स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष र सदस्यहरुले लिए सपथ

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष र सदस्यहरुले सपथ लिएका छन्। अध्यक्ष डा गुणराज लोहनी र सदस्यहरु डा मुक्तिराम श्रेष्ठ र जुनु श्रेष्ठले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग सपथ लिएका हुन्।

योसँगै बीमा बोर्डले दश महिनापछि अध्यक्ष पाएको छ। बोर्डका यसअघिका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त थियो। रिक्त रहेको अध्यक्षमा मन्त्रिपरिषदले १३ मंसिरमा डा लोहनीलाई अध्यक्षमा नियुक्त गरेको थियो। नवनियुक्त अध्यक्षले स्वास्थ्यमन्त्री कहाँ सपथ लिएपछि मात्र अध्यक्षको जिम्मेवारी सम्हाल्न पाउने नियम रहेको छ।

सोही अनुसार अध्यक्ष र सदस्यहरुहरुले सपथ लिएर जिम्मेवारी सम्हालेका हुन्। सपथ कार्यक्रममा मन्त्री बस्नेतले अध्यक्ष र सदस्यहरुलाई बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन निर्देशन दिएका छन्।

ुमन्त्रालयले बीमा कार्यक्रमलाई निकै प्राथमिकता दिएको छ। त्यसकारण बीमा कार्यक्रमलाई अझै व्यवस्थित र प्रभावकारी रुपमा अगाडि बढाउन आवश्यक छ।

नवनियुक्त अध्यक्ष र सदस्यहरुलाई मन्त्री बस्नेतले भने, स्वास्थ्य बीमालाई सबैको पहुँचमा पुर्‍याउँदै नागरिकलाई सहज ढंगमा गुणस्तरीय सेवा प्रदान गर्न तपाईंहरुले काम अगाडि बढाउनु हुन्छ भन्ने विश्वास लिएको छु। यस कार्यमा मन्त्रालयले यहाँहरुलाई सक्दो सहयोग गर्नेछ।ु

सम्बन्धित शिर्षक :