मचारी युनियनका पदाधिकारीलाई स्वागत

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बिकास समिति कर्मचारी युनियनका नयाँ निर्वाचित पदाधिकारीलाई अस्पताल बिकास समितीले स्वागत गरेको छ ।

एक कार्यक्रमका बिच अस्पताल बिकास समितिका अध्यक्ष अजयमा श्रेष्ठले नयाँ निर्वाचित पदाधिकारीलाई स्वागत गर्नु भएको हो । स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष अजय श्रेष्ठले विकास समिती कर्मचारी समस्या समाधान गर्न आफु निरन्तर लागेको बताउनु भयो।

उहाले अस्पताल बिरामीको चाप दैनीक बढदो भएकाले केहि समस्या भएको बताउनु भयो । उहाले प्रदेश सरकारले बजेट कर्मचारी लगायका क्षेत्रमा वास्ता नगरेको बताउनु भयो । १५ सय कर्मचारीको दिने सेवा ७ सय ले दिएका छन समान्यतयत केही कठिनाई भएको स्वीकार्नु भयो। अस्पताल बिकासका लागी सबैको सहयोग जरुरी रहेको बताउनु भयो।

 

स्वागत कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल बिकास समिति कर्मचारी युनियनका अध्यक्ष तिलक गौतमले अस्पताका सबै काममा कर्मचारी युनियनको साथ सहयोग रहेको र निरन्तरता रहने बताउनु भयो।  उहाले बिकास समितिका कर्मचारीहरुको लामो समयदेखि समस्या रहेको त्यसलाई समाधान गर्न अध्यक्ष लाई आग्रह गर्नु भयो।

कार्यक्रममा बोल्दै अस्पताल बिकास समिति कर्मचारी युनियनका सचिव दिपेन्द्र पौडेलले अस्पतालको ईर्मेजेन्सी गाईने ओपीडी ईएचएसमा उपचारमा समस्या रहेकोले बिकास समितिले त्यसलाई समाधान गर्न लाग्नु पर्ने बताउनु भयो।

त्यस्तै सह सचिब ईन्द्र राईले बिकास समितिका कर्मचारी लामो समय देखी संचयकोष उनीहरुको दरबन्दी बृद्धि बिकास ध्यान दिन समितिलाई आग्रह गर्नु भयो । उहाले पुराना बिकास समितीका मागलाई वास्ता नगर्ने नयाँ कर्मचारी भर्ना गर्ने लगायका समस्या रहेको बताउनु भयो।

स्वागत कार्यक्रममा उपाध्यक्ष कमल लामिछाने,भगबती पान्डे लगायले बोल्दै  अस्पतालको विकासमा सबैले हातेमालो गर्नुपर्नेमा वताउनु भयो।

 

सम्बन्धित शिर्षक :