स्वास्थ्यसमाचार/समायोजन मिलान भई तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यका १३ कर्मचारीहरुले गत १ साउन देखिएको तलव भत्ता पाउन सकेका छैनन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र अनुसार नगरपालिकाले उनीहरुलाई हाजिरी गराए पनि तलव खुवाउन भने आलटाल गरिरहेको छ । दशैंको मुखमा साउन देखिकै तलव रोकिदा उनीहरु भने विचल्लीमा परेका छन् । एक जना कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतले नियतबस नै आफूहरुलाई दुख दिन खोजेको आरोप लगाए । ‘हामी सरकारकै कर्मचारी हौँ । समायोजन मिलान भई यहाँ आएका हौँ । काम काज पनि गर्दै आएका थियौँ । १ साउन देखि दबरन्दी भन्दा बढीलाई तलव खुवाउन…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
देवदहमा अन्तर्राष्ट्रिय स्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने
स्वास्थ्यसमाचार/रुपन्देहीको देवदह नगरपालिकामा अन्तराष्ट्रिय स्तरको विपश्यना ध्यान केन्द्र निर्माण गरिने भएको छ । देवदह नगरपालिका–८ बिशाल नगर (टटेरा)मा लुम्बिनी बौद्ध विश्वविद्यालय मातहत रहेको ९० विगाहा सरकारी जमिन (वन क्षेत्र) मध्ये ५ विगाहा क्षेत्रफलमा गुरुयोजना अनुसार विपश्यना ध्यान केन्द्र लगायतका संरचना निर्माण गरिने छ । धम्म ग्राम केन्द्रका रुपमा विकास गर्ने लक्ष सहित बुधबार ध्यान केन्द्र निर्माण स्थलमा आयोजित कार्यक्रममा सुख शान्ति विहार शंकरनगरका भन्ते, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्य, साधक गोपाल पोखरेल, डा. खडानन्द पौडेल, समाजसेवी तुलसीराम बन्जाडे लगायतले बौद्ध विधि र संस्कार अनुसार विपश्यना ध्यान केन्द्रको शिलन्यास…
गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’अस्पताल भर्ना
स्वास्थ्यसमाचार/चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना भएका हुन् । चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए । बीआरईको कार्यक्रमका लागि बेइजिङमा रहेका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको थियो । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो । अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताए । हाल उनलाई निगरानीका लागि आईसीयूमा राखिएको छ ।…
लुम्बिनी प्रादेशिक अस्पताललाई स्वास्थ्य विमाका बिरामी धान्नै मुस्किल
स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटबललाई स्वास्थ्य बिमाका बिरामी धान्नै मुस्किल भएको छ। अस्पतालको स्वास्थ्य बिमाबाट आर्थिक बर्ष २०७९/८०को साउन सम्म १लाख ३४ हजारले सेवा लिएका छन। त्यसमा ७४ हजार महिला र अन्य वाकी ५६ हजार पुरुष रहेका छन। अस्पतालको स्वास्थ्य बिमा प्रमुख भागिरथ रानाका अनुसार अस्पतालमा ४ वटा काउण्टरबाट बिमा सेवा दिएको बृद्ध जेष्ठ नागरिक हरुलाई छुट्टै काउन्टरको ब्यबस्था गरेको वताउनु भयो। दैनिक अस्पतालमा ६ सय देखी ९ सम्म सम्म बिरामीले बिमामा वाट सेवा लिएको बताउनु भयो। बिमाबाट २६ करोड ४६ लाख ९ हजारका औषधी र सेवामा प्रयोग भएको…
लुम्बिनी साँस्कृतिक नगरपालिका ३मा सुत्केरी भवनको शिलन्यास
स्वास्थ्यसमाचार/रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाका मेयर सजरुद्धीन मुसलमानका पहलमा निर्माण हुन लागेको एक प्राथमिक स्वास्थ्य चौकीको शिलन्याश भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न.३ स्थित लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्र,लंकापुरको नगरका मेयर सजरुद्धीन मुसलमानले शिलान्यश गरेका हुन् ।करिब रु.७४ लाख ८० हजार मध्ये जिल्ला समन्वय समितिको ७० प्रतिशत र पालिकाको ३० प्रतिशत लगानीमा सो स्वास्थ्य भवन निर्माण हुन लागेको हो । सुविधा सम्पन्न बन्ने भवनमा करिब १५ वटा उपचार कक्ष रहने छ ।३महिना भित्र निर्माण सम्पन्न गर्नेगरि ओझा कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको छ ।सो शिलान्याश कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मुसलमानले स्वास्थ्य…
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन गरेका अस्पताल विकास समिति खारेज गरेको छ। बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति ९गठन तथा सञ्चालन० नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिए। उनका अनुसार अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने सूचना राजपत्रमा प्रकाशन गरिनेछ। प्रदेश सरकारले सिकेलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन गर्ने भएको छ। जसका लागी कार्यविधि, २०८० स्वीकृत गरेको छ। आँखाको नानी निःशुल्क प्रत्यारोपण कर्निया ट्रान्सप्लान्टेसन शोध…
तिनाउ इन्टरनेशनल हस्पिटल प्रा लि को पाचौं वर्ष प्रवेश
स्वास्थ्यसमाचार/तिनाउ इन्टरनेशनल हस्पिटल प्रालि को पाचौं वर्ष प्रवेश गरेको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । अस्पताल परिसरमा एक कार्यक्रम गरि पाँचौ बर्ष प्रवेशको अवसरमा अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरूको अनुभव, परिपक्वता, लगाव, कार्यकौशलता, इमान्दार र प्रभावकारी भूमिकालेले नै अस्पतालको गरिमा बढाएको भन्दै अस्पताल विकास समितिका अध्यक्ष चिरन्जीवी जोशीले सबैलाई आभार व्यक्त गरेका छन् । यसैगरि अस्पताल ब्यवस्थापन र चिकित्सकहरुप्रतिको विश्वास बिरामीले प्राप्त गरेको सन्तुष्टी र गुणस्तरिय सेवाले नै यस अस्पताल बुटवल नगरकै पहिलो रोजाइ बन्न पुगेको उनले दाबी गरे । उनले भने–‘साथै विशेषज्ञ सेवा प्रदान गर्दैै आइरहेको हाम्रो असपतालले एक सय…
भीममा १० बर्षपछि पुन सुरु भयो एपेन्डिक्स र हर्नियाको शल्यक्रिया
स्वास्थ्यसमाचार/ भैरहवास्थित भीम अस्पतालमा असोज महिनामा ६ जना बिरामीको एपेन्डिक्सको शल्यक्रिया (अपरेशन)भएको छ ।एपेन्डिसाइटिस भइ उपचारका क्रममा भीम अस्पतालमा आएका ६ जना बिरामीको शल्यक्रिया गरिएको मेडिकल सुपरिटेण्डेण्ट (मेसु) डा मोहम्मद नुरुल होदाले बताए । त्यस्तै भदौ महिनामा २ जना बिरामीको एपेन्डिक्सको शल्यक्रिया गरिएको डा। होदाले जानकारी दिए । ‘म भीम अस्पतालमा गत भदौ १ गते हाजिर भए । भदौमा २ वटा शल्यक्रिया भयो । एपेन्डिक्सका बिरामी अस्पतालमा आउने क्रम बढेको छ, ’उनले भने ।हाल भीम अस्पतालमा मेसु डा मोहम्मद नुरुल होदासहितको टीमले एपेन्डिक्सको शल्यक्रिया गरिरहेको छ । उनले लुम्बिनी प्रदेश…
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ, नर्भिकमा उपचार जारी
स्वास्थ्यसमाचार/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्।मंगलबार साँझ असहज महसुस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। ‘छातीमा समस्या देखिएपछि नर्भिक भर्ना हुनुभएको छ’, उनले भने, ‘दिउँसोदेखि नै अप्ठ्यारो भयो भनिरहनुभएको थियो।’अस्पतालका सिइओ अजय मिश्रले प्रधानमन्त्रीको चेकजाँच भइरहेको बताए। ‘उहाँको चेकजाँच भइरहेको छ’, उनले भने,‘डाक्टरहरूसँग मेरो कुराकानी भएको छैन।’
किन दिए स्वास्थ्य बीमा बोर्डका ५ सदस्यले सामूहिक राजीनामा?
स्वास्थ्यसमाचार/स्वास्थ्य बिमा बोर्डका ५ जना सदस्यले सामूहिक राजीनामा दिएका छन् । मंगलबार उनीहरुले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई सामूहिक राजीनामापत्र बुझाएका हुन्। ९ महिनादेखि बोर्ड अध्यक्ष नियुक्त नगरेको, बीमा कार्यक्रम गिजोल्न गलत मनसायले कार्यकारी निर्देशकलाई निलम्वन गरेको, आवश्यक जनशक्ति व्यावस्थापन नगरेको भन्दै उनीहरूले राजिनामा दिएका हुन् । बीमालाई स्वायत्त बन्न नदिएको उनीहरूको आरोप छ । राजीनामा दिनेहरुमा बोर्डका मनोनित सदस्यहरु डा सुरेश तिवारी, डा तारा साह, चन्द्र थापा, टीका चापागाई भट्टराई र इन्द्रकला राई रहेका छन् । उनीहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्री बस्नेत र सरकार बिमालाई सक्न लागी परेको आरोप लगाएका…


