चिकित्सकमाथि कुटपिट भएपछि गुल्मी अस्पतालको अत्यावश्यक बाहेकको सेवा बन्द

स्वास्थ्यसमाचार/बालिकाको मृत्यु भएको विषयलाई लिएर चिकित्सकमाथि कुटपिट भएपछि गुल्मी अस्पतालमा अत्यावश्यक बाहेकका सेवा बन्द भएको छ।

मंगलबार बिहान छत्रदेव गाउँपालिका–७ कि ७ वर्षकी बालिका प्रशंसा मरासिनीको मृत्यु भएपछि एक समूहले अस्पताल प्रमुख डा। राजेन्द्र जिसीमाथि कुटपिट गरेको थियो। बिरामीका आफन्तले उपचारमा लापरबाही भएको प्रदर्शन गर्दै चिकित्सकमाथि कुटपिट गरेका हुन्।

बिरामीको जीवनरक्षाका लागि २४सै घण्टा उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्नुको साटो अपमानजनक व्यवहार स्वासथ्यकर्मीको आरोप छ।

‘यस्ता किसिमका गतिविधिले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी असुरक्षित भई नियमित स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण नभएकाले दोषीलाई कारबाही तथा सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मको लागि अति आवश्यक ९आकस्मिक० बाहेकका अन्य सेवा बन्द गरिएको व्यहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराउँदै यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति अस्पतालका सम्पूर्ण कर्मचारी क्षमाप्रार्थी छौं,’ अस्पतालका कर्मचारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सम्बन्धित शिर्षक :