२० औं निजामती सेवा दिवसका अवसरमा लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा सरसफाई

स्वास्थ्यसमाचार/२० औं निजामती सेवा दिवसको अवसरमा लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा सरसफाई गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पतालका कर्मचारीहरुले अस्पताल परिसरमा सरसफाइ तथा शुभकामना आदान प्रदान गरेर दिवस मनाइएको हो ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापा क्षेत्री,शाखा अधिकृत कृष्ण गौतम अस्पतालका मेटो ज्योति पौडेल अस्पतालका नायव सुब्बा चिरञ्जीबी घिमिरे अस्पतालका सबै वडाका ईन्चार्ज तथा अस्पतालका कर्मचारीहरुको सहभागीता रहेको थियो। अस्पतालका मेसु डा सुदर्शन थापा क्षेत्रीले शुभकामना आदान प्रदान गर्दै जनमुखी सेवा प्रवाहमा सबैको ध्यान जानु ताउनु भयो।“व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन“भन्ने नाराका साथ २०औं निजामती सेवा दिवस मनाईएको छ।

पाठेघर मुखको क्यान्सर विरुद्ध भदौ २७ गतेदेखि खोप लगाउने तयारी

स्वास्थ्यसमाचार/सरकारले पाठेघर मुखको क्यान्सर विरुद्धको खोप एचपीभी भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । एचपीभी खोप अहिलेको लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैछ । खोप लिनका उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । परिवार कल्याण महाशाखाका अनुसार सात प्रदेशका अस्पतालमा केन्द्रित भएर एचपीभी खोप वितरण गर्ने भएको हो ।जसअनुसार कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा एचपीभी खोप दिइनेछ । कोशी र मधेश प्रदेशमा भने नियमित खोप चल्ने भएकाले…

रोशनी लक्ष्मी तुइतुईलाई ५० हजार राशीको निजामती सेवा पुरस्कार

स्वास्थ्यसमाचार/यसवर्षको निजामती सेवा पुरस्कारबाट स्वास्थ्य संस्थामा कार्यरत दुई जना कर्मचारी पुरस्कृत भएका छन् । यसरी पुरस्कृत हुनेमा कान्ति बाल अस्पताल महाराजगञ्जमा कार्यरत प्रमुख अस्पताल नर्सिङ प्रशासक डा रोशनी लक्ष्मी तुईतुई र भेरी अस्पताल नेपालगञ्जमा कार्यालय सहयोगीको रुपमा कार्यरत जवाहर लाल अहिर रहेका छन् । यो पुरस्कारको राशी जनही ५० हजार रुपैयाँ रहेको छ । सरकारले निजामती सेवा दिवस २०८० को अवसरमा यसवर्ष उत्कृष्ठ निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना गरी कुल ४० जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । सर्बोत्कृष्ठ निजामती सेवा पुरस्कार भने यसवर्ष…

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.अन्जनीकुमार झा नियुक्त

स्वास्थ्यसमाचार/ सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा अञ्जनीकुमार झालाई नियुक्त गरेको छ ।सरकारका प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठ्कले झालाई नियुक्ति गरेको जानकारी दिइन् । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा गठित समितिले ३ जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये झा नियुक्त भएका हुन् । उनीसहित श्रीकृष्ण गिरी, प्रवीण मिश्रको नाम सिफारिसमा परेको थियो । झा कांग्रेस निकट नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष हुन् ।उपाध्यक्ष गिरीको ४ वर्षेकाल भदौ २६ गतेबाट पूरा हुँदैछ । त्यसपछिको ४ वर्षे कार्यकालका लागि उपाध्यक्ष नियुक्ति गर्न सिफारिस समितिले साउन २६ गते दरखास्त माग गर्दा ९…

काठमाडौं महानगर १६ का वडाध्यक्ष मुकुन्द रिजालको भाइरल निमोनियाबाट निधन

स्वास्थ्यसमाचार/काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । भाइरल संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार निधन भएको वडा नम्बर १६ का सचिव प्रकाश खड्काले इकान्तिपुरलाई जानकारी दिए । रिजाल भाइरल संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् । रिजालको उपचारमा संलग्न चिकित्सकका अनुसार भाइरल संक्रमणका कारण जटिलता बढ्दै जाँदा उनको निधन भएको हो । जटिलता बढेर मिर्गौलामा पनि असर पुगेपछि हिजो नै उनको डायलसिस पनि गरिएको थियो । चिकित्सकका अनुसार उनलाई कुन प्रकारको…

सहमहामन्त्री यादवलाई भेट्न कांग्रेस नेताहरू ट्रमा सेन्टरमा

स्वास्थ्यसमाचार/ खुकुरी प्रहारबाट घाइते भएका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवलाई भेट्न पार्टीका नेताहरू ट्रमा सेन्टर पुगेका छन् ।यादवलाई भेट्न आनन्द ढुंगाना, उदयशमशेर राणा, शंकर भण्डारी, चित्रलेखा यादव, सरिता प्रसाईंलगायत कांग्रेस नेताहरू उपचारत ट्रमा सेन्टरमा पुगेका हुन् । सहमहामन्त्री यादवमाथि बुधवार काठमाडौंमा खुकुरी प्रहार भएको थियो । दिउँसो रिर्पोटर्स क्लबको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार भएको हो । टाउकोमा चोट लागेका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दियो । यादवलाइ खुकुरी प्रहार गर्ने श्याम सापकोटा पक्राउ परेका छन् । नुवाकोट…

रुकुम चौरजहारीमा सर्पको टोकाइबाट २१ वर्षकी सुत्केरीको मृत्यु

स्वास्थ्यसमाचार/ रुकुम पश्चिममा सर्पको टोकाइबाट २१ वर्षकी सुत्केरी मृत्यु भएको छ। चौरजहारी नगरपालिका वडा नम्बर १३ बस्ने बिनिता बिस्टको मृत्यु सर्पको टोकाइबाट भएको हो। मंगलबार दिउँसो घर नजिकै बारीमा घाँस काट्ने क्रममा बिष्टलाई सर्पले टोकेको र उनले बुधबार बिहान २ बजे घरमै शिशुको जन्म दिएकी थिइन् । यद्यपी शिशुको जन्म समयअगावै भएको थियो । सुत्केरी हुने समय कार्तिकमा थियो । अत्याधिक रक्तस्राव भएपछि उनलाई उपचारको लागि चौरजहारी अस्पताल लगिएको थियो । सर्पको विष शरीरमा फैलिएको र सुत्केरीमा देखिने जटिलताका कारण रक्तस्राव हुँदा उपचारका क्रममा बिष्टको आज बिहान साढे ६ बजे…

जापानिज इन्सेफ्लाइटिस बाट कावासोतीमा ६६वर्षीय महिलाको मृत्यु

स्वास्थ्यसमाचार/नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो । बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उनको भदौ ७ गते मृत्यु भएको हो ।चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको यो पहिलो घटना भएको कार्यालय प्रमुख चापागाँईले बताए । परीक्षण रिपोर्ट ढिलो गरी आउने हुँदा मृत्युपछि मात्र जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको उनले बताए। उनका अनुसार गत आवमा नवलपुरमा सातमा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमा पाँच जनाको…

नेपाल हृदय रोग निवारण प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा पिया निर्वाचित

स्वास्थ्यसमाचार/नेपाल हृदय रोग निवारण प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा बोनिन पिया निर्वाचित हुनुभएको छ । प्रतिष्ठानको  बुटवलमा सम्पन्न सातौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष पदमा काजिमान श्रेष्ठ र नरेशकुमार श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै सचिवमा राजेन्द्र कार्की, कोषाध्यक्षमा उमाशंकर मालपानी निर्वाचित हुनु भएको छ । त्यस्तै सदस्यहरुमा जीवकान्त काफ्ले, अभिषेक भारी, झपटबहादुर गुरुङ, चन्द्रप्रसाद पौडेल, ध्रुवकुमार शर्मा र सञ्जय मुडवरी सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचित समितिका संयोजक अभिवक्ता लोकप्रसाद खरेलले जानकारी गराउनु भयो । स्वास्थ्य सामान्य नागरिकको पहुँचभन्दा टाढा भयो…

नेहा अक्वाको पानी, पिउदा स्वास्थ्यमा हानी

स्वास्थ्यसमाचार/बर्दघाट ७ मा रहेको नेहा अक्वा ईन्डष्ट्रिजले उत्पादन गरेको पिउने पानीले स्वास्थ्यमा हानी गरेको खालको रहेको पाइएको छ । भदौ ७ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देहीले गरेको पानीको परिक्षणको रिपोर्ट अनुसार पानीमा कोलिफर्म ब्याक्टेरिया पाईएको हो । पिउने पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिनु जनस्वास्थ्य माथिको गम्भिर खेलवाड भएको बर्दघाट नगरपालिकाका जनस्वास्थ्य निरिक्षक गोपाल प्रसाद पाण्डेले बताउनुभयो । उहाँ भन्नुहुन्छ “ कोलिफर्म याक्टेरियाका कारण मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ यसका कारण हैजा, झाडा पखाला र बान्ता आउने खतरा बढ्छ । ” पानीमा टोटल कोलिफर्म ब्याक्टेरिया १ सय मिलिलिटरमा…