प्रदेश अन्तर्गतका पुराना अस्पतालको संगठन र व्यवस्थापन सर्वे गरिने

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेश अन्र्तगतका पुराना अस्पतालको पूनः सँगठन तथा व्यवस्थापन (ओ एण्ड एम ) सर्वे गरिने बताउनु भएको छ ।

स्थापनाका समयमा रहेको भौतिक पूर्वाधार, विरामीको चाप लगायतलाई आधार मानेर गरिएको कर्मचारि व्यवस्थापनले अहिलेको चाँपलाई धान्न नसक्ने देखिएकाले पूनः ओ एण्ड एम सर्वे गर्नुपर्ने भएको मन्त्री खनालले बताउनु भयो ।

रोल्पा अस्पताल र स्वास्थ्य कार्यालय रोल्पामा भएको छलफलका क्रममा स्वास्थ्य मन्त्री खनालले तिहार पछि प्राविधिकहरु अस्पतालहरुको सँगठन तथा कर्मचारि व्यवस्थापनको काम गर्न अस्पतालहरुमा जाने जानकारी दिनुभएको हो ।

कतिपय अस्पतालमा सुविधा सम्पन्न अस्पताल भवन र बिरामीको चाँप बढि भएर पनि सँगठन संरचना पुरानै भएकाले स्तरोन्नती गर्न पनि समस्या परेको उहाँको भनाई छ । मन्त्री खनालले निजी अस्पताल तथा मेडिकलको अनुगमणको जिम्मा जिल्ला स्वास्थ्य कार्यालयलाई नै दिने गरि काम भैरहेको बताउनु भयो ।

स्वास्थ्य मन्त्रालयले संघियताको मर्म अनुसार काम गरिरहेको भन्दै स्वास्थ्य मन्त्री खनालले तल्लो तहलाई अधिकार सम्पन्न गराउन अस्पताल अनुगमन  अस्पतालमा करार जनशक्ति नियुक्ति लगायतका काम सम्बन्धित कार्यालयलाई दिन लागिएको बताउनु भयो ।

स्वास्थ्य सचिव डा. जनार्दन पन्थीले सबैसँगको समन्वय, सहमती र सहकार्यबाट सेवालाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

सम्बन्धित शिर्षक :