स्वास्थ्यसमाचार/ चितवनमा जापनिज इन्सेफ्लाइटिसका कारण एक जनाको मृत्यु भएको छ । सङ्क्रमितको मृत्यु भएपछि स्वास्थ्य कार्यालय चितवनले सङ्क्रमितको खोजी सुरु गरेको छ । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार मृत्यु हुनेमा उपचार गरेर घर फर्किएका माडी नगरपालिका –१ चैनपुरका ६० वर्षीया महिला हुनुहुन्छ । उहाँको उपचार गरेर घर फर्केपछि मृत्यु भएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन २० गते यता शङ्कास्पद २२ जनाको परीक्षणमा नौ जनामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको थियो । मृतक महिला भदौ ६ गते टाउको दुख्ने र ज्वरो आउने समस्या लिएर उपचारका लागि भरतपुर अस्पताल आउनु…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्वास्थ्यमा सिद्धार्थनगरको फड्को जिल्लाकै,उत्कृष्ट पालिका बन्न सफल
स्वास्थ्यसमाचार/ रुपन्देही जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको बार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। आर्थिक बर्ष २०७८÷०७९ मा गरिएका कामको समिक्षा सगै सुरु भएका कार्यक्रमको बार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सियारीमा सम्पन्न भएको हो। कार्यक्रममा पालिकाका स्वास्थ्य शाखाले ७८/७९ मा बर्ष भरीमा गरेका कामको बारेमा समिक्षा गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले वताए। उनले रुपन्देहीका १६ वटै पालिकामा स्वास्थ्यको अबस्था त्याहा संञ्चातिल कार्यक्रम औषधी, पोषण, खोप, शुरक्षित मातृत्व, क्षयरोग, कुष्ठरोग, एचआईची, मलेरिया, सिकलसेल एनेमिया लगाएतका क्षेत्रमा गरिएको सुचकहरु राम्रो रहेको बताए । कार्यक्रममा जिल्ला समन्वय…
डेंगु ज्वरो: लक्षण, रोकथाम र घरेलु उपचार
हाम्रा घर, गाउँ, छिमेक, कार्य क्षेत्रमा आफन्त, छिमेकीहरु, साथीभाइहरु, विद्यार्थीहरु डेंगु भएर उपचार गराइरहनुभएको र आराम गरिरहनुभएको अनि उहाँहरुको डेंगु ज्वरोबाट प्रभावित हुँदाका अनुभव पनि सुनिरहेका छौं । सन् २००४ मा नेपालमा डेंगुको पहिलो रिपोर्ट आएदेखि सन् २०१९ सम्म ६८ जिल्लामा कुल १७ हजार ९९२ डेंगुका बिरामीको रिपोर्ट भएको छ । सन् २०१८ मा डेंगुका बिरामी झन्डै पाँच गुणा बढेको थियो । सन् २०१९ मा यो संख्या १४० गुणा बढी थियो । अहिले काठमाडौं उपत्यकामा डेंगुको संक्रमण बढ्दो छ । सरकारले डेंगु ज्वरोबाट चितवन, कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ, कपिलवस्तु,…
धनगढीमा सात बुँदे मागसहित डा केसीले सुरु गरे बीसौँ अनसन
स्वास्थ्यसमाचार/ डाक्टर गोविन्द केसीले आफ्नो माग तथा विगतका सम्झौता कार्यान्वयन नगरेको भन्दै धनगढीमा २० औं अनसन सुरू गरेका छन्। मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको लागि निरन्तर आवाज उठाउँदै आइरहेका केसीले धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा ७ बुँदे मागसहित अनसन सुरू गरेका हुन्। सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै निरन्तर उठाइरहेका मुद्दाको कुनै पनि सुनुवाइ नभएकोले अनसन सुरू उनले गरेको बताए। उनले विभिन्न ७ बुँदे माग सरकारसमक्ष अघि सारेका छन्। माग पूरा गर्न सरकारलाई उनले दुई साता (भदौ २८) सम्म अल्टिमेटम दिएका थिए।‘तर, प्रधानमन्त्रीले बेवास्ता गरेकाले प्रधानमन्त्रीकै गृहक्षेत्रमा अनसन गर्ने निर्णयमा पुगेको…
डेंगीबाट जोगिन घरबाटै सचेतना आबश्यकता अध्यक्ष यादव
स्वास्थ्यसमाचार / तिव्र रुपमा फैलिरहेको डेंगीबाट जोगिन घरबाटै सचेतना आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ओमसतिया गाउँपालिका वडा नम्बर १ मा आयोजित डेंगीबाट हुने जोखिम तथा यसबाट जोगिने उपाय बिषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सोही कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु)ले डेंगबाट जोगिन घरटोलबाट नै सचेतना अपनाउन आग्रह गरे ।पडसरी स्वास्थ्य चौकीको आयोजनामा स्वास्थ्य संस्था सञ्चालन तथा ब्यवस्थापन समितिका लागि आयोजित कार्यक्रममा बोल्दै यादवले यसको लागि ६ वटै वडामा अभियान लैजाने बताए । उनले स्थानियहरुले पनि आफु छेउछाउमा पानी जम्न नदिन तथा लामखुट्टेको…
बुटवल स्वास्थ्यको समिक्षा : गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले आफु् मातहतका स्वास्थ्य संस्थाहरुबाट थप गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएको छ । उपमहानगरपालिकाबाट गत आर्थिक वर्ष २०७८/ ०७९ मा सञ्चालन भएका स्वास्थ्य सेवा सम्बन्धी समिक्षा कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय,प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी लगायतले उक्त कुरामा जोड दिएका हुन् । उपमहानगरपालिकाका १२ वटा स्वास्थ्य संस्थाहरुबाट सञ्चालित भएका योजना र कार्यक्रमको समिक्षा गरिएको हो ।नियमित खोप कार्यक्रम , कोरोना विरुद्धको खोप अभियान प्रभावकारी देखिएपनि अन्य कार्यक्रम सन्तोषजनक रुपमा सञ्चालन हुन नसेको कार्यक्रममा प्रस्तुत गरिएका सुचाङ्कमा उल्लेख छ । खोप कार्यक्रमको सुचाङ्क सय प्रतिशतमा पुगे पनि अन्य…
स्वास्थ्य कार्यालय रुकुम पश्चिममा कार्यरत स्वास्थ्यकर्मी विष्टको निधन
स्वास्थ्यसमाचार / स्वास्थ्य सेवा कार्यालय, रुकुम पश्चिममा कार्यरत स्वास्थ्यकर्मी दिपक विष्टको निधनको भएको छ।विष्टको ४८ वर्षको उमेरमा निधन भएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल रुकुम पश्चिमका पुर्व अध्यक्ष थिए । महासंघका उपमहासचिव हिमालय तिवारीले विष्टको भएको निधनले स्वास्थ्य क्षेत्र तथा संघठनमा ठूलो क्षति भएको बताउनुभएको छ।
स्वास्थ्यमा मालिकाको फड्को गुल्मीकै,उत्कृष्ट पालिका बन्न सफल
स्वास्थ्यसमाचार/ गुल्मीको मालिका गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ । जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीले जिल्ला भरका पालिका मध्ये मालिका गाउँपालिका उत्कृष्ट घोषणा गर्दै सम्मान पत्र प्रदान गरेको हो । पालिकाले स्वास्थ्य क्षेत्रमा गरेका गतिविधिको आधारमा मुल्यांकन गर्दा मालिका गाउँपालिका प्रथम,छत्रकोट गाउँपालिका द्वितीय र मुसिकोट नगरपालिका तृतीय भएको स्वास्थ्य कार्यालय गुल्मीका स्वास्थ्य निरिक्षक बोम अर्यालले वताए। दुई दिन सम्म जिल्लाको सत्यवती गाउँपालिका ८ भार्सेमा चलेको समिक्षा गोष्टिमा पालिकाको कार्य प्रगतिको बारेमा समिक्षा समेत गरिएको थियो । जिल्लाको अत्यन्त विकट तथा गुल्मीको कर्णाली मानिने मालिका गाउँपालिकाले विभिन्न समस्याका बाबजुद पनि…
अर्घाखाचीमा स्वास्थ्यको समिक्षा सितगंगा नगरपालिका सर्वेत्कृष्ट
स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीकोे आयोजनामा जिल्लाका ६ वटा स्थानीय तहहरुबाट प्रवाह भएका स्वास्थ्य सेवाहरुको बारेमा प्रगति समीक्षा सम्पन्न भएको छ। तिन नगरपालिका र तिन गाउपालिका रहेको अर्घाखाचीमा बार्षिक समिक्षा सम्पन्न भएको हो। प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेकोे प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक समिक्षामा आर्थिक बर्ष ७८/७९ मा भए गरेका सफल कामहरु, हुन नसकेका कामहरुको बारेमा समीक्षा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाचीका प्रमुख पुस्पा थापाले जिल्लामा स्वास्थ्य क्षेत्रमा गएको बर्ष भएका उपलब्धी, सफल अभ्यासहरु र हुन नसकेका कामहरु र हुन नसक्नु कारण सहित आगामी दिनहरुमा सुधार गर्ने उद्देश्यले कार्यक्रमको…
डेंगुले महामारीको रुप लिने खतरा, विज्ञ भन्छन्–वास्तविक तथ्यांकभन्दा ५ गुणा बढी संक्रमित
काठमान्डौ/ देशका ७५ जिल्लामा फैलिइसकेको डेंगुले महामारीको रुप लिन सक्ने भएकाले सजगता अपनाउन विज्ञहरुले चेतावनी दिएका छन् ।यो सिजनमा सरकारी अस्पतालमा उपचार वा परीक्षण गर्न आएका ५ हजार २९ जनामा डेंगु पुष्टि भएको र संक्रमित थपिने क्रम जारी रहेकाले सतकर्ता अपाउन विज्ञहरुले चेतावनी दिएका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीका अनुसार यो तथ्यांक सरकारी अस्पतालको हो । सरकारी अस्पतालको औपचारिक तथ्यांक ५ हजारभन्दा बढी रहे पनि वास्तविक संक्रमित त्योभन्दा पाँच गुणा बढी हुन सक्ने उनले बताए । ‘निजी अस्पतालमा पुष्टि भएका वा उपचार गराइरहेका विरामीको तथ्यांक रिपोर्टिङ भएको…