सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्म स्वास्थ्यकर्मीहरु काममा नफर्कने

स्वास्थ्यसमाचार / बिहिबार राती नेपालगन्ज स्थित भेरी अस्पतालमा कार्यरत चिकित्सक र नर्समाथी भएको आक्रमणको बिरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन । कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबार राती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मी कुटपिट गर्नुका साथै आईसीयूकक्षमा तोडफोड समेत गरेका थिए । मृतकका आफन्तहरुको आक्रमणबाट ज्यान जोगाउन डा चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे बन्दना श्रेष्ठ र आश्वीन गुरुङले पहिलो तलाबाट हाम्फालेर ज्यान जोगाएका थिए । उपचारका क्रममा मृत्यु भएका दाङका डिल्लीबहादुर रावतका भाई मानबहादुर रावत समेतले नसिंङ स्टाफको घाँटी थिचेर आक्रमण गरेपछि उनीहरु…

भेरी अस्पतालमा आक्रमण :भाइरससँगै भिडको जोखिममा डाक्टर र नर्स

स्वास्थ्यसमाचार/कोरोना संक्रमितको जीवनरक्षामा जुटेका स्वास्थ्यकर्मी भिडबाट असुरक्षित भएका छन् । महामारीमा अथक संघर्ष गरेका भेरी अञ्चल अस्पतालका डाक्टर र नर्सहरूमाथि बिहीबार साँझ एक समूहले सांघातिक हमला गरेको छ । ज्यान जोगाउन डाक्टर र स्टाफ नर्सले एक तलामाथिबाट हाम फालेका छन् । एक साताअघि पूर्वको विराट मेडिकल कलेजमा पनि स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दाङको तुल्सीपुर उपमहानगरपालिका– ११ का ५१ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्र्मीमाथि हातपात गर्नुका साथै अस्पतालमा तोडफोड गरेका हुन् । गत ४ जेठमा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित रावतको बिहीबार राति करिब साढे आठ बजे मृत्यु भएको…

सरकारलाई तिलोत्तमाको माग कोरोनाखोप किन्ने प्रकृया मिलाइदेउ

स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिकाले नगरवासीलाई कोभिड विरुद्धको खोप अनुदानमा दिन माग गर्दै नसके खरिद गर्ने प्रकृया अघि बढाइदिन संघीय सरकारसंग माग गरेको छ । नगरस्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको वैठकको निर्णय अनुसार नगर प्रमुख बासुदेव घिमिरेले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउंदै अनुदानमा दिन नसके खरिदको प्र्रकृया अघि बढाइदिन माग गरेका हुन् । नगरपालिकाले ७८ हजार जना नगरबासीलाई कोरोना खोप अनुदानमा उपलब्ध गराउन माग गर्दै नभए आन्तरिक स्रोतबाट आफै खरिद गर्न प्रकृया अघि बढाइदिन माग गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । १८…

कोभिसिल्ड खोपको विकल्प: एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन

स्वास्थ्यसमाचार / नेपालले कोभ्याक्सलाई कोरोनाविरुद्धको दुई वटा खोपका लागि सिफारिस गर्ने तयारी गरेको छ । कोरोना खोप वितरणको विश्वव्यापी अभियान ‘कोभ्याक्स’ ले नेपाललाई कोभिसिल्ड खोपको विकल्पमा अर्को खोप रोज्न आग्रह गरेपछि सरकारले दुई वटा खोप सिफारिस गर्ने तयारी गरेको हो । भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल कोरोनाविरुद्धको खोप कोभिसिल्ड उपलब्ध गराउन नसक्ने भनेपछि कोभ्याक्सले नेपालसँग कोभिसिल्डको विकल्प माग गरेको थियो । कोभ्याक्सको पत्राचारपनि नेपालले कोभिसिल्ड खोपको विकल्पमा एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन प्राथमिकतामा राखेर सिफारिस गर्न लागेको हो । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा तारा…

कोरोनाकहर बिच कसरी अगाडि बढने :डा कृष्ण खनाल

डिसेम्बर २०१९ मा बुहानमा देखिएको कोभिड १९ भाइरस ले आजसम्म २२२ देशमा पंजा फैलाएको छ भनेकरिब १७ करोड मानिस संक्रमित भएका छन भने ३५ लाख मानिसको ज्यान लिएको भाइरस अब गाउगाउमा पुगेको छ।अब भाइरस ले रुपपनि बदल्दैछ।अहिलेसम्म ड्रपलेट ईन्फेक्सन मात्र हुन्छ भनेको वायु बाट पनि संक्रमण सर्ने नयाँनयाँ खोज हरु आइरहेका छन् । यो रोग नेपालमा आउदैन भन्ने आषा थियोे तर आइहाल्योर संक्रमण दर अन्त भन्दा धेरै भएको छ।अहिले संक्रमित ब्यक्ति संग संपर्कमा नआएका मानिस पनि संक्रमित भएकोले हामीकहा कुन स्टेजमा छ भन्ने खोजी हुनु जरुरी छ।सरकारले रोग नियन्त्रणका लागि…

नेपाललाई १० लाख डोज खोप अनुदान दिने चिनियाँ राष्ट्रपतिको घोषणा

स्वास्थ्यसमाचार /चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ ।बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन संवाद समेत भएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो ।दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गर्नुभएको छ । सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप चीनले उपलब्ध गराउने जनाएको हो । यसअघि उसले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ । यस्तै राष्ट्रपति भण्डारीले आज नै भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्राचार गर्दै खोप…

रुपन्देहीमा कोरोना निको हुनेदर बढयो आजै ४८३ कोरोना मुक्त

स्वास्थ्यसमाचार /रुपन्देहीमा पछिल्लो २४ घण्टामा अवधिमा ११सय ५५ जनाको कोरोना परीक्षण गर्दा ३०८ जनामा संक्रमण पुष्टि भएको भने ४८३ जना कोरोनाबाट मुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरीका अनुसार जिल्लामा आज सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकामा ८८ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरि सिद्धार्थनगर नगरपालिकामा ३७ जना, ओमसतिया गाउँपालिकामा ३९ जना, देवदह नगरपालिकामा ३७ जना, तिलोत्तमा नगरपालिकामा ३५ जना, रोहिणी गाउँपालिकामा १३ जना र अन्य पालिकामा १० जना भन्दा कम संक्रमित थपिएका छन् । यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ८सय ४४ पुगेको…

नेपाललाई कोभ्याक्सको पत्र कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्नु

स्वास्थ्यसमाचार / भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले तत्काल खोप दिन नसक्ने भएपछि कोभ्यासले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को कुन खोप उपयुक्त हुन्छ भनेर विकल्प मागेको छ। कोरोना विरुद्धको खोप कम विकसित, विकासशील, विकसोन्मुख देशहरुमा समेत समान वितरणका लागि बनेको ग्लोबल एलाइन्स कोभ्याक्स फ्यासिलिटीले नेपालमा पहिलो चरणमा कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज उपलब्ध गराएको थियो। कोभ्याक्सले नेपाललाई कुल जनसंख्याको २० प्रतिशतका लागि खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ। कोभ्याक्सले मे वा जुन महिना सम्ममा कोभिसिल्ड खोपको बाँकी डोज उपलब्ध गराउने भनेपनि अहिले उक्त खोपको विकल्पमा नयाँ खोप खोज्न नेपाललाई आग्रह…

नेपाल रेडक्रस गुल्मीका एम्बुलेन्स चालक खत्री माथि कुटपीट

रेशम कुँवर स्वास्थ्यसमाचार / नेपाल रेडक्रस सोसाइटी गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्री माथि कुटपीट भएको छ । उनलाई रेसुंगा नगरपालिका १ धागिथुमका अन्दाजी ३० वर्षीय सागर बोहोराले मंगलबार राति साढे ९ बजे कुटपीट गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेयले जानकारी दिए । चालक खत्रीको टाउकोमा गम्भिर चोट लागेकाले गुल्मी अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा रेफर गरिएको छ । कुटपीटमा संलग्न व्यक्तिको पहिचानपछि बिहानैबाट खोजीकार्य तिव्र पारिएको पाण्डेयले बताए । कोभिड–१९ को महामारीका बेला ज्यान जोखिममा राखेर खटिएका एम्बुलेन्स चालकमाथि कुटपीट…

कोरोना महामारी: रुपन्देहीमा जेठ २० गते सम्म थपियो लकडाउन

स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लामा जेठ २० गते सम्म निषेद्याज्ञाको अवधि बढाएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लामा अहिले पनि कोरोनाको प्रभाव बढ्दो रहेको बताउदै आज बसेको बैठकले निषेद्याज्ञा बढाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले रुपन्देहीमा जेठ २० गते सम्मको लागी निषेद्यज्ञा थप भएको जानकारी दिए। यस अवधिमा शान्ती सुरक्षा तथा सुब्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, बिद्युत, दमकल, संचार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला, ब्यवस्थापन, ईन्धन, एम्बुलेन्स, स्वास्थ्यकर्मि, औषधी र अत्यावश्यक वस्तु तथा माल समान ढुवानी गर्ने ढुवानीका साधन जस्ता अति आवश्यक सेवा बाहेक अन्य सम्पूर्ण पसल,…