राष्ट्रिय आयुर्वेद एशोसिएसनको प्रथम बार्षिक उत्सव बुटबल मनाईयो

स्वास्थ्यसमाचार/ राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको प्रथम बार्षिक उत्सव बुटबलमा पनि मनाईएको छ। लुम्बिनी प्रदेश र रुपन्देही जिल्लाको संयुक्त आयोजनाम राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालको प्रथम बार्षिक उत्सव मनाईएको हो।

स्थापना भएको प्रथम बार्षिक उत्सव प्रदेश जिल्ला लगायतका देशका बिभिन्न ठाउमा मनाईएको राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालका केन्द्रीय उपाध्यक्ष शालिकराम भुसालले बताए।

आयुर्वेदसंग जीवन र संस्कार भएको एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । प्रथम बार्षिक उत्सव समारोहमा बोल्ने बक्ताहरुले नीति निर्माणका बेला एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश अध्यक्ष नरहरी अर्यालको अध्यक्षता तथा प्रमुख अतिथि लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा प्रवेश श्रीवास्त ,बिशिस्ट अतिथि सस्थापक केन्द्रिय उपाध्यक्ष शालिकराम भुसाल, नेपाल आयुर्वेद उत्तपादक संघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष तथा रान लुम्बिनी प्रदेश बरिस्ठ सल्लाहकार चन्द कान्त खनाल, नेपाल थोक बिक्री केन्द्र बुटवल एकाइका जिल्ला अध्यक्ष राज बन्धु लामिछाने ,नेपाल आयुर्वेद स्वास्थ कर्मी समाजका केन्द्रिय उपाध्यक्ष यमलाल भट्टराई लगायतले बोल्दै आयुर्वेदस्वास्थ्यकर्मी,हातेमालो गरेर अघि बढ्नुपर्ने बताए ।

बार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रमुख डा. प्रवेश श्रीवास्तवले ले छोटो समयमा राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल राम्रो काम गरेको बताए। उनले  यो राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल सबै स्वास्थ्यकर्मीको हकहितमा लाग्नु पर्ने वताए ।

सो अबसरमा स्वास्थ्यका २८ संस्था रहेको र निजामती ऐनमा होईन छुट्टै ऐन बनाउनुपर्ने उनीहरुको माग थियो । सो अबसरमा आयुर्वेदको विकास र बिस्तारमा मिडियाबाट योगदान पुर्याएको भन्दै बुद्ध सामुदायिक टेलिभिजनका समाचार प्रमुख कपिल ज्ञवाली र एमसीआर प्रमुख नरेश अधिकारीलाइ सम्मानपत्र सहित सम्मान गरिएको छ ।

भने आयुबेर्दमा स्नातह तह पास गरेका नयाँ डाक्टरहरुलाइ समेत सम्मान गरिएको थियो ।सो कार्यक्रमको सञ्चालन रान रुपन्देही सचीव मधु पन्थीले गरेका थिए ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :