स्वास्थ्यसमाचार/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ गएराति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मृत घोषित गरेका थिए । नेम्वाङको शवलाई श्रद्धाञ्जलिका लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लैजाने तयारी छ । भोलि ९बुधबार सम्म श्रद्धाञ्जलिका लागि शव पार्टी कार्यालयमा राखिने इलामका सांसद् महेश बस्नेतले…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
‘अचेत अवस्थामा भेटिएका नेम्वाङलाई अस्पताल पुर्याउँदा नै ढिलो भइसकेको थियो’ – चिकित्सक
स्वास्थ्यसमाचार/ नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अस्पताल नपुग्दै मृत्यु भइसकेको चिकित्सकले बताएका छन्। नेम्वाङलाई मंगलबार बिहान १.५० बजे अस्पताल पुर्याइएको थियो। परिवारका सदस्य र सहयोगीले उनलाई अस्पतालको आकस्मिक कक्षमा पुर्याइएका थिए। नेम्वाङको ‘उपचार’मा संलग्न १ जना चिकित्सकका अनुसार आकस्मिक कक्षमा पुर्याइँदासम्म नेम्वाङ जीवित रहेको कुनै संकेत थिएन। यद्यपि मुटुको चाल फर्किन्छ कि भनेर सीपीआर ९कार्डियोपल्मोनरी रिससिटेसन० गरिएको थियो। ‘१स्५० बजेतिर अस्पताल ल्याइएको थियो। आकस्मिक कक्षमा जीवित रहेको कुनै साइन नै नभए पनि हामीले मुटुको चाल फर्कन्छ कि भनेर सीपीआर गरेका थियौं। नभएपछि कन्फर्म डेथ डिक्लेयर गरेका…
हृदयघातबाट एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन
स्वास्थ्यसमाचार/नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।बालुवाटारस्थित आफ्नै निवासमा राति १ बजे हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुर्याइएको थियो । तर त्यहाँ पुर्याउने वित्तिकै चिकित्सकहरुले नेम्वाङको निधन भएको घोषणा गरेका थिए । नेम्वाङको जन्म विसं २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा भएको थियो ।उनी २०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भए । नेम्वाङले इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनाव जितिरहे । उनी २०६४ सालको संविधानसभा निर्वाचन र ७० को दोस्रो संविधानसभाको निर्वाचनमा इलाम( २ विजयी बनेर संविधानसभा अध्यक्षको जिम्मेवारीमा रहेका थिए…
‘आत्महत्या रोकथाममा मानसिक स्वास्थ्य साक्षरता आवश्यक’
स्वास्थ्यसमाचार/मनोविद्हरुले आत्महत्या रोकथाममा मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताएका छन् । अन्तरध्वनी नेपालको आयोजनामा आत्महत्या रोकथाम दिवसको अवसरमा आईतवार काठमाडौंमा आत्महत्या रोकथाममा पत्रकारको भुमिका विषयक एक दिने कार्यशालामा बोल्दै मनोविद्हरुले यस्तो बताएका हुन् । मनोविद् डा नरेन्द्रसिंह ठगुन्नाले मानसिक स्वास्थ्यको समस्याको कारणले आत्महत्याका घटना हुने गरेको भन्दै स्थानीय तहसम्मै मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताउनु भयो । उहाँले गरिबी, अशिक्षा र वैदेसिक रोजगारको कारणले परिवारमा विखण्डन आउँदा आत्महत्याका घटना बढेको बताउनु भयो । उहाँले राज्यका निकायहरुले मानसिक स्वास्थ्य साक्षरताबारे समुदायलाई जानकारी गराउनुपर्ने बताउनु भयो । आत्महत्या रोकथाम सबैको सामाजिक दायित्व…
घाइतेको स्वास्थ्य अवस्था बुझ्न कोहलपुर अस्पताल पुगे मुख्यमन्त्री
स्वास्थ्यसमाचार /बाँकेको शम्शेरगन्ज नजिक पुर्ब पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइतेको स्वास्थ्य अवस्था बुझन लुम्बिनी मुख्यमन्त्री डिल्ली चौधरी अस्पताल पुगेका छन । दाङका धार्मीक तथा पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण सकेस बर्दिया जादै गरेको सवारी साधन बाँकेको शम्शेरगञ्जमा दुर्घटना हुदा सात जनाको मुत्यु र २३ जना घाइते भएका थिए । मुख्यमन्त्री चौधरीले कोहलपुर मेडिकल कलेजमा उपचाररत १३ घाइतेहरुलाई प्रत्यक्षरुपमा भेटेर स्वास्थ्य लाभको कामना गर्दै स्वास्थ्य अबस्थाको वारेमा जानकारी लिए।। उपचाररत घाइते विरामीहरुलाई उपचारमा कमि कमजोरी आउन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिए ।उपचाररत घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्नु समेत गरे । उनले…
रजश्वला हुदाँ विद्यालयमा सेनेटरी प्याड माग्न लजाउँछन् मुसहर किशोरी
स्वास्थ्यसमाचार/जिल्लाको गैडहवा गाउँपालिका वडा नं ८ हसनापुरकी सुजिता मुसहरले १२ वर्षको उमेरमा महिनावारी (रजश्वला) भएपछि पहिलो पटक पुरानो सुती कपडाको टालो प्रयोग गरिन् । हसनापुर माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत उनी अहिले १४ वर्षकी भइन् । रजश्वला भएको पहिलो अनुभव सुनाउँदै उनी भन्छिन् —‘पहिलो पटक कपडामा रगत लाग्दा आत्तिए, त्यसपछि आमालाई सुनाए तर, आमाले सबै छोरीलाई हुने प्राकृतिक प्रक्रिया भनेर सुति कपडाको टालो राख्न सिकाउनुभयो ।’ करिब १ वर्षसम्म उनले पुरानो कपडा नै प्रयोग गरिन् । तर पछिल्लो समय मुसहर समुदायका किशोरीले सेनेटरी प्याडको बारेमा बुझेपछि नियमित प्याड प्रयोग…
रुपन्देहीमा भाद्र २५,२६ र २७ गते फाईजरको (बुष्टर)खोप लगाईने
स्वास्थ्यसमाचार/रुपन्देहीका कोरोना बिरुद्धको फाईजर खोप(बुष्टर) लगाईने भएको छ। जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार रुपन्देहीका १२ पालिकामा यहि भाद्र २५,२६ र २७ गते कोरोना बिरुद्धको फाईजर खोप(बुष्टर) लगाईने भएको बताउनु भयो। १२ बर्ष माथिका सम्पुर्ण नागरिकहरु लाई कोरोना बिरुद्धको फाईजर खोपको बुुष्टर डोज तथा कोरोना समन्धी कुनैपनि खोप नलागाएका १२ देखी १८ बर्ष सम्मका पहिलो मात्र लगाउने र १८ बर्ष माथिकालाई भेरोसेलको पहिलो मात्र लगाउने कार्यक्रम रहेको बताउनु भयो । उहाले पहिलो चरणमा रुपन्देहीका ४ पालिका देवदह,लुम्बिनी संकृतिक नगरपालिका,ओमसतिया र रोहिणी गाउँपालिकामा लगाई सकेको वताउनु भयो। अव…
ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य शिविर, ५सयले गराए निःशुल्क जाँच
स्वास्थ्यसमाचार/रोटरी क्लव अफ बुटवल र ज्येष्ठ नागरिक मिलन केन्द्रको आयोजनामा ज्येष्ठ नागरिक लक्षित बृहत स्वास्थ्य शिविर गरिएको छ । श्रृुंगेश्वर धामस्थित ज्येष्ठ नागरिक मिलन केन्द्र परिसरमा आयोजित शिविरमा करिव ५०० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएको क्लवका अध्यक्ष करुण खनालले जानकारी दिए । शिविरमा देवदह मेडिकल कलेजले प्राविधिक सहयोग पुर्याएको थियो । शिविर सञ्चालनका लागि इनरह्वील क्लव अफ तिलोत्तमा, इनरह्वील क्लव अफ मिडटाउन, रोट¥याक्ट क्लवग अफ बुटवल, रोट¥याक्ट क्लव अफ लुम्बिनी बाणिज्य, रोट¥याक्ट क्लव अफ केआइसी, नेपाल हृदयरोग निवारण प्रतिष्ठान रुरपन्देही शाखा र नेपाल मगर महिला संघ बुटवलले सहआयोजककोे भूमिका निर्वाह…
थाइराइड भनेको रोग होइन ग्रन्थी हो, गडवडी भएमा उपचार भने गर्नुपर्छ
थाइराइड कुनै जटिल रोग नभएपनि यसको गडवडी भएमा उपचार भने गर्नुपर्छ। नेपाल जस्तो खानामा आयोडिन उपलब्ध नहुने मुलुकमा २० प्रतिशत मानिसमा थाइराइडको समस्या रहेको छ। विशेषज्ञ डाक्टरको सल्लाहमा यदि यो ग्रन्थी घटेको (हाइपो) भए बढाउने र यदि बढी भएको (हाइपर) भए घटाउने औषधी लिए कुनै समस्या हुदैन। औषधीको सेवनपछि समय समयमा परीक्षण गरी डाक्टरको सल्लाहमा औषधी घटाउन वा बन्द गर्न पनि सकिन्छ। थाइराइडको पहिचान लक्षण उपचार र चुनौतीबारे ह्याम्स अस्पतालमा कार्यरत मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा.विनय भट्टराईसँग गरिएको कुराकानी। के नेपालमा थाइराइडका बिरामी बढेका हुन ? नेपालमा हाइपोथाइराइड…
सियारीमा स्वास्थ्य उल्लेख्य काम, निशुल्क रगत देखि मोतिया बिन्दुको अपरेसन सम्म
स्वास्थ्यसमाचार/रुपन्देहीको सियारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनिय काम गरेको छ । पालिकाले गएको एक बर्षमा जनताले महशुष गर्ने गरी स्वास्थ्य क्षेत्रमा काम गरेको तथ्याङकले देखाएको छ । पालिकाले सियारी गाउँपालिका भित्रका ७० वर्षभन्दा माथिका सम्पूर्ण जेष्ठ नागरिक, अशक्त र अपाङ्ग‘ (क र ख) परिचय पत्र बाहकलाई प्रत्येक चौमासिक रुपमा घर घरमा पुगेर स्वास्य सेवा प्रदान गरेको छ । हाल सम्म १ हजार ५ सय जना नागरिकलाई निशुल्क स्वास्थ्य सेवा सञ्चालन गरिएको पालिकाले जनाएको छ । सियारी गाउँपालिकाले गाउँपालिका भित्रका सम्पूर्ण नागरिकहरूलाई उपचारका लागि रगत तथा रगतजन्य वस्तुलाई निशुल्क बनाएको छ ।…

