डा. मदन उपाध्याय बने स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशक

स्वास्थ्यसमाचार/स्वास्थ्य वीमा बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा मदन उपाध्यायले पाएका छन् । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयकै गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख रहेका उपाध्यायलाई थप जिम्मेवारीको रुपमा बोर्डको निमित्त कार्यकारी निर्देशक बनाएका हुन् ।

सरकारले गत २४ असोजमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई तीन महिनाका लागि निलम्बन गरेको थियो । कार्यकारी निर्देशक निलम्बन हुँदा बोर्डको दैनिक कार्य सञ्चालनमा समेत अफ्टेुरो परेको थियो ।

डा उपाध्यक्ष यसअघि पनि बोर्डको कार्यकारी निर्देशक भएर काम गरेका थिए ।पछिल्लो समय बोर्डमा अध्यक्ष रिक्त हुँदा उनैले निमित्त अध्यक्षको भूमिका समेत निर्वाह गरेका थिए ।

सम्बन्धित शिर्षक :