स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता नियुक्त

स्वास्थ्यसमाचार/स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा .संगीता मिश्रा नियुक्त भएकी छन् । मिश्राले बुधबार नियुक्तिको पत्र पाएसँगै पदबहाली गरेकी छिन् । डा . मिश्राले पदबहाली भएको जानकारी गराउँदै सोमबारदेखि कार्यभार सम्हाल्ने बताइन् ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. मिश्रालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा उनी १२ औँ तहमा अतिरिक्त सचिवको रुपमा कार्यरत थिइन् ।

यस अघि विभागको महानिर्देशकको रुपमा रहेका डा. दिपेन्द्र रमण सिंहलाई भने मन्त्रालय तानिएको छ । त्यसैगरी कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी बाल रोग विशेषज्ञ डा. पंकज रायले पाएका छन् ।

सम्बन्धित शिर्षक :