स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक ३ महिनाका लागि निलम्बन

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बर्सौला निलम्बनमा पर्नुभएको छ ।शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बर्सौलालाई आजदेखि लागू हुने गरी ३ महिनाका लागि पदबाट निलम्बन गरेको हो ।

मन्त्रिपरिषद्को बुधबारको निर्णय अनुसार निलम्बन गरिएको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयले डा।बर्सौलालाई पत्र दिएको छ ।पदमा रहिरहँदा आफूमाथि लगाइएको आरोपको प्रमाण डा।बसौलाले नष्ट गर्न सक्ने र गैरजिम्मेवारीपूर्ण काम कारवाहीले स्वास्थ्य बीमा बोर्डलाई नोक्सानी हुनसक्ने भएकाले निलम्बन गर्नुपरेको मन्त्रालयको पत्रका भनिएको छ ।

पदीय जिम्मेवारी पूरा नगरेको, बीमा वापतको रकम अस्पतालहरूलाई भुक्तानी गर्दा अनियमिताता गरेको जस्ता विभिन्न आरोप लगाउँदै स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले डा। बसौलालाई असोज पहिलो साता स्पष्टीकरण सोधेको थियो।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :