लुम्बिनीमा आयुर्वेद सेवाको न्युनतम सेवा मापदण्ड प्रभावकारी बनाइने

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा पहिलो पटक आयुर्वेद अस्पताल तथा स्वास्थ्य संस्थाको न्युनतम सेवा मापदन्ड कार्यन्वयन हुने भएको छ।
बुटबलमा दुई दिन सम्म प्रदेशका २ अस्पताल १२ स्वास्थ्य संस्थाका प्रमुख तथा मेसुलाई न्युनतम सेवा मापदन्ड कार्यन्वयनको लागि स्रोतव्यक्ति अभिमुखीकरण कार्यक्रम गरिएको हो।

संघियता कार्यन्यन पछि लुम्बिनीमा आयुर्वेद क्षेत्रमा पहिलो पटक कार्यक्रम सुरु भएको स्वास्थ्य निर्देशनालय लुम्बिनीमा एम एस एम फोकल पशन कौशल भण्डारीले बताउनु भयो।अरु प्रदेशमा सुरु भएको थियो तर हाम्रोमा यस पटकबाट आयुर्वेदमा पनि न्युनतम सेवा मापदन्ड कार्यन्वयन कार्यक्रम सुरु गरिएको बताउनु भयो।

यो कार्यक्रम सुरु भएपछि आयुर्वेद अस्पतालको अबस्था अस्पतालबाट सेवा लिने सेवाग्राहीहरुको सन्तुष्टि अस्पतालमा थप गर्नु पर्ने सेवा लगायतका बिषयमा जानकारी हुने बताउनु भयो। उहाँले प्रदेश सरकारले नीति तथा कार्यक्रमअन्तर्गतका यो कार्यक्रम समाबेश भएको र बजेट पनि गत बर्ष भन्दा बढी बिनियोजन भएको समेत बताउनु भयो।

न्युनतम सेवा मापदन्ड कार्यन्वयनको लागि स्रोतव्यक्ति अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य सेवा बिभाग उपचारात्मक सेवा महाशाखाका डा नरेन्द्र खनाल,लुम्बिनी प्रदेश आपुर्ति ब्यबस्था केन्द्रका रोशनलाल चौधरी लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय आयुर्वेद महाशाखा प्रमुख डा पुष्पराज पौडेलले न्युनतम सेवा मापदन्ड कार्यन्वयनको लागि अभिमुखीकरण कार्यक्रम गर्नु भएको थियो।

लुम्बिनी प्रदेशमा आयुर्वेदको अबस्था

लुम्बिनी प्रदेशमा आयुर्वेद क्षेत्रमा दुईबाट अस्पताल रहेका छन एउटा दाडमा आयुर्वेदिक प्रदेशिक अस्पताल छ भने बुटबलमा लुम्बिनी आयुर्वेद अस्पताल रहेका छन। दाडमा ३० बेड सञ्चालमा रहेको छ। त्यहाँ अप्रेशन पंञ्चकर्म सेवा बालरोग सेवा नाक घाटी आँखा फिजी यो थेरापी लगायतका सेवा सञ्चालनमा रहेका छन यहाँ न्युनतम शुल्कमा अप्रेशन हुने गरेको अस्पतालले जनाएको छ।

त्स्तै बुटबलमा आयुर्वेदिक औषधालयमा अस्पतालमा हाल ओपीडी र पञ्च कर्म सेवा विस्तार गरिएको छ ।नागरिक आरोग्य केन्द्र, ज्येष्ठ नागरिक घरदैलो सेवा, योग सेवासहित बुटवलका ५ ठाउँमा आरोग्य केन्द्रबाट सेवा दिने व्यवस्था गरिएको छ । बुटबलमा यसै वर्षबाट १५ बेडको अस्पताल सञ्चालन भएको छ ।

अस्पतालमा शालाक्य सेवा नाक, कान, घाँटी सेवा विस्तार र अन्तरंग सेवा सुरु भएको छ अस्पतालको प्रयोगशालामा सरकारी नियम अनुसारको न्यून शुल्क रहेको छ । पञ्च कर्ममा सामान्य शुल्क रहेको छ ।
अरु १२मा आयुर्वेद स्वास्थ्य संस्था रहेका छन। लुम्बिनी प्रदेशमा आयुर्वेद चिकित्साप्रति आकर्षण बढ्दै गएको अस्पतालको तथ्यांकले पनि देखाउँछ । पछिल्लो समय आयुर्वेदिक उपचारमा सर्वसाधारणलाई विश्वास बढ्दै गएको लुम्बिनी आयुर्वेद औषधालयका प्रमुख डा. प्रवेश श्रीवास्तवले बताउनु भयो।

 

 

सम्बन्धित शिर्षक :