शुद्धोधनमा ५३ जना मानसिक रोगका बिरामीको निःशुल्क परामर्श

स्वास्थ्यसमाचार/रुपन्देहीको शुद्धोधन गाउँपालिका ४ स्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र, फर्साटिकरमा मनोसामाजिक रोग विशेषज्ञ डाक्टर द्वारा निःशुल्क चेकजाँच, आवश्यक परामर्श तथा औषधी वितरण कार्यक्रम गाउँपालिकाले हरेक महिनाको दोस्रो मंगलबार गरिने कार्यक्रमको आरम्भ भएको छ।

विश्व स्वास्थ संस्था नेपाल तथा सि.एम.सि.नेपालको संयोगमा शुद्धोधन गाउँपालिकाको सहयोगमा मोतिपुर प्राथमिक स्वास्थ केन्द्रमा महिनाको एक दिन मानसिक रोग विशेष डाक्टर द्वारा निःशुल्क चेकजाँच तथा औषधी वितरण कार्यक्रमको सुरुवात भदौ १२ गतेदेखि गरिएको हो।

सो निःशुल्क मानसिक रोग चेकजाँच तथा औषधी वितरण कार्यक्रममा भैरहवा मेडिकल कलेजका मनोसामाजिक रोग विशेषज्ञ डा,श्रेया पौडेलले ५३ जना मानसिक रोगका बिरामीको परामर्श गर्नुभएको मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र, फर्साटिकरका प्रमुख रोहित कान्दुले जानकारी दिनुभयो।

विश्व स्वास्थ संस्था तथा सि.एम.सि. नेपाल संस्थाले ५ महिना सम्म सहयोग दिने र सो मानसिक स्वास्थ्य र परामर्श को लागी शुद्धोधन गाउँपालिकाले निरन्तर दिने उक्त कार्यक्रम यस शुद्धोधन गाउँपालिकामा मात्र नभई सियारी,गैडहवा, कञ्चन गाउँपालिकाका बिरामीहरूले पनि सेवा लिन सकिने शुद्धोधन स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले जानकारी दिनुभयो।

सम्बन्धित शिर्षक :